Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाउन नेपालले माग्यो चीनको साथ

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाउन नेपालले माग्यो चीनको साथ
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट बढ्दै गएको जोखिम न्यूनीकरणका लागि नेपालले चीनसँग क्षेत्रीय सहकार्यको प्रस्ताव गरेको छ। नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्न चीनको सहयोग र समर्थन अपेक्षा गरिएको हो। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का क्रममा बिहीबार टर्कीको अन्ताल्यामा भएको द्विपक्षीय भेटवार्तामा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त प्रस्ताव राखेकी हुन्। चीनका पारिस्थितिकी तथा वातावरणमन्त्री ह्वाङ रुनछ्युसँगको भेटमा मन्त्री चौधरीले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा जोखिम बढाउँदै लगेको र यसको प्रभाव सीमापारसमेत पर्ने भएकाले क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएकी थिइन्। गत अगस्ट २६ मा रसुवा–भोटेकोशी क्षेत्रमा आएको विपद्पछि चीनले उपलब्ध गराएको सहयोगप्रति उनले आभार व्यक्त गरिन्। साथै, माथिल्लो तटीय क्षेत्रको मौसम, हिमनदी र हिमतालसम्बन्धी जोखिमका सूचना नियमित रूपमा आदानप्रदान गर्ने व्यवस्थाको पनि प्रशंसा गरिन्। मन्त्री चौधरीले कोप–३१ का निर्णयमा पर्वतीय क्षेत्रका मुद्दालाई प्राथमिकता दिनुपर्ने नेपालको धारणा राख्दै विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न र जलवायु अनुकूलनका लागि पर्याप्त वित्त सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्। उनले नवीकरणीय ऊर्जा, विद्युतीय यातायात र स्वच्छ प्रविधिको विकासमा चीनले हासिल गरेको प्रगतिको प्रशंसा गर्दै जलवायु परिवर्तनका क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार गर्नुपर्ने बताइन्। सो अवसरमा उनले चिनियाँ मन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणासमेत दिएकी थिइन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बसको ठक्करबाट बालिकाको मृत्यु
Latest NewsJust now

बसको ठक्करबाट बालिकाको मृत्यु

भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँद उनको मृत्यु भएको हो । बसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार १४ वर्षीया भूमिका राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए । खोटाङ घर भएका मोटसाइकल ...

केन्द्रबिन्दु
चितवनले गुमायाे ३ विकेट
Latest NewsJust now

चितवनले गुमायाे ३ विकेट

काठमाडाैँ ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बाेल्ट्ससँगेकाे खेलमा चितवन राइनाेजमा ३ विकेट गुमाएकाे छ । शुक्रबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा रवि बाेपरा,कमिल मिश्रा र अर्जुन साउँद आउट भएका... ...

रातोपाटी
एनपीएल तेस्रो संस्करण : जनकपुर चितवनविरुद्ध ८८ रनमै सीमित
Latest NewsJust now

एनपीएल तेस्रो संस्करण : जनकपुर चितवनविरुद्ध ८८ रनमै सीमित

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज भएको खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ८९ रनको झिनो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा जम्मा ८८ रन जोड्न सकेको हो । जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए । विशाल सुस्लिङले १५, ओपनर सन्तोष कार्कीले १० ...

विश्वखबर
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान
Latest NewsJust now

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान

• गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (युएई) जाने भएका छन्। • उनी युएईमा आयोजना हुने 'विश्व प्रहरी शिखर सम्मेलन' मा सहभागी हुन प्रस्थान गर्दैछन्। • गृहमन्त्री गुरुङ मंसिर २ गते स्वदेश फर्किनेछन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play