Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

१० औं राष्ट्रिय खेलकुद : टेनिसतर्फ आज मिक्स डबल्स र पुरुष डबल्सको फाइनल खेल हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
१० औं  राष्ट्रिय खेलकुद : टेनिसतर्फ आज मिक्स डबल्स र पुरुष डबल्सको फाइनल खेल हुँदै
Photo / Coverage: हिमालय टाइम्स

बर्दिया । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बर्दियाको गुलरियामा जारी टेनिस प्रतियोगितामा उपाधिका लागि आज पुरुष डबल्स र मिक्स डबल्सतर्फ फाइनल खेल हुँदैछन् । पुरुष डबल्सतर्फ उपाधिका लागि नेपाली सेनाका प्रणभ खनाल र राजवीर प्रधानको जोडीले गण्डकी प्रदेशका करणबहादुर थापा र प्रदीप खड्काको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी, मिक्स डबल्सतर्फ उपाधिका लागि नेपाली सेनाका प्रणभ खनाल र स्वस्तिका विष्टको जोडीले नेपाली सेनाकै राजवीर प्रधान र शिवाली गुरुङको जोडीसँग प्रतिस्पर्धा गर्ने बर्दिया जिल्ला टेनिस संघका अध्यक्ष दीपककुमार शर्माले जानकारी दिनुभयो । यसअघि पुरुष डबल्सतर्फ नेपाली सेनाका राजवीर प्रधान र प्रणभ खनाल तथा गण्डकी प्रदेशका प्रदीप खड्का र करणबहादुर थापाको जोडी फाइनलमा प्रवेश गरेको थियो । शनिबार भएको पुरुष डबल्सको सेमिफाइनल खेलमा आर्मीका राजवीर प्रधान र प्रणभ खनालले नेपाल प्रहरीका निहाल जंगबहादुर थापा र दर्सिल श्रेष्ठलाई ६–३, ६–० को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । मिक्स डबल्सतर्फ शुक्रबार भएको सेमिफाइनल खेलमा आर्मीका शिवाली गुरुङ र राजवीर प्रधानको जोडीले बागमती प्रदेशका प्रकृति श्रेष्ठ र निशान श्रेष्ठको जोडीलाई ७–६, ६–१ को सेटमा तथा नेपाली सेनाका प्रणभ खनाल र स्वस्तिका विष्टको जोडीले गण्डकी प्रदेशका शक्ति शर्मा र आहाना शेरचनको जोडीलाई ६–०, ६–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । पुरुष सिंगल्सतर्फको सेमिफाइनल खेलमा गण्डकी प्रदेशका प्रदीप खड्काले नेपाली सेनाका प्रणभ खनाललाई ६–२, ७–६, ७–५ को स्कोरमा तथा गण्डकी प्रदेशकै करणबहादुर थापाले बागमती प्रदेशका निशान श्रेष्ठलाई ६–२, ६–२ को स्कोरमा पराजित गर्दै फाइनलमा स्थान बनाएको टेनिस प्रतियोगिताका सहायक निर्णायक सूर्य भूषण बज्राचार्यले जानकारी दिनुभयो । यसैगरी, शनिबार भएको महिला डबल्सतर्फको फाइनल खेलमा नेपाली सेनाका शिवाली गुरुङ र स्वस्तिका विष्टको जोडीले बागमती प्रदेशका प्रज्ञा मानन्धर र प्रकृति श्रेष्ठको जोडीलाई ६–०, ६–१ को सेटमा पराजित गर्दै उपाधि जितेको छ । महिला सिंगल्सतर्फ नेपाली सेनाका शिवाली गुरुङले बागमती प्रदेशकी प्रज्ञा मानन्धरलाई ६–०, ६–० को सेटमा तथा नेपाली सेनाकी स्वस्तिका विष्टले बागमती प्रदेशकी प्रकृति श्रेष्ठलाई ६–२, ६–२ को सेटमा पराजित गर्दै शुक्रबार फाइनलमा प्रवेश गरेका थिए । प्रतियोगिताअन्तर्गत आइतबार दुई र सोमबार थप दुई फाइनल खेल हुने जनाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कालीकोटको शैक्षिक सम्मेलनबाट १९ बुँदे प्रतिबद्धता
Latest NewsJust now

कालीकोटको शैक्षिक सम्मेलनबाट १९ बुँदे प्रतिबद्धता

जिल्लाको समग्र शैक्षिक अवस्थामाथि छलफल गरेर केही स्थानीय तहले गरेका उत्कृष्ट अभ्यास सबैले अनुसरण गर्न सम्मेलनका सहभागीले प्रतिबद्धता गरे । ...

कान्तिपुर
जापानबाट फर्किएर किवीखेतीमा भविष्य खोज्दै लीलाबहादुर घर्ती
Latest NewsJust now

जापानबाट फर्किएर किवीखेतीमा भविष्य खोज्दै लीलाबहादुर घर्ती

बागलुङ । वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन् । विदेशमा राम्रो आम्दानी गर्ने सपना बोकेर जापान पुगे पनि आफ्नै गाउँमा सुरु गरेको कृषि व्यवसायको मोहले उनलाई लामो समय विदेश बस्न दिएन । जापानको रोजगारी छाडेर फर्किएका घर्ती अहिले आफ्नै गाउँमा फलफूल, तरकारीखेती र पशुपालन व्यवसाय विस्तारमा जुटेका छन् । ...

केन्द्रबिन्दु
अस्ट्रेलियामा नेपालीको संख्या पाँच गुणाले वृद्धि, नेपालमा जन्मिएर अस्ट्रेलिया बस्नेको संख्या २ लाख १३ हजार नाघ्यो !
Latest NewsJust now

अस्ट्रेलियामा नेपालीको संख्या पाँच गुणाले वृद्धि, नेपालमा जन्मिएर अस्ट्रेलिया बस्नेको संख्या २ लाख १३ हजार नाघ्यो !

काठमाडौँ । अस्ट्रेलियामा नेपाली समुदायको विस्तार तीव्र गतिमा भइरहेको छ । पछिल्लो अध्ययनले एक दशकको अवधिमा नेपालमा जन्मिएर अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या झन्डै पाँच गुणाले वृद्धि भएको देखाएको छ । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)को सन् २०२६ मा सार्वजनिक अध्ययनअनुसार सन् २०२५ जुनसम्म अस्ट्रेलियामा नेपालमा जन्मिएका २ लाख १३ हजार ५८० जना बसोबास गरिरहेका छन् । अध्ययनले सन् २०१४ ...

अर्थ सरोकार
विकासले ल्याएको परिवर्तन, हराए सबै पुराना बजार
Latest NewsJust now

विकासले ल्याएको परिवर्तन, हराए सबै पुराना बजार

पर्वत समाचारदाता पर्वत, मङ्सिर १३ गते । कुनै समय निकै चहलपहल हुने पर्वतका केही पुराना बजारहरू अहिले सुनसान अवस्थामा छन् । सडक सञ्जाल विस्तारसँगै पैदलमार्ग विस्थापित हुनु, गाउँ गाउँ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement