Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

हिउँदमा भारतबाट ३५० मेगावाट बिजुली आयात गर्न अनुमति, ५६ मेगावाट निर्यात पनि खुला

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिउँदमा भारतबाट ३५० मेगावाट बिजुली आयात गर्न अनुमति, ५६ मेगावाट निर्यात पनि खुला
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर १ । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाटसम्म बिजुली आयात गर्न अनुमति पाएको छ । साथै, नेपालमा उत्पादित ५६ मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्न पनि अनुमति प्राप्त भएको छ ।

भारतको विद्युत् मन्त्रालयअन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे-अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा बिजुली आयात गर्न अनुमति दिएको हो ।

अनुमतिअनुसार नेपालले आजदेखि आगामी साउन १५ गतेसम्म दैनिक १७ घण्टासम्म बिजुली आयात गर्न पाउनेछ । बिहान ५ देखि ८ बजेसम्म र बेलुकी ५ देखि ९ बजेसम्म भने आयात गर्न पाइने छैन ।

कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत ५० मेगावाट गरी कुल ३५० मेगावाट बिजुली आयात हुनेछ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले आयातको अनुमति प्राप्त भएसँगै आगामी हिउँदयाममा विद्युत् माग र आपूर्तिको व्यवस्थापन सहज हुने बताउनुभएको छ ।

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमताका आयोजना राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन् । यसले आगामी हिउँदमा विद्युत् आपूर्तिमा थप चुनौती सिर्जना गर्ने प्राधिकरणको आकलन छ ।

प्राधिकरणका अनुसार गत वर्षको माग र उत्पादनको अवस्थालाई आधार मान्दा पुस, माघ, फागुन र चैत गरी चार महिनासम्म आन्तरिक उत्पादनभन्दा विद्युत् माग बढी हुने अनुमान छ । विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म निरन्तर बिजुली आयात गर्नुपर्ने देखिएको छ ।

त्यस्तै, विद्युत्को उच्च माग हुने समयमा दैनिक ८०० देखि ९०० मेगावाटसम्म आयात गर्नुपर्ने प्राधिकरणको अनुमान छ । पुस र चैतमा भने तुलनात्मक रूपमा कम बिजुली आयात गरे पुग्ने आकलन गरिएको छ ।

आगामी वैशाखदेखि नदीमा पानीको बहाव बढ्दै जाँदा आन्तरिक विद्युत् उत्पादन वृद्धि हुने र आयात क्रमशः घट्दै निर्यात सुरु हुने प्राधिकरणको अपेक्षा छ ।

५६ मेगावाट बिजुली निर्यात गर्न अनुमति

प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट बिजुली भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ । प्राधिकरणले आजदेखि आगामी साउन १६ गतेसम्म उक्त परिमाणको बिजुली निर्यात गर्न पाउनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
माछापुच्छ्रे बैंक र TapTap Send बीच रेमिट्यान्स सेवा सञ्चालन गर्ने सम्झौता
Economy & BusinessJust now

माछापुच्छ्रे बैंक र TapTap Send बीच रेमिट्यान्स सेवा सञ्चालन गर्ने सम्झौता

माछापुच्छ्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स सेवा प्रदायक TapTap Send बीच रेमिट्यान्स सेवा सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौतासँगै विदेशबाट नेपालमा रेमिट्यान्स कारोबार ...

अर्थडबली
होण्डाको दशैं योजना : तीन साताका २१ विजेता सार्वजनिक, कसले कति जिते?
Economy & BusinessJust now

होण्डाको दशैं योजना : तीन साताका २१ विजेता सार्वजनिक, कसले कति जिते?

काठमाण्डु- होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दशैं विशेष योजना ‘यो दशैं, आशाको सुरुवात’ अन्तर्गत सातै प्रदेशबाट पहिलो तीन साताका विजेताहरू सार्वजनिक गरेको छ। कम्पनीले ‘होण्डा छ साथ साथ’ अभियानमार्फत प्रत्येक प्रदेशबाट हरेक हप्ता एक जना गरी सात जना विजेता छनोट गरेको हो। विजेताहरूले १० हजारदेखि एक लाख रुपैयाँसम्म नगद पुरस्कार प्राप्त गर्नेछन्। […] ...

काठमाण्डुपाटी
मंसिर ५-६ गते नास-आईटी एक्स्पो, स्वदेशी प्रविधि र स्टार्टअपलाई प्राथमिकता
Economy & BusinessJust now

मंसिर ५-६ गते नास-आईटी एक्स्पो, स्वदेशी प्रविधि र स्टार्टअपलाई प्राथमिकता

काठमाडौं- नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) ले आगामी मंसिर ५ र ६ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘आकाशटेल नास-आईटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ (Powering ...

आजको अर्थ
होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, कसले कति जिते ?
Economy & BusinessJust now

होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, कसले कति जिते ?

होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले यस वर्षको दशैंको अवसरमा ल्याएको ‘यो दशैं, आशाको सुरुवात’ योजना अन्तर्गत ‘होण्डा छ साथ साथ’ मार्फत सातै ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play