काठमाडौं । होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले यस वर्षको दशैंको अवसरमा ल्याएको ‘यो दशैं, आशाको सुरुवात’ योजना अन्तर्गत ‘होण्डा छ साथ साथ’ मार्फत सातै प्रदेश— हरेक प्रदेशबाट एक-एक गरी विजेता छनोट गर्ने जनाएको थियो। चाडपर्वको उल्लाससँगै समाजप्रतिको उत्तरदायित्वलाई मध्यनजर गर्दै होण्डाले यस वर्ष ‘सहयोगको संकल्प’ नामक विशेष योजना सञ्चालन गरेको छ। यस योजना अन्तर्गत ‘होण्डा छ साथ साथ’ मार्फत ७ वटै प्रदेशबाट हरेक हप्ता १/१ जना विजेता छनोट गरी १ लाख रुपैयाँसम्म जित्ने अवसर प्रदान गरिएको छ। यस योजनाको सबैभन्दा उत्कृष्ट पक्ष भनेको विजेताहरुले जति रकम प्राप्त गर्छन्, होण्डा नेपालले सोही बराबरको थप रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने घोषणा गरेको थियो। यसै योजना अन्तर्गत लक्की ड्र मार्फत सातै प्रदेशबाट पहिलो ३ हप्ताको विजेताहरु छनोट गरि कम्पनीले सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार पहिलो हप्ताका विजेतामा कोशी प्रदेशबाट रामचन्द्र न्यौपाने (रु. १०,०००), मधेश प्रदेशबाट अफजल मियाँ (रु. १,००,०००), बाग्मती प्रदेश बाट गोकुलप्रसाद ओली (रु. १०,०००), गण्डकी प्रदेशबाट बिज्ञान लामा (रु. १०,०००), लुम्बिनी प्रदेशबाट कृष्णबहादुर खड्का (रु. १०,०००), कर्णली प्रदेश बाट पदमबहादुर शाही (रु. ५०,०००) र सुदुर पश्चिम प्रदेशबाट आदर्श कन्स्ट्रक्सनका मदन यादव (रु। १०,०००) रहेका छन्। त्यस्तै, दोस्रो हप्ताका विजेतामा कोशी प्रदेशबाट विकासकुमार यादव (रु. १०,०००), मधेश प्रदेशबाट सुन लामा (रु. १०,०००), बाग्मती प्रदेशबाट राजु महर्जन (रु. २५,०००), गण्डकी प्रदेशबाट बलराम थापा (रु. ५०,०००), लुम्बिनी प्रदेशबाट पुष्पा थारु (रु. १०,०००), कर्णली प्रदेशबाट मानसिंह दाहाल (रु. १,००,०००) तथा सुदुरपश्चिम प्रदेशबाट विनिता पाठक (रु. १०,०००) रहेका छन्। यसैगरी, तेस्रो हप्तामा कोशी प्रदेशबाट आशिष राई (रु. ५०,०००), मधेश प्रदेशबाट सुशीलकुमार श्रीवास्तव (रु. १०,०००), बाग्मती प्रदेशबाट दिशान्त विष्ट (रु. १०,०००), गण्डकी प्रदेशबाट मनोज घिमिरे (रु. १०,०००), कर्णली प्रदेशबाट दामोरबहादुर बुढाथोकी (रु. १०,०००), कर्णली प्रदेशबाट प्रोभिन्स आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर (रु. १०,०००) र सुदुरपश्चिमप्रदेशबाट जुजेस्टर राणा (रु. १०,०००) विजयी भएका छन्। कम्पनीले सम्पूर्ण विजेताहरुलाई उनीहरुले जितेको रकम हस्तान्तरण गर्नुका साथै आफ्नो ‘सहयोगको संकल्प’ अनुरुप सोही बराबरको थप रकम पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। यसैबीच, ग्राहकहरूको अभूतपूर्व उत्साह र मायालाई ध्यानमा राख्दै कम्पनीले यो योजना आगामी मंसिर १४ गते (३० नोभेम्बर) सम्मका लागि थप गरिएको जनाएको छ। यसबाट अझ धेरै ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन्। स्याकार ट्रेडिङ्ग कम्पनीले सम्पूर्ण विजेतालाई हार्दिक बधाई ज्ञापन गर्दै, होण्डा ब्रान्डप्रति नेपाली ग्राहकहरुले देखाएको अपार माया र विश्वासका लागि कृतज्ञता व्यक्त गरेको छ। The post होण्डाको दसैं योजना ‘यो दसैं, आशाको सुरुवात’ अन्तर्गत सातै प्रदेशबाट ३ हप्ताका विजेता घोषणा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
होण्डाको दसैं योजना ‘यो दसैं, आशाको सुरुवात’ अन्तर्गत सातै प्रदेशबाट ३ हप्ताका विजेता घोषणा

Read Complete Original Article
Published originally on कर्पोरट खबर






