काठमाडौं– ब्रिटिस एयरवेज र इबेरियाको मातृ कम्पनी इन्टरनेशनल एयरलाइन्स ग्रुप (आईएजी) को सन् २०२६ को तेस्रो त्रैमासिकमा खुद नाफा १२ प्रतिशतभन्दा बढीले घटेको छ । इन्धनको मूल्यमा भएको तीव्र वृद्धि र मध्यपूर्वमा जारी द्वन्द्वका कारण उडान प्रभावित हुँदा कम्पनीको नाफा घटेको आईएजीले जनाएको हो । आईएजीले सार्वजनिक गरेको विवरणअनुसार सन् २०२६ को जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा कम्पनीको करपछिको खुद नाफा १ अर्ब २३ करोड युरो (१ अर्ब ३७ करोड अमेरिकी डलर) मा झरेको छ । सन् २०२५ को सोही अवधिमा कम्पनीले १ अर्ब ४० करोड युरो खुद नाफा कमाएको थियो । कम्पनीका अनुसार टिकटको मूल्यमा भएको वृद्धि सकारात्मक रहे पनि उडान क्षमतामा आएको कमी, विभिन्न आकस्मिक अवरोध र विशेषगरी जेट इन्धनको मूल्यवृद्धिले त्यसबाट प्राप्त लाभलाई प्रभावित पारेको छ । समीक्षा अवधिमा कम्पनीको इन्धन खर्च ३० प्रतिशतभन्दा बढीले बढेको छ । आईएजीले मध्यपूर्वको द्वन्द्वका कारण उडान रद्द गर्नुपरेको, इन्जिनसम्बन्धी समस्याले विमान उपलब्धतामा कठिनाइ भएको तथा हवाई यातायात नियन्त्रण प्रणालीसँग सम्बन्धित अवरोधले समग्र उडान क्षमतामा असर परेको जनाएको छ ।
१२ प्रतिशत बढीले घट्यो ब्रिटिस एयरवेजको नाफा

Read Complete Original Article
Published originally on विश्वखबर






