Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

३९ वर्षपछि बाकेँका राप्ती सोनारीका १० भूमिहिनले पाए लालपुर्जा

Share:WhatsAppFacebookX (Twitter)Telegram
३९ वर्षपछि बाकेँका राप्ती सोनारीका १० भूमिहिनले पाए लालपुर्जा
Photo / Coverage: नेपालन्युज

काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति बाकेँले १० भूमिहिन परिवारलाई लाल पुर्जा वितरण गरेको छ । लालपुर्जा पाउनेमा राप्ती सोनारी गाँउपालिका वडा नं ४ का ३ भूमिहिन दलित र ७ भूमिहिन सुकुम्बासी परिवार रहेका छन्। उनिहरु २०४४/४५ सालदेखि सोहि क्षेत्रमा बसोबास गर्दै आएका थिए। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनिहरु कानुनी रूपमा जग्गाधनी बनेका छन्। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सभामुख अर्याल र अध्यक्ष याङ्गबिच शिष्टाचार भेट
Latest NewsJust now

सभामुख अर्याल र अध्यक्ष याङ्गबिच शिष्टाचार भेट

काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग चिनियाँ जनसङ्घका अध्यक्ष याङ्ग वानमिङ्गले शिष्टाचार भेट गरेका छन् । आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा उनले नेपाल र चीनबिच रहिआएको ऐतिहासिक, घनिष्ठ एवं... ...

रातोपाटी
बाढी पीडितलाई 'सुपरमार्केटको भौचर'देखि फलामको खाटसम्म उपलब्ध गराउँदै सङ्घसंस्था
Latest NewsJust now

बाढी पीडितलाई 'सुपरमार्केटको भौचर'देखि फलामको खाटसम्म उपलब्ध गराउँदै सङ्घसंस्था

Shaktimaya Tamang बाढी पीडितहरूले अब आफूहरूलाई राहत सामग्री भन्दा पनि बास उपलब्ध गराउन माग गरेका छन् समाज कल्याण परिषद्का अधिकारीहरूले भोटेकोशी-त्रिशूली बाढीपछि राहत कार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूले ३ अर्ब ७२ करोड ...

बीबीसी नेपाली
एमाले महासचिवले कार्यकर्तालाई भने– उम्मेदवार आफैँ छनोट गर्नुस्, चुनाव पनि जिताएर देखाउनुस्
Latest NewsJust now

एमाले महासचिवले कार्यकर्तालाई भने– उम्मेदवार आफैँ छनोट गर्नुस्, चुनाव पनि जिताएर देखाउनुस्

नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवार छनोटका विषयमा नेतृत्वलाई मात्रै दोष दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्।  पार्टीको राष्ट्रिय भेलामा पार्टीको शुद्धीकरण र सुदृढीकरणका विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले अब उम्मेदवार छनोट आफैँ गर्न र आफूले छनौट गरेका उम्मेदवारलाई जिताउने जिम्मेवारी पनि लिन आग्रह गरेका हुन्। उनले उम्मेदवार छनोट गर्दा व्यक्तिगत अनुम... ...

नेपालखबर
भारत नेपालको भलो चाहन्छ (?)
Latest NewsJust now

भारत नेपालको भलो चाहन्छ (?)

नेपालले भारतसँग सम्बन्ध सुधार्दा राष्ट्रिय स्वाभिमान त्याग्नुपर्दैन । भारतले पनि नेपालसँग सहकार्य गर्दा नेपाललाई केवल रणनीतिक भूगोल वा उपभोक्ता बजारका रूपमा होइन, स्वतन्त्र प्राथमिकता भएको साझेदारका रूपमा हेर्नुपर्छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play