Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

७५३ वटै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्दै कांग्रेस

Share:WhatsAppFacebookX (Twitter)Telegram
७५३ वटै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्दै कांग्रेस
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै देशभरका ७५३ वटै पालिकामा पार्टी सङ्गठन विस्तार, नेतृत्व विकास र सम्भावित उम्मेदवार पहिचान गर्ने उद्देश्यले ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले अभियानका लागि खटिने प्रतिनिधिलाई अभिमुखीकरण गरेका छन् । उनले अभियानका क्रममा पालिकास्तरीय पार्टी सदस्यको भेला गरी १५औँ महाधिवेशनबाट पारित नीति, कार्यक्रम, राजनीतिक प्रतिबद्धता, प्रतिपक्षको भूमिका र स्थानीय सरकारप्रतिको दृष्टिकोणबारे जानकारी गराउन निर्देशन दिए । कांग्रेसले स्थानीय तहका सम्भावित उम्मेदवारलाई लक्षित गरी ‘लिडरसिप एकेडेमी’मार्फत नेतृत्व विकाससम्बन्धी ४० देखि ४५ दिनको पाठ्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष तथा वडाध्यक्षका आकाङ्क्षीलाई स्थानीय सरकारका अधिकार, शिक्षा, स्वास्थ्य, सार्वजनिक वित्त र सुशासनलगायत विषयमा प्रशिक्षण दिइने सभापति थापाले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ज्ञानेन्द्र मल्ल यूएईको ब्याटिङ प्रशिक्षक नियुक्त
OthersJust now

ज्ञानेन्द्र मल्ल यूएईको ब्याटिङ प्रशिक्षक नियुक्त

१३ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक नियुक्त भएका छन् । यूएईले नेपालमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ क्वालिफायर प्लेअफका लागि घोषणा गरेको १५ सदस्यीय टोलीको सपोर्ट स्टाफमा मल्ललाई ब्याटिङ प्रशिक्षकका रूपमा समावेश गरेको हो । यूएईले आइतबार सार्वजनिक गरेको टोलीको मुख्य प्रशिक्षकमा अहमद राजा… ...

अनलाइन खबर
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
OthersJust now

हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने

यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ । ...

अनलाइन खबर
सिन्धुलीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, चार जना घाइते
OthersJust now

सिन्धुलीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, चार जना घाइते

काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१–०२८ च २७८३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो । ...

अनलाइन खबर
दशौँ राष्ट्रिय खेलकुद : कर्णालीले प्रदर्शन गरेको सामर्थ्य
OthersJust now

दशौँ राष्ट्रिय खेलकुद : कर्णालीले प्रदर्शन गरेको सामर्थ्य

भौगोलिक विकटता, कमजोर पूर्वाधार र अनेकौँ विकासका चुनौतीबीच दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नु कर्णालीका लागि सामान्य उपलब्धि होइन । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement