Friday, November 20, 2026||
MultiKhabarMultiKhabar

२६ रनमै समेटियो नेपाल, भारत ए सँग लज्जास्पद हार

Share:WhatsAppFacebookX (Twitter)Telegram
२६ रनमै समेटियो नेपाल, भारत ए सँग लज्जास्पद हार
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत नेपालले भारत ए सँग लज्जास्पद हार बेहोरेको छ । शुक्रबार सम्पन्न खेलमा नेपाल भारत ए सँग ३०६ रनले पराजित भएको हो । भारत ए ले दिएको ३३३ रनको लक्ष्य पछाएको नेपाली टिम ११.३ ओभरमा २६ रन मात्र बनाएर अल आउट भएको थियो । नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् भने ओपनरद्वय अर्जुन कुमाल र कुशल भुर्तेलसहित पाँच खेलाडी शुन्यमा आउट भएका थिए । त्यस्तै भारतीय बलर प्रिन्स यादवले ५, हर्षित रानाले ४ र शहबाज अहमदले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारत ए ले ५० ओभरमा ९ विकेट गुमाउदै ३३२ रन बनाएको थियो । भारत ए का लागि कुमार कुशर्गले ११७ र कप्तान तिलक बर्माले १०७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै नेपालका बलर कप्तान सन्दीप लामिछाने र ललित राजबंशीले ३-३ विकेट लिए भने नन्दन यादवले २ तथा पवन सराफले एक विकेट लिएका थिए । आजै सम्पन्न समुह बी को अर्को खेलमा पाकिस्तानले युएईलाई पराजित गरेको छ । अब नेपालले अर्को खेल नोभेम्बर २२ मा संयुक्त अरब इमिरेट्स (युएई) र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग खेल्ने तालिका छ । The post २६ रनमै समेटियो नेपाल, भारत ए सँग लज्जास्पद हार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१२ बजे १२ समाचार : मलेसियामा पैसा पठाउन अनुमति दिने मन्त्रीस्तरीय फाइल गायब, बालेनको भारत भ्रमण कति फरक ?
Latest NewsJust now

१२ बजे १२ समाचार : मलेसियामा पैसा पठाउन अनुमति दिने मन्त्रीस्तरीय फाइल गायब, बालेनको भारत भ्रमण कति फरक ?

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ- १. दलहरुसँग आयोगको छलफल निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेश... ...

रातोपाटी
बुढानीलकण्ठमा दर्शनार्थीको घुइँचो
Latest NewsJust now

बुढानीलकण्ठमा दर्शनार्थीको घुइँचो

काठमाडौँ । हरि बोधिनी एकादशीका अवसरमा बुढानीलकण्ठ मन्दिरमा दर्शनार्थीको शुत्रबार घुइँचो लागेको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीदेखि कात्तिक शुक्ल पूर्णिमासम्म पाँच दिन बुढानीलकण्ठ मन्दिरमा भक्तजन पूजा, आराधना एवं... ...

रातोपाटी
इँटा उद्योग रूपान्तरण गर्न ६ करोड डलरको कार्बन वित्त जुटाइँदै
Latest NewsJust now

इँटा उद्योग रूपान्तरण गर्न ६ करोड डलरको कार्बन वित्त जुटाइँदै

काठमाडौं – नेपालको परम्परागत इँटा उद्योगलाई आधुनिक तथा वातावरणमैत्री बनाउने उद्देश्यले छ करोड अमेरिकी डलर (करिब रु नौ अर्ब) बराबरको कार्बन वित्त परिचालन गर्ने योजना अघि बढाइएको छ। दिवाकर गोल्छा अर्गनाइजेसनअन्तर्गतको हुलास इको ब्रिक्स र जलवायु प्रविधि विकास गर्ने कम्पनी इनोसिएसआरको सहकार्यमा यो कार्यक्रम अघि बढाउन लागिएको हो। दिवाकर गोल्छा अर्गनाइजेसनका निर्देशक हितेश गोल्छाका अनुसार यस योजनाअन्तर्गत आगामी तीन वर्षभित्र मुलुकभरका ३०० ...

नेपालन्युज
बत्तीस जना सहसचिवको सरुवा
Latest NewsJust now

बत्तीस जना सहसचिवको सरुवा

नगेन्द्र सापकोटाकाठमाडौँ, मङ्सिर ४ गते । सरकारले राजपत्राङक्ति प्रथम श्रेणीका सहसचिवहरुको सरुवा गरेको छ । शुुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले विभिन्न सेवा र समूूहमा कार्यारत ३२... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play