काठमाडौँ। २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रूपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति ६.८ प्रतिशतले बढेर २०८३ असोज मसान्तमा ४१ खर्ब ६१ अर्ब १४ करोड रूपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तको २५ अर्ब ३१ करोडबाट ८.२ प्रतिशतले बढेर असोज मसान्तमा २७ अर्ब ३९ करोड पुगेको छ । कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा ३४ खर्ब ७३ अर्ब १९ करोड रूपैयाँ रहेकोमा असोज मसान्तमा ६.४ प्रतिशतले बढेर ३६ खर्ब ९५ अर्ब २४ करोड रूपैयाँ पुगेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ४ खर्ब २४ अर्ब ४८ करोड रूपैयाँबाट ९.८ प्रतिशतले बढेर ४ खर्ब ६५ अर्ब ९० करोड रूपैयाँ कायम भएको छ । असोज मसान्तको कुल सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८३ ८४ को तीन महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९.९ महिनाको वस्तु आयात र १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिएको छ । असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ६३ प्रतिशत, १४३.७ प्रतिशत र ४४.८ प्रतिशत रहेको छ । असार मसान्तमा यी अनुपात क्रमशः ५९.१ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत थिए ।
४१ खर्ब ६१ अर्ब रूपैयाँ पुग्यो विदेशी विनिमय सञ्चिति

Read Complete Original Article
Published originally on टक्सार






