Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

होर्मुज जलडमरुमा फेरि तनाव, दुई तेल ट्यांकरमा विस्फोट र आगलागी

Share:WhatsAppFacebookX (Twitter)Telegram
होर्मुज जलडमरुमा फेरि तनाव, दुई तेल ट्यांकरमा विस्फोट र आगलागी
Photo / Coverage: केन्द्रबिन्दु

तेहरान । इटालीको रिभोलुसनरी गाड्र्सले शनिबार होर्मुज जलडमरुमामा दुई तेल ट्यांकर ठोक्किएपछि विस्फोट र आगलागी भएको दाबी गरेको छ । इरानी सरकारी प्रसारण संस्थामार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा ती जहाजले आफ्नो राडार तथा लोकेसन प्रणाली बन्द गरेर अनुमति नलिई जलडमरुमा प्रवेश गर्न खोजेको उल्लेख छ । तीमध्ये एउटा ठूलो क्षमताको सुपरट्यांकर रहेको जनाइएको छ । तर जहाजको नाम र उत्पत्तिबारे खुलाइएको छैन । फेब्रुअरीमा अमेरिका र इरानबीच युद्ध सुरु भएयता तेहरानले होर्मुज जलडमरुमा आवागमनका लागि आफ्नो अनुमति अनिवार्य रहेको बताउँदै आएको छ । अनुमति नलिएका जहाजमाथि आक्रमणसमेत भएको छ । यसैबीच, इरानले रणनीतिक जलमार्गमा आवागमन नियन्त्रण कडा बनाएपछि अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी लगाएको छ । साथै, उक्त जलमार्ग प्रयोग गर्ने तेल ट्यांकरलाई सैन्य सहयोग उपलब्ध गराउँदै आएको छ । पछिल्ला साताहरूमा जलडमरुमा विभिन्न जहाजमा आगलागी तथा विस्फोटका घटना भएको इरानी सेनाले जनाएको छ । शुक्रबार पनि ग्यास बोकेको एक जहाज समुद्री बारुदमा ठोक्किएको भन्दै इरानले धुवाँको मुस्लो देखिएको भिडियो सार्वजनिक गरेको थियो । यद्यपि अमेरिकी सेनाले भने जलमार्गका मुख्य आवागमन मार्गबाट समुद्री बारुद हटाइसकेको जनाएको छ । -एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप–३१ मा सहभागी हुन पाँच सांसद टर्की जाँदै
Latest NewsJust now

कोप–३१ मा सहभागी हुन पाँच सांसद टर्की जाँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन नेपालका पाँच जना सांसद टर्की जाने भएका छन् । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीसहित पाँच जना सांसद सम्मेलनमा सहभागी हुन लागेका हुन् । टर्कीको अन्ताल्यामा कात्तिक २३ देखि सुरु भएको सम्मेलन मंसिर ४ गतेसम्म […] ...

लोकपथ
संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
Latest NewsJust now

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ बोकेझुण्डास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ‘सीता गुफा’ अर्थात् ‘साङतोरमो’ संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । सदरमुकाम धुञ्चेबाट पाँच किलोमिटरको दूरीमा रहेको पासाङल्हामु राजमार्गभन्दा करिब ३० मिटर तल पुरानो मूल बाटोमा अवस्थित उक्त गुफा सम्बन्धित निकायको चासो नपुग्दा झाडीले ढाकिएर खण्डहर बन्न थालेको हो । पासाङल्हामु राजमार्ग निर्माण हुनुअघि यही पुरानो गोरेटो बाटो भएर मानिसहरू आवतजावत ...

केन्द्रबिन्दु
संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
Latest NewsJust now

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डास्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको ‘सीता गुफा’ अर्थात् ‘साङतोरमो’ संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । सदरमुकाम धुञ्चेबाट पाँच किलोमिटरको दूरीमा रहेको पासाङल्हामु राजमार्गभन्दा करिब ३० मिटर तल पुरानो मूल बाटोमा अवस्थित उक्त गुफा सम्बन्धित निकायको चासो नपुग्दा झाडीले ढाकिएर खण्डहर बन्न थालेको हो । पासाङल्हामु राजमार्ग निर्माण हुनुअघि […] ...

मकालु खबर
भारत ‘ए’ सँग नेपाल यू–१९ महिला टोली १२५ रनले पराजित
Latest NewsJust now

भारत ‘ए’ सँग नेपाल यू–१९ महिला टोली १२५ रनले पराजित

काठमाडौँ । भारत ‘ए’ महिला टोलीसँगको खेलमा नेपाली यू–१९ महिला क्रिकेट टोली १२५ रनको फराकिलो अन्तरले पराजित भएको छ । भारत ‘ए’ले दिएको २०६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २०... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play