काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ११.०५ अंकले घटेर २६२५.०५ अंकमा झरेको छ । आज नेप्सेका कारोबार भएका १३ ओटा उपसमहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ । बुधबार नेप्सेमा रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३२ करोड २४ लाख १० हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । आजको दिन नेप्सेमा सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य ३.२६ प्रतिशतले बढेको छ । यस्तै, एभरेष्ट कलरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ८.६३ प्रतिशतले घटेको छ । कुल ३४७ कम्पनीको एक करोड १ लाख ६२ हजार ६०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १५ करोड ४९ लाख २५ हजार रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
११ अंकले घट्यो नेप्से परिसूचक

Read Complete Original Article
Published originally on टक्सार






