Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी नागरिक भन्छन्– ‘बास देऊ, नत्र थापाथलीमै छोडिदेऊ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी नागरिक भन्छन्– ‘बास देऊ, नत्र थापाथलीमै छोडिदेऊ’
Photo / Coverage: टक्सार

काठमाडौं। वैकल्पिक आवासको व्यवस्था नगरी हटाउन खोजिएको भन्दै भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारले सरकारको विरोध गरेका छन्। सरकारले गत वैशाख १२ र १३ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाएर बस्ती खाली गराएको थियो। घरबारविहीन बनाइएका परिवारलाई सुरक्षित बसोबासको व्यवस्था नगरी अस्थायी आश्रयस्थलबाट समेत हटाउन खोजिएपछि उनीहरूले सरकारको निर्णयको विरोध गरेका हुन्। भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका परिवारले शुक्रबार रित्तो थालसहित प्रदर्शन गरेका छन्। सरकारले शुक्रबार बिहानदेखि खाना दिन छाडेको र सोही दिन होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको उनीहरूको भनाइ छ। सुकुम्बासी नागरिक हरिमाया जिम्बाले आफूहरू थापाथलीबाट विस्थापित भएर बोडे पुगेको बताइन्। उनका अनुसार कीर्तिपुरस्थित आश्रयस्थलमा करिब साढे दुई महिना बसेपछि डुबानका कारण उनीहरूलाई बोडे सारिएको थियो। अहिले बोडेमा रहेका परिवारमध्ये सात परिवारलाई मात्र वास्तविक सुकुम्बासी मानेर अन्य परिवारलाई हटाउन खोजिएको उनको आरोप छ। आफूहरू नेपाली नागरिक भएकाले सरकारले सम्मानपूर्वक बसोबासको व्यवस्था गर्नुपर्ने उनले बताइन्। ‘हामी थापाथली बस्तीबाट हो। पहिले कीर्तिपुर बसेका थियौँ। साढे दुई महिनाजति त्यहाँ बसेपछि डुबान भयो। हामी यहाँ आउने पक्षमा थिएनौँ, रातारात ल्याएर यहाँ राखिदियो,’ उनले भनिन्, ‘अहिले फेरि सात घरका मात्रै सुकुम्बासी परे, अन्य १३ परिवार सुकुम्बासी परेनन् भनेर बहाना खोजेर हामीलाई हटाउन खोजिँदैछ।’ वैकल्पिक बसोबासको व्यवस्था गर्न नसक्ने भए आफूहरूलाई थापाथलीमै लगेर छाडिदिनुपर्ने उनको माग छ। ‘हामी नेपाली नागरिक हौँ कि होइनौँ? यदि सरकारले हामीमाथि जबर्जस्ती गर्‍यो भने हामीसँग अब दुईवटा विकल्प मात्रै छ। कि हामीलाई थापाथलीमै लगेर छोडिदेऊ, होइन भने मारिदेऊ। हामीलाई जाऊ त भन्यो, अब हामी जाने कहाँ हो?’ उनले भनिन्। अर्का एक सुकुम्बासी नागरिकले आफूहरू लामो समयदेखि सुकुम्बासी बस्तीमा बस्दै आएको उल्लेख गर्दै सरकारले पुनःस्थापनाको प्रतिबद्धता पूरा नगरेसम्म होल्डिङ सेन्टरबाट ननिस्किने बताए। सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउँदा १५ दिनभित्र व्यवस्थापन गर्ने भने पनि ६ महिना बितिसक्दा समेत उचित व्यवस्था गर्न नसकेको उनको गुनासो छ। ‘हामी यहाँ बस्न थालेको ५० औँ वर्ष भइसक्यो, अनि हाम्रो बस्तीमाथि डोजर लगाउने? हामीलाई उठाइसकेपछि सरकारले १५ दिनमा व्यवस्थापन गर्छौँ भनेको होइन? १५ दिन कहाँ गयो? ६० दिन कहाँ गयो? सय दिन कहाँ गयो? अनि ६ महिना कहाँ गयो?’ उनले भने, ‘अनि अहिले जबर्जस्ती उठाउन आउने?’ त्यस्तै, अर्का सुकुम्बासी नागरिकले आफूहरूको अन्यत्र घरजग्गा नभएको र भाडामा बस्न सक्ने आर्थिक अवस्था पनि नरहेको बताए। साना बालबालिका भएका परिवारलाई कोठा पाउनसमेत कठिनाइ भइरहेको भन्दै सरकारले नै उचित व्यवस्थापन गर्नुपर्ने उनको माग छ। ‘हाम्रो त कतै केही पनि छैन। एउटा सानो नानी छ। बच्चा भएको हुनाले कोठा पाइँदैन। अनि कोठा पाएको छैन, कहाँ गएर बस्ने हामी?’ उनले भने, ‘हामी त जहाँ सरकारले बस्ने बास दिन्छ, त्यहीँ जाने हो। कोठामा पनि हामी महिनैपिच्छे भाडा तिर्न सक्दैनौँ।’ सरकारले बोडेस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारलाई शुक्रबार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर छाड्न समय दिएको थियो। त्यसपछि उनीहरूलाई खाना समेत बन्द गरिएको छ। खाना बन्द भएपछि होल्डिङ सेन्टरमा रहेका परिवारले चाउचाउ र चिउरा खाएर भोक मेटाएका थिए। – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मार्गशीर्ष कृष्ण तृतीया : श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा सम्पन्न
Latest NewsJust now

मार्गशीर्ष कृष्ण तृतीया : श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा सम्पन्न

काठमाडौँ । श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा अमालकोट कचहरीका द्वारेले अबिर चढाएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन सुरु भएको जात्रा श्री चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि... ...

रातोपाटी
कोइला, पेट्रोलियम र ग्यासको प्रयोग क्रमशः अन्त्य गर्ने मलेसियाको तयारी
Latest NewsJust now

कोइला, पेट्रोलियम र ग्यासको प्रयोग क्रमशः अन्त्य गर्ने मलेसियाको तयारी

मलेसिया । ऊर्जा सुरक्षामा असर पर्न नदिन मलेसियाले जीवाश्म इन्धनको प्रयोग एकैपटक बन्द नगरी क्रमिक रूपमा घटाउँदै स्वच्छ ऊर्जातर्फ अघि बढ्ने भएको छ । मलेसियाका प्राकृतिक स्रोत तथा वातावरणीय दिगोपनमन्त्री आर्थर... ...

रातोपाटी
१६ देशमा भोकमरीको संकट गहिरिने राष्ट्रसंघको चेतावनी
Latest NewsJust now

१६ देशमा भोकमरीको संकट गहिरिने राष्ट्रसंघको चेतावनी

युद्धग्रस्त सुडान र यमनसहित पाँच देशमा भोकमरीको जोखिम सबैभन्दा उच्च रहेको राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र विश्व खाद्य कार्यक्रमको अध्ययनको निष्कर्ष ...

कान्तिपुर
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
Latest NewsJust now

बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता

काठमाडौँ । बालबालिकामा देखिने बोली तथा उच्चारणसम्बन्धी समस्याको कारण पत्ता लगाउन अस्ट्रेलियामा ठुलो स्तरको अनुसन्धान सुरु गरिएको छ । यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान,... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement