काठमाडौं। पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। हाल देशको हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। आज दिउँसो पनि हिमाली र पहाडी भेगमा आंशिक बदली रहने र तराईका भूभागमा मौसम सामान्यतया सफा रहने विभागले उल्लेख गरेको छ। त्यस्तै, आज राति देशका हिमाली भूभागमा आंशिक बदली कायम रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Read Complete Original Article
Published originally on नेपालन्युज






