Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधि प्रयोगमार्फत पुनः सञ्चालन गर्नुपर्छ : महावीर पुन

Share:WhatsAppFacebookX (Twitter)Telegram
हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधि प्रयोगमार्फत पुनः सञ्चालन गर्नुपर्छ : महावीर पुन
Photo / Coverage: केन्द्रबिन्दु

हेटौँडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पुराना मेसिनको स्तरोन्नति, मर्मत र स्वचालनमार्फत बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन अघि बढाउने बताएका छन् । शुक्रबार उद्योगको अवलोकन गर्दै मन्त्री पुनले त्यहाँ रहेका पुराना मेसिन तथा उपकरणको प्राविधिक अवस्था अध्ययन गरेर आवश्यक सुधार गर्न सकिने बताए । उनका अनुसार पुराना मेसिन अझै काम गर्न सक्ने अवस्थामा रहेकाले तत्काल विस्थापित गर्नुभन्दा अनुसन्धान र नवप्रवर्तनमार्फत तिनलाई आधुनिक बनाउन सकिन्छ । उनले उद्योगमा आवश्यक पर्ने साना पार्टपुर्जा तथा उपकरणसमेत स्वदेशमै उत्पादन गर्न सकिने सम्भावना खोज्नुपर्ने बताए । त्यसका लागि प्राविधिक टोली बनाएर मेसिन तथा उपकरणको विस्तृत अध्ययन गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘यो कारखानाको मेसिनहरु छन्, त्यो मेसिनहरु धेरै पुरानो छ । हाम्रो जिजुबाजेको पालाको हो । यो टेक्नोलोजी धेरै पुरानो हो । पुरानो भएपनि यो फलामको हो । काम गर्दछ । यसलाई केही अनुसन्धान गरेर, नवप्रवर्तन गरेर यसलाई अथोमेटिक बनाउने किसिमले रिसर्चहरु, इनोभेसनहरु गर्न सकिन्छ, सानो पार्टपूर्जाहरु हामी आफैँले बनाउन सकिन्छ भनेर यसबारे छलफल गर्न आएको हो ।’ उद्योगमा २०३६ सालदेखि काम गर्दै आएका प्राविधिक तथा इन्जिनियरहरूको अनुभव र ज्ञान पुनः सञ्चालनका लागि उपयोगी हुने मन्त्री पुनले बताए । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले उद्योग सञ्चालनका लागि आवश्यक सम्पूर्ण आर्थिक स्रोत उपलब्ध गराउन नसके पनि अनुसन्धान र नवप्रवर्तनमा सहयोग गर्न सक्ने उनले स्पष्ट पारे । अनुसन्धान र नवप्रवर्तनका लागि पैसा मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले दक्ष प्राविधिक टोली आवश्यक रहेको बताए । तत्काल विगतकै अवस्थामा उद्योग सञ्चालन गर्न सम्भव नभए पनि चारदेखि सात सय जनासम्मलाई रोजगारी दिन सक्ने गरी उद्योगलाई पुनर्जीवन दिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘हामीले कारखाना चलाउने पैसा त दिन सक्दैनौँ हाम्रो मन्त्रालयले । तर कारखाना चलाउन रिसर्च इनोभेसन गर्न सहयोग गर्छौं । रिसर्च एण्ड इनोभेसन भन्नेकुरा पैसाले मात्रै हुने कुरा भएन । पैसा ल्याएर थुपारेर मात्रै इनोभेसन हुँदैन । एउटा बलियो प्राविधिक टिम चाहिन्छ, नयाँ प्रविधिसँग डेभलप गरेर स्वचालित गरेको खण्डमा कारखानाले नयाँ जीवन पाउँछ । कारखाना चलाउनु भनेको पैसा कमाउनु हो । देशमा रोजगारी सिर्जना हुन्छ । अहिले हामीले ७ सयसम्मलाई रोजगारी दिने बनाउन सकिन्छ ।’ उद्योग सञ्चालनले स्वदेशी उत्पादन वृद्धि, रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने भएकाले सरकारी सम्पत्तिको संरक्षण र सदुपयोग गर्दै नयाँ प्रविधिको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । वि.सं. २०५६ सालदेखि उत्पादन बन्द भएको हेटौँडा कपडा उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो । त्यसपछि २०५९ सालमा तत्कालीन सरकारले उद्योग औपचारिक रूपमा बन्द गर्ने निर्णय गरेको थियो । बजार व्यवस्थापनको अभाव, प्रविधिको समयानुकूल आधुनिकीकरण हुन नसक्नु, लोडसेडिङ, आवश्यकताभन्दा बढी जनशक्ति र कमजोर व्यवस्थापकीय क्षमताका कारण उद्योग धराशायी बनेको थियो । न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भियतनाममा चोरी भएका घरपालुवा जनावरको खोजी बजारदेखि वधशालासम्म
Latest NewsJust now

भियतनाममा चोरी भएका घरपालुवा जनावरको खोजी बजारदेखि वधशालासम्म

हनोई । हनोईको बाहिरी क्षेत्रमा रहेको सडकछेउको एउटा बजारमा किउ मिन्ह फुओङ आफ्नो हराएको नौ वर्षीया क्यालिको बिरालो खोजिरहेका छन् । बजारमा दर्जनौँ खोरमा बिरालो, कुकुर, खरायो र लडाइँका लागि पालिएका भाले कोचाकोच छन् । तीमध्ये केही घरपालुवा जनावरका रूपमा बिक्री गर्न राखिएका छन् भने केही मासुका लागि वध गरिने उद्देश्यले ल्याइएका छन् । फुओङ यहाँ आउनुको कारण फेसबुक समूहहरूमा यस्तै ...

केन्द्रबिन्दु
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जा मन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
Latest NewsJust now

विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जा मन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन

पोखरा। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरता लिनुपर्ने बताएको छ। नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले विद्युत् महसुल संकलन र ट्रान्सफर्मर जल्ने घटनामा आएको कमी सकारात्मक भए पनि चुहावट नियन्त्रण, पुराना संरचनाको स्तरोन्नति र सेवा प्रवाहमा थप सुधार आवश्यक रहेको ...

नेपालन्युज
नेतान्याहुद्वारा आइसेनकोटलाई आलोपालो प्रधानमन्त्री पद प्रस्तावको तयारी
Latest NewsJust now

नेतान्याहुद्वारा आइसेनकोटलाई आलोपालो प्रधानमन्त्री पद प्रस्तावको तयारी

इजरायलमा नयाँ सरकार गठनका लागि गठबन्धनको अनिश्चितता बढिरहेका बेला प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विपक्षी नेता गादी आइसेनकोटलाई आलोपालो प्रधानमन्त्री बन्ने प्रस्ताव गर्ने तयारी गरेका छन् । इजरायली सञ्चारमाध्यमका अनुसार प्रस्तावित सत्ता... ...

रातोपाटी
सुरक्षण मुद्रण केन्द्रले मासिक छाप्दै छ ६२ हजार स्मार्ट लाइसेन्स
Latest NewsJust now

सुरक्षण मुद्रण केन्द्रले मासिक छाप्दै छ ६२ हजार स्मार्ट लाइसेन्स

केन्द्रले साउनयता साढे २ लाख र हालसम्म २७ लाख ४७ हजार क्यूआर कोडसहितका स्मार्ट लाइसेन्स छापेर सम्बन्धित यातायात कार्यालयमा पठाएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement