Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

७७ जिल्लामै पुग्यो सरकारी कुरियर सेवा, घरमै पुग्दै राहदानीदेखि लाइसेन्ससम्म

Share:WhatsAppFacebookX (Twitter)Telegram
७७ जिल्लामै पुग्यो सरकारी कुरियर सेवा, घरमै पुग्दै राहदानीदेखि लाइसेन्ससम्म
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सरकारले ‘गभर्मेन्ट कुरियर’ सेवा विस्तार तथा आधुनिकीकरणलाई तीव्रता दिएको छ । हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै सरकारी कागजात तथा विभिन्न सामग्री घरदैलोमै पुर्‍याउने उद्देश्यले ‘गभर्मेन्ट कुरियर’ सेवा विस्तार गरिएको हो । विभागले राहदानी, नागरिकता प्रतिलिपि, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्य सामग्री, सिमकार्डलगायत सरकारी सामग्री घरमै पुर्‍याउने सेवासहित देशभर हुलाक सेवा सुधारका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । विभागले २०८२ चैत २३ गते सिराहाबाट सुरु गरेको घरदैलो सेवा वितरण कार्यक्रम हाल ७७ जिल्लामा विस्तार भएको छ । उक्त सेवामार्फत नागरिकले सरकारी कागजात तथा विभिन्न सामग्री हुलाकमार्फत घरमै प्राप्त गर्न थालेका छन् । विभागको २०८३ मङ्सिर २ गतेसम्मको विवरणअनुसार सरकारी कुरियर सेवामार्फत विभिन्न सरकारी कागजात तथा सामग्रीको ढुवानी र वितरणमा उल्लेख्य प्रगति देखिएको छ । राहदानी वितरणतर्फ जिल्ला प्रशासन कार्यालयसम्म तीन लाख ७० हजार ९२५ राहदानी ढुवानी गरिएको छ भने १२ हजार ४३३ राहदानी हुलाकमार्फत व्यक्तिको घर–घरमा पुर्‍याइएको छ । सवारी चालक अनुमतिपत्र वितरणका लागि हालसम्म १३ लाख ५३ हजार ९० वटा अनुमतिपत्र सम्बन्धित यातायात कार्यालय र एक हजार १०६ वटा अनुमतिपत्र सेवाग्राहीको घरमै पु¥याइएको छ । शैक्षिक प्रमाणपत्रतर्फ २६५ वटा प्रमाणपत्र ढुवानी तथा वितरण गरिएको छ । त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक हजार ७२९ वटा नमूना ढुवानी गरिएको छ । स्वास्थ्य बीमा बोर्डसँग सम्झौता भएका १८ वटा अस्पतालका लागि १७१ बोरा स्वास्थ्य सामग्री ढुवानी गरिएको विभागले जनाएको छ । नेपाल टेलिकमका सिमकार्ड तथा अन्य सामग्रीतर्फ २२१ वटा सम्बन्धित कार्यालयसम्म ढुवानी गरिएको र ४४ वटा सिमकार्ड व्यक्तिको घरसम्मै वितरण भएको छ । त्यस्तै, राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका ४४ हजार १८५ थान सामग्री ढुवानी गरिएको छ । विभागका महानिर्देशक मनमाया भट्टराई पँगेनीका अनुसार हुलाक सेवाको प्रभावकारिता र पहुँच क्रमशः बढ्दै गएको बताए । हुलाक सेवाप्रति नागरिकको विश्वास बढेको छ । संस्थाले सम्मान पाउन थालेको छ । गाउँगाउँसम्म सेवा विस्तार भएको छ भने अन्तरराष्ट्रिय कुरियर सेवाको सङ्ख्या र कारोबार बढिरहेको छ । “युनिभर्सल पोस्टल युनियनको मूल्याङ्कनमा नेपालको अङ्क बढ्नु हुलाक सेवामा भइरहेको सुधारको सकारात्मक सङ्केत हो,” उनले भने, “केही समय अघिसम्म रुग्ण अवस्थामा रहेको हुलाक अब उठ्छ र एउटा गतिमा जान्छ भन्ने आत्मविश्वास पलाएको छ ।” यद्यपि, सीमित स्रोतसाधन, बजेट अभाव र प्राविधिक जनशक्तिको कमी जस्ता चुनौती अझै कायम रहेको महानिर्देशक पँगेनीले बताउनुभयो । अन्तरराष्ट्रिय रुपमा पहिचान बनाउँदै नेपालले विश्व हुलाक सङ्घ (युनिभर्सल पोस्टल युनियन–युपियू) को सदस्य राष्ट्रका रूपमा आफ्नो भूमिका तथा उपस्थिति बढाउँदै लगेको छ । लेटर पोस्ट कम्पेन्डियम र पार्सल पोस्ट कम्पेन्डियम अद्यावधिक गरी पठाइएको विवरण युपियूबाट प्रकाशित भएको छ । त्यस्तै, नेपाल र नेदरल्यान्ड्सबीच हुलाक वस्तु ढुवानीलाई सहज बनाउने विषयमा बेल्जियमस्थित नेपाली दूतावासको समन्वयमा नेदरल्यान्ड्स पोस्ट र नेपाल पोस्टबीच छलफल चलिरहेको छ । हुलाक सेवाको आधुनिकीकरण तथा दुर्गम क्षेत्रमा सेवा विस्तारको पहलका लागि हुलाक सेवा विभागले अन्तरराष्ट्रिय सम्मान पनि प्राप्त गरेको छ । हुलाकले नागरिकको घरदैलोमा सेवा सुरु गरेबापत एसिया–प्रशान्त हुलाक सङ्घ (एपिपियू) को ‘आउटस्ट्यान्डिङ इनिसिएटिभ्स सर्भिस इन रिमोट एरियाज’ पुरस्कार प्राप्त गरेको छ । पछिल्लो समय गोश्वारा हुलाक कार्यालयमार्फत अन्तरराष्ट्रिय कुरियरको सङ्ख्या र त्यसको कारोबार उल्लेख्य रुपमा बढेको महानिर्देशक पँगेनीले बताउनुभयो । प्रभावकारी बन्दै अन्तर निकाय समन्वय विभागका अनुसार सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले विभिन्न जिल्ला प्रशासन कार्यालय, अस्पताल, सरकारी निकाय तथा सेवा प्रदायक संस्थासँग सहकार्य गरी वितरण प्रणाली व्यवस्थित बनाइएको छ । विभागले सरकारी सेवा तथा सामग्री घरदैलोमा पु¥याउन विभिन्न निकायसँग सम्झौता गरी वितरण प्रणालीलाई व्यवस्थित बनाउँदै लगेको छ । विभागले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग पूरक सम्झौता गरी प्रयोगशालासम्बन्धी सामग्री ढुवानीलाई प्रभावकारी बनाउँदै लगेको छ । हुलाक सेवा विभाग र राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रबीच २०८३ जेठ १ गते भएको सम्झौताअनुसार डाँक तथा सामग्री ढुवानीलाई निरन्तरता दिइएको छ । नेपाल टेलिकमबाट वितरण गरिने सिमकार्डलगायत सामग्री हुलाकमार्फत ढुवानी गर्ने सम्बन्धमा २०८३ जेठ १८ गते सम्झौता भएको थियो । सो सम्झौताअनुसार सिमकार्डबाहेक अन्य सामग्री विभाग मातहतका कार्यालयमार्फत ढुवानी गर्ने काम साउन १ गतेदेखि सुरु गरिएको थियो ।त्यस्तै, स्वास्थ्य बीमा बोर्डको सामग्री ढुवानीका लागि पनि २०८३ जेठ १८ गते सम्झौता भएको र जेठ १९ गतेदेखि स्वास्थ्यसम्बन्धी सामग्री ढुवानी भइरहेको विभागले जनाएको छ । राहदानी, चिट्ठीपत्र तथा अन्य सामग्री जिल्ला प्रशासन कार्यालयसम्म पु¥याउन राहदानी विभाग र हुलाक सेवा विभागबीच २०८३ जेठ १९ गते सम्झौता गरिएको थियो । जसअनुसार गत साउन १ गतेदेखि डाँक ढुवानी कार्य सुरु भएको छ । त्यस्तै, भूमि व्यवस्था तथा अभिलेख विभागसँग २०८३ साउन ८ गते जग्गाधनी प्रमाणपुर्जा तथा सरकारी कागजात ढुवानी र वितरणसम्बन्धी सम्झौता गरिएको थियो । विभागले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडसँग हुलाक टिकट छपाइसम्बन्धी सम्झौता गरेको छ । त्रिभुवन विश्वविद्यालयसँग विद्यार्थीका शैक्षिक प्रमाणपत्रलगायत हुलाक वस्तु ढुवानी तथा वितरण गर्ने विषयमा २०८३ कात्तिक १७ गते सम्झौता भएको छ । यसबाट विद्यार्थीले शैक्षिक प्रमाणपत्र घरमै प्राप्त गर्ने सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ । सवारी चालक अनुमतिपत्र वितरणलाई घरदैलोमा पु¥याउने सरकारको योजना पनि प्रभावकारी देखिएको छ । सवारी चालक अनुमतिपत्रलाई अनलाइन प्रणालीबाटै सेवाग्राहीको घरमा पु¥याउन हुलाकको पिआइटिएस ९पिट्स० प्रणाली र यातायात व्यवस्था विभागको इडिएलभिआरएस प्रणालीबीच अन्तरआबद्धता गरिएको छ । यसका लागि हुलाक सेवा विभाग, यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच २०८३ असोज ६ गते त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । यो सम्झौतापछि अनुमतिपत्र ढुवानी तथा वितरण सहज बन्दै गएको विभागले जनाएको छ । डाँक ढुवानी तथा वितरण प्रणालीमा सुधार हुलाक सेवा विभागले डाँक ढुवानीलाई प्रभावकारी बनाउन हवाई तथा सडक मार्गको प्रयोग बढाउँदै विभिन्न संस्थासँग सहकार्य गरिरहेको छ । विभाग र यती एयरलाइन्सबीच २०८३ जेठ ८ गते सम्झौता भई हवाई मार्गबाट आन्तरिक डाँक ढुवानी भइरहेको छ । आर्थिक वर्ष २०८३÷८४ का लागि हवाई डाँक ढुवानी सम्झौता २०८३ असोज २१ गते नवीकरण गरिएको छ । अन्तरराष्ट्रिय डाँक ढुवानीका लागि १४ वटा गन्तव्यको मार्ग योजना तयार गरिएको विभागले जनाएको छ । हुलाकका सेवा सुधारका क्रममा थप काउन्टर स्थापना गर्ने तथा वैकल्पिक डाँकमार्ग पहिचान गर्ने काम पनि विभागले गरिरहेको छ । विपद्का समयमा पोखराबाट मुस्ताङ जाने डाँकका लागि वैकल्पिक मार्गका रूपमा मल्लाज हुँदै ढुवानी गर्ने व्यवस्था मिलाइएको छ । दक्षिणी ललितपुर र मकवानपुर क्षेत्रको डाँक ढुवानी सहज बनाउन गोदावरी नगरपालिकाको चापागाउँमा हुलाक काउन्टर स्थापना गरिएको छ । उक्त काउन्टरबाट डाँक ढुवानी सेवा सञ्चालन भइरहेको छ । कानुनी तथा प्रशासनिक सुधार सरकारी कुरियर सेवाका रुपमा हुलाकलाई विस्तार गर्ने सरकारी योजनालाई कानुनी रुपमा मूर्त रुप दिन हुलाक सेवा ऐनलाई संशोधन तथा परिमार्जन गर्ने कार्य पनि सँगसँगै अघि बढेको छ । हुलाक सेवा ऐनको मस्यौदा तयार भई हाल मन्त्रालयमा पेस गरिसकिएको छ । विभागले प्रशासनिक तथा वित्तीय सुधारलाई पनि प्राथमिकतामा राखेको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनमा औँल्याइएको बेरुजु फछ्र्यौटलाई प्राथमिकतामा राखेको छ । त्यसैगरी, विभागले अन्तरराष्ट्रिय डाँक लेखा प्रणाली सुदृढीकरणसम्बन्धी अध्ययन प्रतिवेदन तयार गर्नाका साथै डाँक ढुवानी, अन्तरराष्ट्रिय सेवा, शुल्क निर्धारण, सेवा विस्तार र प्रविधिको प्रयोगमा सुधारका कार्यक्रम अघि बढाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चार महिनामा काठमाडौँका २७ हजार ५ सय वर्ग मिटर सडकका खाल्डाखुल्डी मर्मत
Latest NewsJust now

