Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

अन्नपूर्ण क्षेत्रमा पर्यटकको ओइरो

Share:WhatsAppFacebookX (Twitter)Telegram
अन्नपूर्ण क्षेत्रमा पर्यटकको ओइरो
Photo / Coverage: नेपालन्युज

गण्डकी।गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन्। जुन गत वर्षको सोही महिनाको तुलनामा चार हजार ६८२ ले बढी हो। गत वर्षको अक्टुबरमा ३७ हजार ७६ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए। मुख्य पर्यटकीय याम भएकाले अक्टुबरमा बढी पर्यटक आउने गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाले बताए। एक महिनाको अवधिमा भित्रिएका कुल ४१ हजार ७५८ पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका १९ हजार २०७ र बाँकी अन्य देशका पर्यटक रहेका छन्। सन् २०२६ सुरु भएयता सबैभन्दा बढी गत जुनमा एक लाख आठ हजार ७०३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका प्रमुख डा. कडरियाले जानकारी दिए। उनका अनुसार उक्त याममा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन्। १० महिनाको अवधिमा सबैभन्दा कम जनवरीमा २० हजार ६३ पर्यटक भित्रिएका उनको भनाइ छ। “अक्टुबर–नोभेम्बर मुख्य पर्यटकीय याम भएकाले यतिबेला पर्यटकको संख्या बढ्ने गर्छ”, उनले भने । आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ। सडक मार्ग भएर बर्सेनि ठूलो संख्यामा आन्तरिक पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रने गरेका छन्। अन्नपूर्ण क्षेत्र पदयात्रा रूचाउने पर्यटकको समेत रोजाइमा पर्दै आएको छ। संरक्षण क्षेत्रमा पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्। सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको हो। कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेसको जिल्ला अधिवेशन पुसको पहिलो साता
Latest NewsJust now

कांग्रेसको जिल्ला अधिवेशन पुसको पहिलो साता

काठमाडौँ । नेपाली कांग्रेसको जिल्ला अधिवेशन पुस पहिलो साता हुने भएको छ । कांग्रेस सभापति गगन थापाले छठ पर्वपछि केन्द्रीय समितिको बैठक बस्ने र त्यो बैठकले पुसको पहिलो साता जिल्ला... ...

रातोपाटी
वैभवीलाई थाइल्यान्डमा दुई पदक
Latest NewsJust now

वैभवीलाई थाइल्यान्डमा दुई पदक

काठमाडौं।तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई पदक दिलाएकी छिन्। नेपालबाट एक मात्र सहभागी खेलाडी वैभवीले क्योरुगी विधामा रजत र पुम्से विधामा कास्य पदक दिलाएकी हुन्। बैंककस्थित फेसन आइल्याण्डको स्पोट्रस हलमा भएको उक्त प्रतियोगितामा ११ वर्षीया वैभवी क्योरुगीमा थाइल्यान्डकी खेलाडीसँगको प्रतिस्पर्धात्मक खेलमा पराजित भइन्। त्यस्तै, पुम्से विधामा ३५ सहभागी खेलाडी माझ भएको प्रतिस्पर्धामा वैभवीले कास्य पदक ...

नेपालन्युज
राष्ट्रपतिद्वारा गौरीघाटमा छठी माताको दर्शन (फोटोफिचर)
Latest NewsJust now

राष्ट्रपतिद्वारा गौरीघाटमा छठी माताको दर्शन (फोटोफिचर)

काठमाडौँ, कात्तिक २९ गते । छठ पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँको गौरीघाटस्थित छठघाट पुगेर छठी माताको दर्शन गर्नुभएको छ ।उहाँले छठ पर्वका अवसरमा घाटमा भेला भएका श्र... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play