Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

३३ लाख घुस रकमसहित मध्यपुर थिमीका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
३३ लाख घुस रकमसहित मध्यपुर थिमीका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
Photo / Coverage: पर्दाफास

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। अख्तियारले घिमिरेबाट ३३ लाख रुपैयाँ घुस रकम बरामद गरेको आयोगका एक उच्च अधिकारीले जानकारी दिएका छन्। घुस लेनदेन भइरहेको सूचनाका आधारमा सोमबार अख्तियारको टोलीले नगरपालिकाको कार्यालयमा छापा मारेको थियो। सो क्रममा विभिन्न कागजातसमेत बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिमको दोस्रो जित
OthersJust now

सुदूरपश्चिमको दोस्रो जित

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २१ बल खेल्दै ६ चौका र २ छक्का मदतमा सर्वाधिक ४३ रन बनाए । इशान पान्डेले २९ बलमा २ चौका प्रहार गर्दै २५ रन जोडे । ...

अनलाइन खबर
रेमिट्यान्स खर्च नहुँदा निक्षेप-जीडीपी अनुपात १२९ प्रतिशत
OthersJust now

रेमिट्यान्स खर्च नहुँदा निक्षेप-जीडीपी अनुपात १२९ प्रतिशत

नेपाल राष्ट्र बैंकका अनुसार १२ कात्तिकसम्म वित्तीय प्रणालीको कुल निक्षेप ८५ खर्ब २९ अर्ब पुगेको छ । यो निक्षेप जीडीपीभन्दा २९ प्रतिशत धेरै हो । ...

अनलाइन खबर
इनमसँग जोडिएका न्यायाधीशबारे तथ्य संकलन गर्न बारले बनायो समिति
OthersJust now

इनमसँग जोडिएका न्यायाधीशबारे तथ्य संकलन गर्न बारले बनायो समिति

१६ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले इनम सापकोटाको ह्वाट्सएप म्यासेज प्रकरणमा नाम मुछिएका न्यायाधीशहरूबारे तथ्य संकलन गरी प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ । एशोसियसनले पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा छ सदस्यिय समिति गठन गरेको हो । समितिमा वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो, चन्द्रप्रसाद काफ्ले र अधिवक्ता बाबुराम अर्याल छन्… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play