काठमाडौँ। हुम्लामा शुक्रबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको थेहे आसपास रहेको थियो। भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको हुन सक्ने भए पनि त्यसबाट भएको क्षतिबारे हालसम्म कुनै विवरण प्राप्त भएको छैन। भूकम्पबाट मानवीय तथा भौतिक क्षति भए–नभएको विवरण आउन बाँकी छ।
हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प

Read Complete Original Article
Published originally on नेपालन्युज






