Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

२ दिने भारत भ्रमणमा प्रधानमन्त्री बालेनका के–के हुनेछन् एजेन्डा ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
२ दिने भारत भ्रमणमा प्रधानमन्त्री बालेनका के–के हुनेछन् एजेन्डा ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) मंसिर ६ गते भारत भ्रमणमा जाने भएका छन् । करिब २५ घण्टा भारतमा बिताएर उनी मंसिर ७ गते स्वदेश फर्किने कार्यक्रम छ। उनी मंसिर ६ गते दिउँसो १:२५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट काठमाडौं हुँदै दिल्ली प्रस्थान गर्नेछन् । मंसिर ७ गते अपराह्न ४:२० बजे नेपाल वायुसेवा निगमकै नियमित उडानबाट उनी स्वदेश फर्कने बताइएकाे छ । भ्रमणको औपचारिक कार्यतालिका भने सार्वजनिक भइसकेको छैन । तर, भ्रमणका क्रममा नेपालले भारतसँग २ लाख करोड भारतीय रुपैयाँ बराबरको आर्थिक सहयोग माग्ने तयारी गरेको बताइएको छ । प्रस्तावमा १ लाख करोड सहुलियतपूर्ण ऋण र १ लाख करोड अनुदान समावेश छन् । अनुदानमध्ये ५० अर्ब रसुवा बाढीपछिको पुनर्निर्माण र ५० अर्ब बुटवल–पोखरा एक्सप्रेसवेका लागि प्रस्ताव गर्ने तयारी छ । नेपालले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन पनि भारतसँग आग्रह गर्नेछ । नेपालगञ्ज र महेन्द्रनगरबाट हवाई रुट खोल्ने तथा नेपाली सहरलाई भारतका दोस्रो तहका सहरसँग सीधा हवाई सम्पर्कमा जोड्ने विषयसमेत छलफलमा उठ्न सक्नेछ । भारतले भने बागडोगरा र रक्सौलका अन्तर्राष्ट्रिय उडानका लागि नेपाली हवाई क्षेत्र प्रयोग गर्ने विषयमा चासो राखेको छ । त्यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, विद्युत् व्यापार, माथिल्लो तामाकोसीको बिजुली खरिद, बंगलादेशमा विद्युत् निर्यात सहजीकरण र महाकाली सिँचाइ आयोजनाका विषय पनि भ्रमणका एजेन्डामा छन् । चिनियाँ ठेकेदार संलग्न आयोजनाबाट उत्पादित विद्युत् भारतले खरिद गर्ने वातावरण बनाउन नेपालले आग्रह गर्ने तयारी गरेको छ । पूर्वाधारतर्फ रक्सौल–काठमाडौं रेलमार्ग, अयोध्या–जनकपुर रेल सेवा, पनौतीस्थित नेपाल प्रहरी प्रतिष्ठान, दार्चुला पुल, भैरहवा एकीकृत जाँच चौकी र महाकालीमा मोटरेबल पुल निर्माणका विषयमा छलफल हुने अपेक्षा छ । मंसिर ७ गते प्रधानमन्त्री बालेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्या–जनकपुर साप्ताहिक रेल सेवा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने सम्भावना पनि छ । दोधारा–चाँदनी एकीकृत जाँच चौकी, तल्लो अरुण जलविद्युत् आयोजना र सिलिगुडी–चाराली पेट्रोलियम पाइपलाइनको संयुक्त शुभारम्भको विषयसमेत तयारीमा रहेको बताइएको छ । सीमा विवादका विषयमा भने कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ताको मुद्दा औपचारिक छलफलमा समेटिने निश्चित भइसकेको छैन । प्रधानमन्त्री बनेपछि एक वर्ष विदेश भ्रमण नगर्ने बताएका बालेन यसअघि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क गएका थिए । भारत भ्रमण भने उनको पहिलो औपचारिक द्विपक्षीय भ्रमण हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नइ एकेडेमी अस्ट्रेलियाबाट १४ विधामा पुरस्कार प्रदान
Latest NewsJust now

नइ एकेडेमी अस्ट्रेलियाबाट १४ विधामा पुरस्कार प्रदान

नइ एकेडेमी, अस्ट्रेलियाले विभिन्न १४ विधामा ‘नइ उत्कृष्ट पुरस्कार’ प्रदान गरेको छ। अस्ट्रेलियामा नेपाली समुदायको उत्थान, नेपाली भाषा, कला तथा संस्कृतिको संरक्षण र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई ‘नइ पुरस्कार’ बाट सम्मान गरिएको सस्थाले जनाएको छ। बहुसांस्कृतिक नेतृत्व तथा सामुदायिक विकास विधामा डा कृष्ण हमाल... ...

नेपालखबर
तीनदिने भ्रमणका लागि भारत आइपुगे राजकुमार विलियम र क्याथरिन
Latest NewsJust now

तीनदिने भ्रमणका लागि भारत आइपुगे राजकुमार विलियम र क्याथरिन

मुम्बई । बेलायती राजकुमार विलियम र राजकुमारी क्याथरिन तीनदिने भ्रमणका लागि सोमबार भारत आइपुगेका छन्। सन् २०२४ मा क्याथरिनलाई क्यान्सर भएको पुष्टि भएपछि दुवै जना सँगै विदेश भ्रमणमा निस्किएको यो पहिलो अवसर हो। मुम्बईबाट भ्रमण सुरु गरेका उनीहरू मंगलबार राजकुमार विलियमले स्थापना गरेको ‘अर्थसट प्राइज’ वितरण समारोहमा सहभागी हुनेछन्। जलवायु परिवर्तनका चुनौती समाधान गर्ने नवीन उपायलाई प्रोत्साहन गर्ने यस पुरस्कारका पाँच ...

केन्द्रबिन्दु
पार्क बनाउन देउसीभैलो, साढे तीन लाख सङ्कलन
Latest NewsJust now

पार्क बनाउन देउसीभैलो, साढे तीन लाख सङ्कलन

तनहुँ । नेपालको राष्ट्रिय झण्डासहितको विशाल पार्क निर्माणका लागि तनहुँमा देउसीभैलो अभियान सञ्चालन गरिएको छ। बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा निर्माणाधीन झण्डा पार्कलाई पूर्णता दिन आवश्यक रकम जुटाउने उद्देश्यले स्थानीयवासीले देउसीभैलो अभियान... ...

रातोपाटी
तातोपानी नाका पूर्ववत् सञ्चालन गर्न पहल गर्छु : सांसद पराजुली
Latest NewsJust now

तातोपानी नाका पूर्ववत् सञ्चालन गर्न पहल गर्छु : सांसद पराजुली

• रास्वपा सांसद भरत पराजुलीले तातोपानी नाका पूर्ववत् सञ्चालनका लागि सरकारसँग पहल गर्नुपर्ने बताएका छन्। • उनले चीनसँग साझा अवधारणा बनाएर नाका सञ्चालन गर्न महत्त्वपूर्ण रहेको र यसले ढुवानी खर्च घटाउने दाबी गरे। • नाका सञ्चालनका लागि आवश्यक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने र निर्माण व्यवसायीलाई समयमै काम नगरेमा हटाउनुपर्ने सुझाव दिएका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play