Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

हेटौँडामा प्रहरी सहायक हवल्दार मृत फेला

Share:WhatsAppFacebookX (Twitter)Telegram
हेटौँडामा प्रहरी सहायक हवल्दार मृत फेला
Photo / Coverage: हिमालय टाइम्स

हेटौँडा । हेटौँडा उपमहानगरपालिका-८ ओमनगरमा एक प्रहरी सहायक हवल्दार झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । मंगलबार बिहान करिब ४ः३० बजे ओमनगर गेटअगाडि रहेको एक घरनजिकै जस्ताको ट्रसमा प्रहरी सहायक हवल्दार अर्जुन गुरुङ मृत अवस्थामा फेला परेका हुन् । बिहान मर्निङ वाकमा निस्किएका एक व्यक्तिले गुरुङलाई झुन्डिएको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार मृतक गुरुङ गोरखाको आरुघाट गाउँपालिका-३ पोखरीटोलका स्थायी बासिन्दा हुन् । करिब ३६ वर्षीय गुरुङ हाल लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत थिए । प्रहरीले घटनास्थलबाट सुसाइड नोटसमेत फेला पारेको जनाएको छ । उक्त नोटमा उल्लेखित विषयवस्तुबारे भने प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन । गुरुङको मृत्युको कारण खुल्न नसकेको र घटनासँग सम्बन्धित थप विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा : मुख्यमन्त्री थापा मगर
Latest NewsJust now

नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा : मुख्यमन्त्री थापा मगर

उनले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे। ...

हाम्राकुरा
कृष्णपुरमा महिनावारी गोठ भत्किए, मनको डर भत्किएन
Latest NewsJust now

कृष्णपुरमा महिनावारी गोठ भत्किए, मनको डर भत्किएन

कमला आउजीको छाउगोठमा सर्पदंशबाट मृत्यु भएपछि कञ्चनपुरको कृष्णपुर–१ मा अभियान चलाएर ११८ गोठ भत्काइए, तर केही पुनः बनेका छन्। ...

कान्तिपुर
ऋण वर्गीकरणको व्यवस्था अव्यवहारिक र कडा भयोः अध्यक्ष उपाध्याय
Latest NewsJust now

ऋण वर्गीकरणको व्यवस्था अव्यवहारिक र कडा भयोः अध्यक्ष उपाध्याय

काठमाडौं । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऋण वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थापन ९प्रोभिजनिङ० को विद्यमान व्यवस्था अव्यावहारिक र अत्यधिक कडा भएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले पुनरावलोकन गर्न माग गरेको छ । परिसंघका अध्यक्ष राजेश उपाध्यायले आर्थिक मन्दी तथा प्रतिकूल आर्थिक परिस्थितिका कारण ऋण भुक्तानी गर्न नसकेका व्यवसायी र नियतवश ऋण नतिर्ने व्यवसायीलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताए । ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play