Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

हावाबाट उत्पादित बिजुली र नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
हावाबाट उत्पादित बिजुली र नेपाल
Photo / Coverage: हिमालय टाइम्स

प्राकृतिक स्रोतको सदुपयोग कि प्राथमिकताको गलत छनोट ? नेपालको ऊर्जा विकासबारे एउटा बहस । एउटा यात्राले जन्माएको प्रश्न । अमेरिकाको लस भेगसबाट सानफ्रान्सिस्को फर्कने क्रममा क्यालिफोर्नियाको बेकर्सफिल्ड आसपासको क्षेत्रमा यात्रा गर्ने अवसर मिल्यो । सडकको दुवैतिर टाढासम्म फैलिएका विशाल हावाबाट बिजुली उत्पादन गर्ने टर्बाइनहरू देखिए । अग्ला टावरमा जडान गरिएका पंखाहरू हावाको गतिसँगै घुमिरहेका थिए । एउटा विशाल क्षेत्रमा सयौँको संख्यामा रहेका ती टर्बाइनहरू हेर्दा प्रकृतिले निःशुल्क उपलब्ध गराएको हावालाई मानिसले कसरी विद्युत् ऊर्जामा रूपान्तरण गर्न सकेको रहेछ भन्ने लाग्यो । प्रकृतिमा उपलब्ध स्रोतको सदुपयोग गरेर विद्युत् उत्पादन गर्नु आफैँमा प्रशंसनीय काम हो । नेपालमा हावाबाट बिजुली उत्पादन गर्ने सम्भावना छैन भन्नु तथ्यगत रूपमा सही हुँदैन । नेपालका केही पहाडी तथा हिमाली क्षेत्रमा हावाको राम्रो स्रोत उपलब्ध रहेको विभिन्न अध्ययनले देखाएका छन् । विशेषगरी मुस्ताङको कागबेनी, थिनी, जोमसोम र आसपासका क्षेत्रमा पवनऊर्जाको सम्भावना बारे अध्ययन भएका छन् । पेट्रोलियम पदार्थ, कोइला र ग्यासजस्ता सीमित तथा प्रदूषणकारी ऊर्जाका स्रोतमा निर्भरता घटाउँदै हावा, पानी र घामबाट ऊर्जा उत्पादन गर्ने प्रविधि आज विश्वका धेरै मुलुकमा विस्तार भइरहेको छ । अमेरिकाको क्यालिफोर्नियादेखि युरोपका विभिन्न देश, चीन, भारत र अन्य मुलुकसम्म हावाबाट विद्युत् उत्पादन गर्ने ठूला आयोजना सञ्चालनमा छन् । तर, कुनै देशमा कुनै प्रविधि सफल भएको देख्दैमा त्यो प्रविधि अर्को देशमा पनि त्यत्तिकै उपयोगी हुन्छ भन्ने हुँदैन । प्रविधिको सफलता त्यसलाई प्रयोग गर्ने देशको भूगोल, प्राकृतिक अवस्था, आर्थिक क्षमता, पूर्वाधार, जनताको क्रयशक्ति र ऊर्जा प्रणालीसँग प्रत्यक्ष सम्बन्धित हुन्छ । बेकर्सफिल्डमा देखिएका हावाका टर्बाइनहरूले मलाई नेपालको ऊर्जा विकासबारे सोच्न बाध्य बनाए । नेपालमा पनि हावाबाट बिजुली निकाल्ने विषयमा विगतदेखि नै चर्चा हुँदैआएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो कार्यकालमा हावाबाट बिजुली उत्पादन गर्ने योजनाबारे सार्वजनिक रूपमा चर्चा गरेका थिए । त्यसपछि यो विषयमा समर्थन र विरोधका आवाज सुनिए । कसैले नेपालमा हावाबाट बिजुली उत्पादन गर्ने ठूलो सम्भावना रहेको बताए । कसैले हाम्रोजस्तो पहाडी र हिमाली भूगोलमा यस्ता आयोजना आर्थिक रूपमा सम्भव नहुने तर्क गरे तर यी दुवै पक्षका बहसमा पर्याप्त प्राविधिक अध्ययन, आर्थिक विश्लेषण र नेपालको वास्तविक आवश्यकता बारे गहिरो छलफल भएको देखिएन । नेपालमा हावाबाट बिजुली उत्पादन असम्भव होइन, तर कुन स्रोतबाट, कहाँ, कति लागतमा र कसका लागि बिजुली उत्पादन गर्ने भन्ने प्रश्नको जवाफ नखोजी आयोजना अघि बढाउनु उचित हुँदैन । नेपालको ऊर्जा विकासमा जलविद्युत् र हावाबाट उत्पादित बिजुलीलाई प्रतिस्पर्धी होइन, सम्भावित पूरक स्रोतका रूपमा पनि हेर्नुपर्छ । कुनै पनि ऊर्जा आयोजना राम्रो वा नराम्रो भन्ने निर्णय राजनीतिक विचारधारा, नेताको भाषण वा व्यक्तिगत धारणाका आधारमा गर्नु हुँदैन । त्यसको मूल्याङ्कन तथ्य, लागत, सम्भावना, उपयोगिता र दीर्घकालीन लाभका आधारमा हुनुपर्छ । त्यसैले आज नेपालको सन्दर्भमा एउटा महत्वपूर्ण प्रश्न उठाउन आवश्यक छ, हामीले हावाबाट बिजुली निकाल्न सक्दैनौँ भन्ने हो कि निकाल्नु आर्थिक र प्राविधिक दृष्टिले कति उपयोगी हुन्छ भन्ने प्रश्न हो ? अनि हाम्रोजस्तो पानीका विशाल स्रोत भएको देशमा ऊर्जा विकासको मुख्य प्राथमिकता के हुनुपर्छ ? हावाबाट बिजुली उत्पादन कसरी हुन्छ ?