काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ४७० वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७०, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा २५ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ९१, हर्न निषेधमा ५, अवस्था ठिक नभएको ६ र अन्यमा २३१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ४७० जनालाई कारबाही

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






