रोजगारीका लागि ठूलो रकम खर्च गरेर रोमानिया पुगेका नेपाली श्रमिक सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । रोमानियास्थित बिसार लजिस्टिक एसआरएल कम्पनीमा कार्यरत करिब ६ सय नेपाली श्रमिकले काम, तलब तथा सम्झौतामा उल्लेख गरिएका सेवा–सुविधा नपाएको भन्दै शनिबारदेखि आन्दोलन सुरु गरेका हुन् । आन्दोलनरत श्रमिक कम्पनीको कार्यालयबाहिर भेला भएर ‘वि वान्ट जस्टिस’ भन्दै नाराबाजी गरिरहेका छन् । उनीहरूले नेपालबाट रोमानिया आउन प्रतिव्यक्ति १० देखि १२ लाख रुपैयाँसम्म खर्च गरेको बताएका छन् । ...
१०-१२ लाख खर्चेर रोमानिया पुगेका नेपाली श्रमिक काम नपाएपछि आन्दोलनमा
Read Complete Original Article
Published originally on फरकधार




