Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

ह्वावेको ‘हार्मोनीओएस’ सञ्चालन हुने डिभाइसहरुको संख्या १० करोड नाघ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
ह्वावेको ‘हार्मोनीओएस’ सञ्चालन हुने डिभाइसहरुको संख्या १० करोड नाघ्यो
Photo / Coverage: टेक्नोलोजी खबर

ह्वावेको ‘हार्मोनी ओएस’ सञ्चालन हुने डिभाइसहरूको संख्या १० करोड नाघेको बताइएको छ। यस संख्यालाई कम्पनीले एक महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा व्याख्या गरेको छ। ‘चाइना डेली’ का अनुसार, कम्पनीका कार्यकारी निर्देशक तथा टर्मिनल बिजनेस ग्रुपका अध्यक्ष यु चेङडोङले एक कार्यक्रममा बोल्दै हार्मोनी ओएस अब परिपक्वता, उपयोगिता र नवीनतामा आधारित विकासको नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। ह्वावेका अनुसार, स्मार्टफोन, ट्याब्लेट र पीसी लगायतका १० करोडभन्दा बढी टर्मिनल डिभाइसहरूमा अहिले हार्मोनी ओएस सञ्चालनमा छन्। साथै, १ करोड २० लाखभन्दा बढी दर्ता भएका विकासकर्ताहरुद्वारा निर्माण गरिएका ४ लाख ६० हजारभन्दा बढी एप्लिकेसन र सेवाहरू यस प्लेटफर्ममा उपलब्ध छन्। उक्त कार्यक्रममा युले यो कुरा स्वीकार गरे कि ह्वावेले एक्लै इकोसिस्टमका अवरोधहरू तोडेको नभई; यस कार्यमा कम्पनीसँगै साझेदारहरू, प्रयोगकर्ताहरू र विकासकर्ताहरूले पनि अपरेटिङ सिस्टमलाई अझ सुदृढ बनाउन सहकार्य गरेका थिए। ‘चाइना डेली’ का अनुसार, यो हुवावेका लागि एक महत्त्वपूर्ण कोसेढुङ्गा त हुँदै हो, साथै ‘हार्मोनी ओएस’ को बढ्दो स्वीकार्यताले चीनको आफ्नै प्रविधि विकास र बौद्धिक युगमा औद्योगिक प्रगतिको ठूलो स्तरमा भइरहेको कार्यान्वयनलाई पनि दर्शाउँछ। यो अपरेटिङ सिस्टम पहिलो पटक सन् २०१९ मा सार्वजनिक गरिएको थियो भने सन् २०२४ मा यसलाई पहिलो पटक ह्वावेको स्मार्टफोनमा पूर्ण रूपमा उपलब्ध गराइयो। The post ह्वावेको ‘हार्मोनीओएस’ सञ्चालन हुने डिभाइसहरुको संख्या १० करोड नाघ्यो appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ह्याकरहरूले अमेरिकी वायुसेनाको प्रमुख ‘क्लाउड वान’ कम्प्युटिङ प्लेटफर्ममा अनधिकृत पहुँच बनाएको रिपोर्ट
TechnologyJust now

ह्याकरहरूले अमेरिकी वायुसेनाको प्रमुख ‘क्लाउड वान’ कम्प्युटिङ प्लेटफर्ममा अनधिकृत पहुँच बनाएको रिपोर्ट

अमेरिकी वायुसेनाको मुख्य क्लाउड कम्प्युटिङ प्लेटफर्ममा ह्याकरहरूले अनधिकृत पहुँच बनाएका छन्। यस विषयबारे जानकारी भएका तीन व्यक्तिलाई उदृत गर्दै रोयटर्सले रिपोर्ट गरेअनुसार, यो घटनाले संवेदनशील रणनीतिक, कर्मचारीसम्बन्धी र लजिस्टिक तथ्याङ्कको ठूलो हिस्सालाई जोखिममा पार्न सक्छ। उक्त घटनाबारे जानकारी राख्ने दुई व्यक्तिका अनुसार, प्रणाली स्तरोन्नति गर्ने क्रममा गत महिनाको आसपासमा ‘क्लाउड वान’ मा भएको यो अनधिकृत प्रवेश पत्ता लागेको थियो। उनीहरूले यो ...

टेक्नोलोजी खबर
अमेरिकी वायुसेनाको संवेदनशील क्लाउड प्रणालीमा ह्याकरको प्रवेश, सैन्य तथ्याङ्क जोखिममा
TechnologyJust now

अमेरिकी वायुसेनाको संवेदनशील क्लाउड प्रणालीमा ह्याकरको प्रवेश, सैन्य तथ्याङ्क जोखिममा

काठमाडौं । अमेरिकी वायुसेनाले सैन्य तथा प्रशासनिक कामका लागि प्रयोग गर्दै आएको प्रमुख क्लाउड कम्प्युटिङ प्रणाली ‘क्लाउड वन’ मा ह्याकरहरूले अनधिकृत पहुँच बनाएका छन् । साइबर आक्रमणपछि अमेरिकी सेनाका संवेदनशील सूचना, कर्मचारीका विवरण तथा सैन्य सामाग्री व्यवस्थापनसम्बन्धी तथ्याङ्क जोखिममा परेको आशंका गरिएको छ ।यस घटनाबारे जानकार तीन व्यक्तिले समाचार संस्था रोयटर्सलाई दिएको जानकारीअनुसार प्रणालीमा भएको घुसपैठ करिब एक महिनाअघि पत्ता ...

आइसिटी समाचार
राकुटेन मोबाइलका कर्पोरेट ग्राहक ३० हजार नाघे
TechnologyJust now

राकुटेन मोबाइलका कर्पोरेट ग्राहक ३० हजार नाघे

जापानी दूरसञ्चार कम्पनी राकुटेन मोबाइलले गत साता आफ्ना कर्पोरेट ग्राहकको संख्या ३० हजार नाघेको जनाएको छ। कम्पनीका अनुसार गत बिहीबार यो संख्या ३० हजार पुगेको हो। सन् २०२३ जनवरीमा व्यावसायिक सेवा पूर्ण रूपमा सुरु गरेको करिब चार वर्षमा कम्पनीले यो उपलब्धि हासिल गरेको हो। कम्पनीले ग्राहक वृद्धिदरबारे थप जानकारी दिएको छैन। तर, यसअघि पनि राकुटेन मोबाइलले कर्पोरेट ग्राहक संख्याका विभिन्न उपलब्धि सार्वजनिक ...

टेक्नोलोजी खबर
व्यापार, प्रविधि र लगानीको नयाँ ढोका खोल्दै नेपाल–युरोप सम्मेलन
TechnologyJust now

व्यापार, प्रविधि र लगानीको नयाँ ढोका खोल्दै नेपाल–युरोप सम्मेलन

काठमाडौं । नेपाल र युरोपबीच व्यापार, प्रविधि, लगानी तथा पर्यटनका क्षेत्रमा नयाँ अवसर पहिचान गर्दै आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यले लक्जेम्बर्गमा ‘नेपाल–युरोप टेक, ट्रेड एन्ड इन्भेस्टमेन्ट थिम्ड सेमिनार २०२६’ आयोजना हुने भएको छ । नोभेम्बर २९ र ३० मा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।नेपाली व्यवसायी संघ युरोप (नेबा युरोप) को आयोजनामा डबलट्री बाई हिल्टन ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement