Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

१० दिनमै ‘रामायण’को विश्वव्यापी कमाइ १ हजार २२८ करोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
१० दिनमै ‘रामायण’को विश्वव्यापी कमाइ १ हजार २२८ करोड
Photo / Coverage: केन्द्रबिन्दु

मुम्बई । रणवीर कपुर अभिनीत फिल्म ‘रामायण : पार्ट १’ ले प्रदर्शनको १० दिनमै विश्वभरबाट १ हजार २२८ करोड भारु ग्रस कमाइ गरेको छ। नितेश तिवारी निर्देशित फिल्मले भारतीय बक्स अफिसमा पनि उल्लेखनीय व्यापार गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले भारतमा मात्रै ८१९ करोड ५० लाख भारु कमाइ गरेको छ। यससँगै यो सन् २०२६ मा सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा ‘धुरन्धर–२’ पछि दोस्रो स्थानमा पुगेको छ। ‘धुरन्धर–२’ ले विश्वभरबाट १ हजार ८३९ करोड भारु कमाएको छ। ‘रामायण’ सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा सातौँ स्थानमा उक्लिएको छ। फिल्मले शाहरुख खान अभिनीत ‘जवान’ को १ हजार १६० करोड र यश अभिनीत ‘केजीएफ–२’ को १ हजार २१५ करोड भारुको कमाइलाई समेत पछाडि पारेको छ। प्रदर्शनको दसौँ दिन फिल्मको कमाइमा ५१.६ प्रतिशत वृद्धि भएको बताइएको छ। दोस्रो शुक्रबार ४८ करोड १० लाख भारु नेट कमाइ गरेको फिल्मले शनिबार ७२ करोड ९० लाख भारु कमाएको थियो। यसरी एकै दिनमा फिल्मको कमाइ २४ करोड ८० लाख भारुले बढेको हो। ‘रामायण’ रणवीर कपुरको अभिनय करिअरमा विश्वव्यापी रूपमा एक हजार करोड भारुभन्दा बढी कमाइ गर्ने पहिलो फिल्म बनेको छ। यसअघि उनको सर्वाधिक कमाइ गर्ने फिल्म ‘एनिमल’ थियो। सन्दीप रेड्डी वाङ्गा निर्देशित उक्त फिल्मले विश्वभरबाट ९१७ करोड भारु कमाएको थियो। उच्च कमाइका बाबजुद ‘रामायण’लाई हिट मान्न अझै ठूलो व्यापार गर्नुपर्ने विश्लेषकहरूको भनाइ छ। फिल्म तथा व्यापार विश्लेषक सुमित कडेलका अनुसार कुनै फिल्म हिट वा फ्लप भएको निर्धारण गर्दा वितरकको हिस्सामा पर्ने आम्दानीलाई आधार मानिन्छ। भारतीय अनलाइन दैनिक भास्करसँगको कुराकानीमा कडेलले फिल्म निर्माताले उच्च अदालतमा फिल्मको आधिकारिक बजेट दुई हजार करोड भारु रहेको जानकारी दिएको बताएका छन्। उनका अनुसार उक्त बजेटका आधारमा फिल्मलाई हिट मान्न भारतमा हिन्दी संस्करणबाट कम्तीमा एक हजार १०० करोड भारु र विश्वव्यापी रूपमा दुई हजार ८०० करोड भारु कमाइ गर्नुपर्ने हुन्छ। यो लक्ष्य पूरा नभएसम्म फिल्मलाई व्यावसायिक रूपमा हिट भन्न नसकिने उनको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रिय भेलालगत्तै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
Latest NewsJust now

राष्ट्रिय भेलालगत्तै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा (एमाले) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।  आगामी मंसिर ५ गते बस्ने गरी केन्द्रीय कमिटी बैठक तय भएको एमाले प्रचार एवं प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए। राष्ट्रिय भेला र स्थानीय तहका जनप्रतिनिधिको भेलापछि एमालेले केन्द्रीय कमिटीको बैठक राखेको हो। एमालेको मंसिर २ र ३ गते राष्ट्रिय भेला हुँदै छ। काठमाडौँको कार्की ब्यांक्वेटमा हुने भेला... ...

नेपालखबर
मियामी विमानस्थलमा कार्गो र यात्रुवाहक विमान ठोक्किए, दुई जना घाइते
Latest NewsJust now

मियामी विमानस्थलमा कार्गो र यात्रुवाहक विमान ठोक्किए, दुई जना घाइते

काठमाडाैँ । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यूपीएसको कार्गो विमान र कोपा एयरलाइन्सको यात्रुवाहक विमान एकआपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार राति करिब ९ः१५ बजे अवतरण... ...

रातोपाटी
तीन महिनामा नेपाल टेलिकमको नाफा ३७ प्रतिशतले बढ्यो
Latest NewsJust now

तीन महिनामा नेपाल टेलिकमको नाफा ३७ प्रतिशतले बढ्यो

नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ३७.३५ प्रतिशतले बढाएको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ४९ ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play