हावाबाट बिजुली उत्पादन गर्ने प्रविधि नयाँ होइन । यसलाई सामान्यतया विन्ड इनर्जी अर्थात् पवनऊर्जा भनिन्छ । हावाको गतिले ऊर्जालाई टर्बाइनका पंखाले यान्त्रिक ऊर्जामा परिवर्तन गर्छन् र त्यसपछि जेनेरेटरमार्फत विद्युत् उत्पादन हुन्छ । सामान्यतया एउटा आधुनिक विन्ड टर्बाइनमा अग्लो टावर, तीनवटा ठूला पंखा, पंखा जोडिएको रोटर, गियरबक्स वा प्रत्यक्ष ड्राइभ प्रणाली, जेनेरेटर, नियन्त्रण प्रणाली र विद्युत् प्रसारणका उपकरण हुन्छन् । हावा चल्दा पंखाहरू घुम्छन् । पंखाको घुमाइले जेनेरेटर सञ्चालन गर्छ र विद्युत् उत्पादन हुन्छ । उत्पादन भएको बिजुलीलाई आवश्यक भोल्टेजमा रूपान्तरण गरी प्रसारण लाइनमार्फत उपभोक्तासम्म पुर्‍याइन्छ । यो प्रक्रिया हेर्दा सरल देखिए पनि व्यावसायिक स्तरमा विद्युत् उत्पादन गर्न धेरै कुरामा ध्यान दिनुपर्छ । हावाको गति कति छ, वर्षभरि कति समय हावा चल्छ, हावाको दिशा कति परिवर्तन हुन्छ, मौसमअनुसार उत्पादनमा कस्तो उतारचढाव आउँछ, टर्बाइन जडान गर्ने जमिन कस्तो छ र उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिन्छ कि सकिँदैन भन्ने विषय अत्यन्त महत्वपूर्ण हुन्छन् । हावा जति बढी चल्यो त्यति नै बढी बिजुली उत्पादन हुन्छ भन्ने सामान्य बुझाइ पनि पूर्णरूपमा सही होइन । प्रत्येक टर्बाइनको निश्चित सञ्चालन सीमा हुन्छ । हावा अत्यन्त कम हुँदा बिजुली उत्पादन हुँदैन भने अत्यधिक तीव्र हावा चलेको अवस्थामा सुरक्षाका लागि टर्बाइन बन्द गर्नुपर्ने हुन सक्छ । त्यसैले हावाको स्रोतको वैज्ञानिक अध्ययन नगरी केवल कुनै स्थानमा धेरै हावा चल्छ भन्ने आधारमा आयोजना निर्माण गर्नु जोखिमपूर्ण हुन्छ । क्यालिफोर्नियामा हावाको बिजुली सफल हुनुका कारणक्यालिफोर्नियामा हावाबाट बिजुली उत्पादन गर्ने ठूलो उद्योग विकास हुनुको पछाडि केवल हावाको उपलब्धता मात्र कारण होइन । त्यहाँको भौगोलिक अवस्था, यातायात सुविधा, विद्युत् प्रसारण प्रणाली, प्रविधि, पुँजीबजार र विद्युत् खरिद गर्ने ठूलो बजार पनि उत्तिकै महत्वपूर्ण छन् । क्यालिफोर्नियामा आल्टामन्ट पास, तेहाचापी, सानगोरगोनियो र अन्य क्षेत्रमा हावाबाट विद्युत् उत्पादन गर्ने आयोजना छन् । यी क्षेत्रहरूमा हावाको उपलब्धता, टर्बाइन जडान गर्न मिल्ने भूभाग र विद्युत् प्रणालीसँग जोडिने सम्भावनालाई ध्यानमा राखेर आयोजना विकास गरिएको छ । नेपालको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले पनि पवनऊर्जाको सम्भावनाबारे अध्ययन र प्रवर्द्धन गर्दै आएको छ । पुराना अध्ययनहरूले नेपालमा करिब ३ हजार मेगावाटसम्म पवनऊर्जा उत्पादनको सैद्धान्तिक सम्भावना औंल्याएका थिए तर यहाँ एउटा कुरा बुझ्न आवश्यक छ । कुनै देशमा तीन हजार मेगावाट हावाबाट बिजुली उत्पादन गर्न सकिने अनुमान हुनु र त्यति नै क्षमताको आयोजना निर्माण गरेर प्रतिस्पर्धी मूल्यमा बिजुली उत्पादन गर्नसक्नु फरक कुरा हो । अमेरिकामा ठूला उपकरण ढुवानी गर्न सकिने राजमार्ग छन् । टर्बाइनका पंखा, टावर र अन्य उपकरण निर्माणस्थलसम्म पुर्‍याउन आवश्यक यातायात पूर्वाधार उपलब्ध छ । मर्मतसम्भारका लागि प्राविधिक जनशक्ति, उपकरण र