Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

९९औं विकल जयन्ती सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
९९औं विकल जयन्ती सम्पन्न
Photo / Coverage: हिमालय टाइम्स

काडमाडौं । रमेश विकल साहित्य प्रतिष्ठानको प्रांगण आरुबारीमा ९९औं विकल जयन्ती आयोजना गरियो । विकल चोक, आरुबारीमा अवस्थित रमेश विकलको अर्धकदको प्रतिमामा माल्यार्पणलगत्तै रमेश विकल साहित्य प्रतिष्ठान भवन पुगेर संक्षिप्त स्मृतिसभाको आयोजना सम्पन्न भएको थियो । काठमाडौं उत्तरपूर्वी भेगका साहित्यकार, प्राध्यापक, समाजसेवी तथा स्थानीयको उपस्थितिमा सम्पन्न उक्त सभाको प्रमुख अतिथिका हैसियतमा बोल्दै गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसालले, लेखकले समाज केलाउँछ-कृति छोड्छ, सरकारले ती सम्पत्तिहरूलाई अभिलेखीकरण गर्न सघाउँछ भन्दै विकलको योगदान तथा उहाँसँगको निकटता बारे चर्चा गर्नुभयो । स्थानीय सरकार- गोकर्णेश्वर नगरपालिकाले विकलका ५२ कृति र छरिएका फुटकर रचनासमेत समेटेर रमेश विकल समग्र खण्डअन्तर्गत सातखण्डमा सम्पूर्ण कृति र रचनाको एकीकृत अभिलेखीकरण गर्ने महत्त्वाकांक्षी योजनाको अन्तिम ग्रन्थमा पुगेको समेत जानकारी दिनुभयो । महाकवि लक्ष्मीप्रसाद देवकोटा र रमेश विकलको तस्बिरमा माल्यार्पण गर्दै सुरु भएको उक्त सभाका प्रमुख वक्ता भाषा आयोगका माननीय सदस्य मातृका पोखरेलले समाजका भुइँमान्छे र तिनीहरूका उत्पीडनलाई केन्द्र बिन्दुमा राखेर प्रगतिशील लेखनमा विशिष्ट उँचाइ कायम गर्न रमेश विकल सफल रहनुभएको बताउनुभयो । साथै प्रगतिशील लेखक संघले यस वर्षबाट शक्ति लम्सालको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट कीर्तिशेष विकललाई अर्पण गरिन लागेको समाचारसमेत अवगत गराउनुभयो । कार्यक्रमका सभापति-रमेश विकल साहित्य प्रतिष्ठानका उपाध्यक्ष तथा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति के के कर्माचार्यले विकलसँगको कला क्षेत्रको सामिप्य, उक्त प्रतिष्ठानको संस्थापनाकालदेखिको योगदान र विकलका बहुप्रतिभाको स्मरण गर्दै उपस्थित सम्पूर्ण समुदायलाई आभार प्रकट गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष शाम्बकुमार चालिसे र सञ्चालन आलोक चालिसेको रहको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै
Latest NewsJust now

शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै

तनहुँ । तिहारको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकाका किसानले सयपत्री फूल बिक्री गरेर रु नौ लाख ५३ हजार आम्दानी गर्न सफल भएका छन् । यस वर्ष तिहारमा नगरपालिकाभित्रका किसानले दुई हजार... ...

रातोपाटी
अभिनव साहित्य समाजको २९८औं शृंखला सम्पन्न
Latest NewsJust now

अभिनव साहित्य समाजको २९८औं शृंखला सम्पन्न

काठमाडौं । अभिनव साहित्य समाजको २९८औं शृंखलाअन्तर्गत यस वर्षको हरि अभिनव पुरस्कार तथा सम्मानपत्र संशोधन मण्डललाई अर्पण गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औं जन्मजयन्ती विशेष कार्यक्रम तथा नियमित मासिक कविगोष्ठीसहितको साहित्यिक समारोह सम्पन्न भएको हो । समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व महानिर्देशक (भूमिसुधार विभाग) तथा पूर्वअध्यक्ष (गुठी संस्थान) शम्भुप्रसाद श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा गोकर्णेश्वर ...

हिमालय टाइम्स
अनेसास र कागेश्वरी पुस्तकालयद्वारा ११८औं देवकोटा जयन्ती सम्पन्न
Latest NewsJust now

अनेसास र कागेश्वरी पुस्तकालयद्वारा ११८औं देवकोटा जयन्ती सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टर र कागेश्वरी पुस्तकालयको संयुक्त आयोजनामा ११८औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती तथा काव्य वाचन कार्यक्रम सम्पन्न भएको छ । कागेश्वरी पुस्तकालय परिसरमा आयोजित कार्यक्रममा महाकवि देवकोटासहित साहित्यकारद्वय भैरव अर्याल र रमेश विकलका पूर्णकदका सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरिएको थियो । कार्यक्रममा ३० भन्दा बढी साहित्यकारले देवकोटाप्रति समर्पित कविता, गीत तथा साहित्यिक ...

हिमालय टाइम्स
कोइराला ५३औं मानवपुस्तक
Latest NewsJust now

कोइराला ५३औं मानवपुस्तक

काडमाडौं । पूर्वसचिव शम्भु कोइराला यसपटकको कार्यक्रममा ५३औं मानव पुस्तकका रूपमा प्रस्तुत हुनुभयो । नवपुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र सुकेधारा धोवीखोलाद्वारा आयोजित हुने कार्यक्रममा विभिन्न प्रतिष्ठित व्यक्तिहरूलाई मानव पुस्तकका रूपमा आमन्त्रण गरी उहाँका ज्ञानगुन र अनुभव सुन्ने गरिएको छ । विष्णुप्रसाद पन्तको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा हरिभक्त सिग्देल महेशले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि तथा यसपटकका मानव पुस्तक ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play