Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिक रूपमा मौसम बदली हुनुका साथै दार्चुला, बझाङ र हुम्ला जिल्लाका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ । आज देशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । यसैगरी, लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने बताइएको छ। आज राति देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यस्तो छ,आजका लागि विदेशी मुद्राको विनिमयदर
Latest NewsJust now

यस्तो छ,आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर... ...

सिंहदरबार न्युज
भिमादमा सयपत्री फूल खेतीप्रति बढ्दो आकर्षण
Latest NewsJust now

भिमादमा सयपत्री फूल खेतीप्रति बढ्दो आकर्षण

तनहुँ । तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूल खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट आयात गरिने फूलको विकल्प तयार हुँदै गएको छ । उत्पादन भएको फूललाई लामो समयसम्म ताजा राख्ने भण्डारण सुविधाको अभावले भने किसानलाई चिन्तित बनाएको छ । भिमाद नगरपालिका–५ र ६ का विभिन्न स्थानमा किसान तिहारलाई लक्षित गरी सयपत्री फूल खेतीमा ...

नेपालन्युज
इटहरीमा पहिलोपटक नेपथ्यको कन्सर्ट हुँदै
Latest NewsJust now

इटहरीमा पहिलोपटक नेपथ्यको कन्सर्ट हुँदै

बाबुराम कार्की सुनसरी, कात्तिक १६ गते । नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक सुनसरीको इटहरीमा सांगीतिक प्रस्तुति दिने भएको छ । इटहरीस्थित रंगशालामा आगामी क... ...

गोरखापत्र
प्रहरीलाई भाडाको कोठामा बस्नुपर्ने बाध्यताको अन्त्य
Latest NewsJust now

प्रहरीलाई भाडाको कोठामा बस्नुपर्ने बाध्यताको अन्त्य

बागलुङ । जस्ताले छाएका टहरा, ३० वर्ष पुरानो साँघुरो भवन र भाडाका कोठामा प्रहरीको आवास । जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङको अवस्था कुनै दुर्गम गाउँको प्रहरीचौकीभन्दा फरक थिएन । जग्गा भएर पनि पर्याप्त भवन नहुँदा प्रशासनिक कामदेखि प्रहरी आवास र हिरासत कक्षसम्म एउटै पुरानो भवनबाट सञ्चालन गर्नुपर्ने बाध्यता थियो । प्रहरी परिसरभित्र एकैपटक चार वटा नयाँ भवन निर्माण भएपछि ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play