Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

हेटौँडामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
हेटौँडामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ
Photo / Coverage: केन्द्रबिन्दु

हेटौँडा । सशस्त्र प्रहरी बल, नेपालले मकवानपुरको हेटौँडाबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। सवारी जाँचका क्रममा भाग्न खोजेपछि सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। हेटौँडा उपमहानगरपालिका–१ स्थित चौकीटोलमा गरिएको सवारी जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्। सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुर र सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त टोलीले बा.प्र.०३–००१ ह ११८१ नम्बरको अटो जाँच गर्ने क्रममा उनीहरू भाग्न खोजेका थिए। त्यसपछि इन्टेलिजेन्स ब्युरोको टोलीले एक राउन्ड हवाई फायर गरेको थियो। अटो जाँच गर्दा ७.६५ एमएम क्यालिबरको एक थान सेमी अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने एक थान म्यागजिन र एक राउन्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–६, नयाँबस्तीका २७ वर्षीय सुनबहादुर तामाङ र २२ वर्षीय विश्वराज तामाङ रहेका छन्। सशस्त्र प्रहरीले पक्राउ परेका दुवै व्यक्ति, अटो तथा बरामद हतियार र गोली आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप–३१ मा सहभागी हुन पाँच सांसद टर्की जाँदै
Latest NewsJust now

कोप–३१ मा सहभागी हुन पाँच सांसद टर्की जाँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन नेपालका पाँच जना सांसद टर्की जाने भएका छन् । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीसहित पाँच जना सांसद सम्मेलनमा सहभागी हुन लागेका हुन् । टर्कीको अन्ताल्यामा कात्तिक २३ देखि सुरु भएको सम्मेलन मंसिर ४ गतेसम्म […] ...

लोकपथ
संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
Latest NewsJust now

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ बोकेझुण्डास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ‘सीता गुफा’ अर्थात् ‘साङतोरमो’ संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । सदरमुकाम धुञ्चेबाट पाँच किलोमिटरको दूरीमा रहेको पासाङल्हामु राजमार्गभन्दा करिब ३० मिटर तल पुरानो मूल बाटोमा अवस्थित उक्त गुफा सम्बन्धित निकायको चासो नपुग्दा झाडीले ढाकिएर खण्डहर बन्न थालेको हो । पासाङल्हामु राजमार्ग निर्माण हुनुअघि यही पुरानो गोरेटो बाटो भएर मानिसहरू आवतजावत ...

केन्द्रबिन्दु
संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
Latest NewsJust now

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डास्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको ‘सीता गुफा’ अर्थात् ‘साङतोरमो’ संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । सदरमुकाम धुञ्चेबाट पाँच किलोमिटरको दूरीमा रहेको पासाङल्हामु राजमार्गभन्दा करिब ३० मिटर तल पुरानो मूल बाटोमा अवस्थित उक्त गुफा सम्बन्धित निकायको चासो नपुग्दा झाडीले ढाकिएर खण्डहर बन्न थालेको हो । पासाङल्हामु राजमार्ग निर्माण हुनुअघि […] ...

मकालु खबर
भारत ‘ए’ सँग नेपाल यू–१९ महिला टोली १२५ रनले पराजित
Latest NewsJust now

भारत ‘ए’ सँग नेपाल यू–१९ महिला टोली १२५ रनले पराजित

काठमाडौँ । भारत ‘ए’ महिला टोलीसँगको खेलमा नेपाली यू–१९ महिला क्रिकेट टोली १२५ रनको फराकिलो अन्तरले पराजित भएको छ । भारत ‘ए’ले दिएको २०६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २०... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play