चार महिनामा काठमाडौँका २७ हजार ५ सय वर्ग मिटर सडकका खाल्डाखुल्डी मर्मत

काठमाडौँ । सडक डिभिजन कार्यालय काठमाडौँले विगत चार महिनाको अवधिमा २७ हजार ५ सय वर्ग मिटर क्षेत्रफल बराबरका सडकका खाल्डाखुल्डी मर्मत तथा सुधार गरेको छ । कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार... ...

रातोपाटी
काठमाडौं चौबिसै घण्टा खुल्ने : सुरक्षा व्यवस्थामा जोड दिन सरोकारवालाको माग
Latest NewsJust now

काठमाडौं चौबिसै घण्टा खुल्ने : सुरक्षा व्यवस्थामा जोड दिन सरोकारवालाको माग

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं जिल्लालाई चौबिसै घण्टा खुल्ला गर्ने विषयलाई अगाडि बढाएको छ । बुधबार एक सूचना जारी गर्दै यस्तो बताएको हो । सङ्घीय राजधानी काठमाडौंलाई सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री सहरका रूपमा विकास गर्ने उद्देश्यले चौबिसै घण्टा ९२४ घण्टा० सञ्चालन गर्ने योजनासहित जिल्ला प्रशासन कार्यालय काठमाडौंले आवश्यक तयारी तीव्र पारेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार राजधानीका सबै बजार ...

कर्पोरट खबर
रामकुमारी झाँक्रीको गाडीमा बसले ठक्कर दियो
Latest NewsJust now

रामकुमारी झाँक्रीको गाडीमा बसले ठक्कर दियो

काठमाडौँ । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीको गाडीमा बसले ठक्कर दिएको छ। राष्ट्रियसभा सांसद झाँक्रीको गाडीमा बिहीबार बबरमहलस्थित सडकमा बसले सामान्य ठक्कर दिएको हो। ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play