Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

२६ वर्षपछि अमेरिकाले गुमायो दादुरा उन्मूलनको मान्यता

Share:WhatsAppFacebookX (Twitter)Telegram
२६ वर्षपछि अमेरिकाले गुमायो दादुरा उन्मूलनको मान्यता
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अमेरिकाले २६ वर्षपछि दादुरा उन्मूलन भएको देशको मान्यता गुमाएको छ । सन् २००० देखि दादुराको निरन्तर संक्रमण रोक्न सफल रहेको अमेरिकामा पछिल्लो समय खोप लगाउनेको संख्या घट्दै गएपछि संक्रमण पुनः फैलिएको हो । पान अमेरिकी स्वास्थ्य संगठनअन्तर्गतको विज्ञ समितिले अमेरिकामा एउटै प्रकारको दादुरा भाइरस एक वर्षभन्दा बढी समयसम्म निरन्तर फैलिएको निष्कर्ष निकाल्दै उन्मूलनको मान्यता हटाउने निर्णय गरेको हो । अमेरिकामा सन् २०२५ र २०२६ मा दादुराको संक्रमण तीव्र रूपमा बढेको छ । यस वर्ष मात्रै ५ हजार ४०० भन्दा बढी संक्रमित भेटिएका छन् । सन् १९९१ पछिको यो सबैभन्दा उच्च सङ्ख्या हो। संक्रमणका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब नौमध्ये एक संक्रमित अस्पताल भर्ना हुनुपरेको छ । युटा, साउथ क्यारोलाइना, पेन्सिलभेनिया, विस्कन्सिन र न्यूयोर्कलगायत राज्यमा संक्रमण फैलिएको छ । विशेषगरी खोप नलगाएका व्यक्तिहरू संक्रमणको उच्च जोखिममा रहेका छन् । स्वास्थ्य विज्ञहरूका अनुसार दादुराविरुद्धको एमएमआर खोपका दुई मात्रा लगाएमा संक्रमण हुने जोखिम ९७ प्रतिशतसम्म कम हुन्छ । तर पछिल्ला वर्षमा खोपप्रतिको विश्वास घट्नु र खोप लगाउने दरमा आएको कमीले संक्रमण फैलिन सहज भएको छ । दादुरा अत्यन्त संक्रामक रोग हो। एक संक्रमित व्यक्तिबाट औसतमा १२ देखि १८ जनासम्ममा संक्रमण फैलिन सक्छ। यसले ज्वरो र शरीरमा बिमिरा आउने समस्या मात्र नभई रोग प्रतिरोधात्मक क्षमतामा समेत असर पुर्‍याउन सक्छ । निमोनिया, झाडापखाला र मस्तिष्कसम्बन्धी गम्भीर समस्या पनि निम्तिन सक्छ । स्वास्थ्य विज्ञहरूले खोप नलगाएका बालबालिका, कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्ति र गर्भवती महिलालाई संक्रमणको बढी जोखिम रहेको बताएका छन् । अमेरिकाले पुनः दादुरा उन्मूलनको मान्यता प्राप्त गर्न खोप अभियानलाई प्रभावकारी बनाउनुपर्ने विज्ञहरूको सुझाव छ । तर खोपप्रतिको घट्दो विश्वास र विद्यालयमा खोप नलगाउने छुट बढ्दै गएकाले यो लक्ष्य हासिल गर्न चुनौतीपूर्ण हुने उनीहरूको भनाइ छ । The post २६ वर्षपछि अमेरिकाले गुमायो दादुरा उन्मूलनको मान्यता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युवाको लर्को कालापहाडतिर, सुनसान बन्दै जुम्लाका बस्ती
Latest NewsJust now

युवाको लर्को कालापहाडतिर, सुनसान बन्दै जुम्लाका बस्ती

गाउँमा रोजगारी र आम्दानीको भरपर्दो आधार नहुँदा जुम्लाका सयौं युवा हरेक वर्ष भारत जाने गरेका छन् । उत्पादनशील उमेरका युवा बाहिरिएपछि खेतीपाती, बालबालिकाको शिक्षा र गाउँको सामाजिक जीवन प्रभावित बनेको छ । ...

कान्तिपुर
जलवायु सङ्कट र एल निनोः सन् २०२७ मा विश्वसँगै दक्षिण एशियामा पनि बढ्दै जोखिम
Latest NewsJust now

जलवायु सङ्कट र एल निनोः सन् २०२७ मा विश्वसँगै दक्षिण एशियामा पनि बढ्दै जोखिम

विश्वव्यापी तापक्रमले नयाँ अभिलेख बनाउने चिन्ता; दक्षिणी अफ्रिकामा खडेरी र खाद्य सङ्कट दक्षिणपूर्वी एशियामा डढेलो र पानीको अभाव पूर्वी अफ्रिकामा बाढीको जोखिम नेपाल र दक्षिण एसिशामा मनसुन, कृषि, हिमाली जलचक्र र विपद् व्यवस्थापनबारे पूर्वतयारी आवश्यक जलवायु परिवर्तनका कारण विश्वको तापक्रम निरन्तर बढिरहेका बेला प्रशान्त महासागरमा विकसित भइरहेको एल निनोले सन् २०२७ मा विश्वका विभिन्न क्षेत्रमा चरम मौसमी घटनाको जोखिम थप बढाउने ...

टक्सार
थिमिको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, करिब ८० लाख बराबरको क्षति
Latest NewsJust now

थिमिको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, करिब ८० लाख बराबरको क्षति

• मध्यपुरथिमि–९ राधेराधेस्थित प्रजापति कम्प्लेक्सको सातौँ तलामा आगलागी हुँदा करिब ८० लाख बराबरको क्षति भएको छ। • आगलागी विद्युत् सर्टका कारण भएको र 'द ट्रयांगुली टाइम्स स्पा एण्ड वेलनेश प्रालि' मा विशेष गरी ६० लाखको क्षति भएको जानकारी प्राप्त भएको छ। • घटनामा कुनै मानवीय क्षति नभएको र आगो नियन्त्रणमा नेपालमा ड्रोन प्रविधि भित्र्याउनुपर्ने आवश्यकता रहेको बताइएको छ। ...

नेपालबहस
सुनसरीमा लागूऔषधसहित चार जना पक्राउ
Latest NewsJust now

सुनसरीमा लागूऔषधसहित चार जना पक्राउ

सुनसरी । सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषधसहित ४ जनालाई पक्राउ गरिएको छ । कात्तिक २७ गते इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको हो प्रहरीका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play