Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

५ अर्ब ८८ करोड हिनामिनाका मुख्य योजनाकार शिवकुमार विश्वकर्मालाई पक्राउ गर्याैँ, बाँकी दोषीलाई पनि कारबाही गर्छौं : गृहमन्त्री गुरुङ

Share:WhatsAppFacebookX (Twitter)Telegram
५ अर्ब ८८ करोड हिनामिनाका मुख्य योजनाकार शिवकुमार विश्वकर्मालाई पक्राउ गर्याैँ, बाँकी दोषीलाई पनि कारबाही गर्छौं : गृहमन्त्री गुरुङ
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर २ । गृह मन्त्री सुदन गुरुङले पूर्वको बराह सहकारीमा भएको बचत रकम हिनामिना प्रकरणका मुख्य योजनाकार भनिएका शिवकुमार विश्वकर्मा (लामिछाने) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) द्वारा पक्राउ परेका जानकारी दिनुभएकाे छ । गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी सार्वजनिक गर्दै बराह सहकारीका पीडित बचतकर्तालाई न्याय दिलाउने प्रक्रिया अघि बढेको बताउनुभएको छ। गृहमन्त्री गुरुङले आफू अभियन्ताका रूपमा रहँदा धरानमा सञ्चालन गरिएको ‘सेभ घोपा’ अभियानका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आवाज उठाउँदा पूर्वका सहकारी पीडितहरूको पीडा नजिकबाट सुन्ने अवसर पाएको उल्लेख गर्नुभएको छ। उहाँले फेसबुकमा लेख्नुभएको छ, “६ वर्षअघि धरानमा SAVE GHOPA अभियान सञ्चालनको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति विरुद्ध बोल्दा सुनिएका पूर्वका बचतकर्ताहरूको त्यो पीडाले मलाई सधैँ झकझकाइरहेको थियो।” गृहमन्त्री गुरुङले अभियन्ताका रूपमा रहँदा होस् वा जेनजी आन्दोलनपछिका प्रयासहरूमा, तत्कालै पीडितलाई न्याय दिलाउन नसके पनि गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि यस विषयमा खोजी तीव्र पारिएको दाबी गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि डे वानबाटै पूर्वका नागरिकको पीडालाई न्याय दिन खोजीलाई तीव्र पारिएको थियो।” बराह सहकारीमा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले उक्त रकम हिनामिनाका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएको बताउनुभएको छ। उहाँले अब यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरी कानुनी कारबाहीको प्रक्रिया तीव्र बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गुरुङले फेसबुकमा लेख्नुभएको छ, “अन्ततः ५ अर्ब ८८ करोडभन्दा बढीको बिगो हिनामिनाका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएका छौँ, क्रमबद्ध रूपमा अब बाँकी दोषीहरूलाई खोजी तथा कारबाहीको प्रक्रिया तीव्र बनाउने सम्पूर्ण जनमानसमा जानकारी गराउन चाहन्छु।” बराह सहकारी प्रकरणमा बचतकर्ताको ठूलो रकम हिनामिना भएको विषय लामो समयदेखि चर्चामा रहँदै आएको छ। मुख्य योजनाकार भनिएका व्यक्ति पक्राउ परेपछि पीडित बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाउने प्रक्रिया कसरी अघि बढ्छ भन्ने चासो पनि बढेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एआई र स्वतन्त्र व्यापारमा सहकार्य बढाउन चिनियाँ राष्ट्रपति सीको आह्वान
PoliticsJust now

एआई र स्वतन्त्र व्यापारमा सहकार्य बढाउन चिनियाँ राष्ट्रपति सीको आह्वान

चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बौद्धिकता (एआई), डिजिटल अर्थतन्त्र र स्वतन्त्र व्यापारमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न आह्वान गरेका छन् । उनले एसिया–प्रशान्त क्षेत्रमा साझा समृद्धिका लागि व्यापार तथा लगानीका अवरोध हटाउनुपर्नेमा पनि जोड दिएका छन् । सेन्जेनमा बुधबार एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठक उद्घाटन गर्दै सीले वैज्ञानिक नवप्रवर्तन, एआई र हरित विकासमा साझेदारी बढाउन आग्रह गरे । उनले चीनले विदेशी लगानी ...

फरकधार
पार्टीको नेतृत्व युवालाई दिनुपर्छ : नेतृ ओली
PoliticsJust now

पार्टीको नेतृत्व युवालाई दिनुपर्छ : नेतृ ओली

विजयकुमार साहढल्केबर, मङ्सिर २ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ खुश्बु ओलीले पार्टीको नेतृत्व युवा पुस्तालाई दिनुपर्ने बताउनुभएको छ । पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीक... ...

गोरखापत्र
प्रधानमन्त्री शाहको भारत भ्रमणमा आर्थिक एजेन्डा प्राथमिकतामा राख्न निजी क्षेत्रको सुझाव
PoliticsJust now

प्रधानमन्त्री शाहको भारत भ्रमणमा आर्थिक एजेन्डा प्राथमिकतामा राख्न निजी क्षेत्रको सुझाव

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा व्यापार घाटा न्यूनीकरण, नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँच, भारतीय लगानी आकर्षण र विद्युत् निर्यात सहजीकरणका विषयलाई प्राथमिकताका साथ उठाउन निजी क्षेत्रले सुझाव दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई), नेपाल डेरी एसोसिएसन तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का प्रतिनिधिहरूसँग गरेको कुराकानीमा उनिहरुले प्रधानमन्त्रीको भारत भ्रमणलाई राजनीतिक भेटघाटमा मात्र सीमित नराखी आर्थिक तथा ...

फरकधार
काठमाडौं–चितवनबीच आज नकआउट भिडन्त, सुदूरपश्चिमलाई फाइनल पुग्ने अन्तिम मौका
PoliticsJust now

काठमाडौं–चितवनबीच आज नकआउट भिडन्त, सुदूरपश्चिमलाई फाइनल पुग्ने अन्तिम मौका

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको पहिलो क्वालिफायर गुमाएको सुदूरपश्चिम रोयल्सको फाइनल पुग्ने सम्भावना अझै जीवितै छ ।  मंगलबार भएको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमले अब दोस्रो क्वालिफायर खेल्नुपर्ने भएको छ । काठमाडौं गोर्खाज र चितवन राइनोजबीच आज (बुधबार) हुने एलिमिनेटर खेलले सुदूरपश्चिमको दोस्रो क्वालिफायर प्रतिद्वन्द्वी तय गर्ने छ ।  आजको खेलमा विजयी हुने टोलीले सुदूरपश्चिमसँग फाइनल प्रवेशका लागि ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play