सेवाप्रदायक कम्पनीहरू पनि छन् । त्यस्तै, विद्युत् उत्पादन गर्ने स्थानबाट उपभोक्तासम्म बिजुली पुर्‍याउन पर्याप्त प्रसारण तथा वितरण संरचना विकास गरिएको छ । उत्पादन भएको बिजुली खरिद गर्ने औद्योगिक, व्यावसायिक र आवासीय बजार पनि ठूलो छ । अर्कोतर्फ, अमेरिकाको पुँजीबजारमा ऊर्जा आयोजनाका लागि ठूलो लगानी जुटाउन सकिन्छ । बैंक, वित्तीय संस्था, लगानीकर्ता र ऊर्जा कम्पनीहरूले दीर्घकालीन प्रतिफलका आधारमा यस्ता आयोजनामा लगानी गर्न सक्छन् । यसरी हेर्दा क्यालिफोर्नियाको पवनऊर्जा आयोजना केवल एउटा टर्बाइन जडान गरेर बनेको होइन । त्यसको पछाडि सडक, विद्युत् प्रसारण, प्रविधि, लगानी, जनशक्ति र बजारको समग्र व्यवस्था छ । नेपालमा पनि त्यही प्रविधि प्रयोग गर्न सकिन्छ तर त्यहाँ सफल भएको मोडेललाई नेपालको भौगोलिक र आर्थिक अवस्थाको अध्ययन नगरी हुबहु लागु गर्न खोज्नु उचित हुँदैन । नेपालमा हावाबाट बिजुली उत्पादन गर्ने सम्भावना छैन त ?नेपालमा हावाबाट बिजुली उत्पादन गर्ने सम्भावना छैन भन्नु तथ्यगत रूपमा सही हुँदैन । नेपालका केही पहाडी तथा हिमाली क्षेत्रमा हावाको राम्रो स्रोत उपलब्ध रहेको विभिन्न अध्ययनले देखाएका छन् । विशेषगरी मुस्ताङको कागबेनी, थिनी, जोमसोम र आसपासका क्षेत्रमा पवनऊर्जाको सम्भावना बारे अध्ययन भएका छन् । त्यसैगरी कर्णाली र अन्य उच्चपहाडी क्षेत्रका केही स्थानमा पनि हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भावना औँल्याइएको छ । सन् २०१० मा प्रकाशित नेपालका अनुसन्धानकर्ता मुकेश घिमिरे र रामचन्द्र पौडेलको अध्ययनले मुस्ताङको कालीगण्डकी नदीकिनार आसपास पवनऊर्जाको सम्भावना विश्लेषण गरेको थियो । उक्त अध्ययनमा कागबेनीमा ७५ मिटर उचाइमा औसत हावाको गति ८.०५ मिटर प्रतिसेकेन्ड र थिनीमा ६.९९ मिटर प्रतिसेकेन्ड अनुमान गरिएको थियो । अध्ययनले मुस्ताङमा १५ मेगावाट क्षमताको पवनऊर्जा आयोजना प्राविधिक तथा आर्थिक दृष्टिले सम्भाव्य हुन सक्ने देखाएको थियो तर त्यसमा पनि आयोजना निर्माणस्थलसम्म पुग्ने पहुँचमार्ग प्रमुख चुनौतीका रूपमा उल्लेख गरिएको थियो । त्यसैगरी सन् २०१८ मा नेपालका १६ स्थानमा गरिएको अर्को अध्ययनले आठ स्थानमा टर्बाइन सञ्चालनका लागि आवश्यक न्यूनतम हावाको गति प्राप्त हुन सक्ने देखाएको थियो तर ती सबै स्थानमा हावाको घुमाउरो प्रवाह र अस्थिरता सम्बन्धी समस्या पनि औँल्याइएको थियो । कागबेनी, थिनी, जुम्ला, रामेछाप लगायत केही स्थानलाई थप अध्ययनका लागि उपयुक्त मानिएको थियो । नेपालको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले पनि पवनऊर्जाको सम्भावनाबारे अध्ययन र प्रवर्द्धन गर्दैआएको छ । पुराना अध्ययनहरूले नेपालमा करिब ३ हजार मेगावाटसम्म पवनऊर्जा उत्पादनको सैद्धान्तिक सम्भावना औँल्याएका थिए तर यहाँ एउटा कुरा बुझ्न आवश्यक छ । कुनै देशमा तीन हजार मेगावाट हावाबाट बिजुली उत्पादन गर्न सकिने अनुमान हुनु र त्यति नै क्षमताको आयोजना निर्माण गरेर प्रतिस्पर्धी मूल्यमा बिजुली उत्पादन गर्न सक्नु फरक कुरा हो । सम्भावित स्रोत, प्राविधिक रूपमा उत्पादन गर्न सकिने क्षमता, आर्थिक रूपमा लगानीयोग्य क्षमता र राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिने क्षमता अलग-अलग विषय हुन् । यसैले नेपालमा हावाको स्रोत छ भन्ने तथ्यलाई स्वीकार गर्नुपर्छ तर त्यही आधारमा ठूलो मात्रामा पवनऊर्जा आयोजना निर्माण गर्नुपर्छ भन्ने निष्कर्ष निकाल्नु हतार हुनेछ । (चालिसे स्वतन्त्र पत्रकार हुनुहुन्छ ।)

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विपत् प्रभावित शिशुलाई सरकारको संरक्षण
Latest NewsJust now

विपत् प्रभावित शिशुलाई सरकारको संरक्षण

गोरखापत्र समाचारदाता काठमाडौँ, मङ्सिर ११ गते । भोटेकोशी हिमबाढीको विपत्बाट आमा वा बुवा वा दुवै अभिभावक गुमाएका शिशु तथा बालबालिकाका लागि सरकारले राज्यका तर्फबाट अभिभावकत्व दिने कार... ...

गोरखापत्र
लामो समयदेखि संवैधानिक इजलास प्रभावित
Latest NewsJust now

लामो समयदेखि संवैधानिक इजलास प्रभावित

काठमाडौं । विगत डेढ महिनादेखि सर्वोच्च अदालतको संवैधानिक इजलास गठन हुन नसक्दा अढाइ सय मुद्दाहरू प्रभावित भएका छन् । इजलास गठन गर्ने विषयमा प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच मतभेद देखिएपछि संवैधानिक विवादसँग सम्बन्धित २४६ मुद्दाहरू प्रभावित भएका हुन् । प्रधानन्यायाधीश मनोजकुमार शर्माले पछिल्लो पटक गत २१ असोजमा संवैधानिक इजलास गठन गर्नुभएको थियो । तर, न्यायाधीश हरिप्रसाद फुँयालले इजलासमा बस्न नसक्ने बताएपछि सुनुवाइ ...

हिमालय टाइम्स
मलेसिया ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्याल पक्राउ, एक अर्ब ६९ करोड विदेश गएको खुलासा
Latest NewsJust now

मलेसिया ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्याल पक्राउ, एक अर्ब ६९ करोड विदेश गएको खुलासा

काठमाडौं । रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकसँग गैरकानुनी तरिकाले रकम असुली गरी विदेश पठाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गरेको छ । अनुसन्धान सुरु भएपछि भारत पुगेका उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरी उच्च स्रोतले उनलाई भारतबाटै नियन्त्रणमा लिएको बताए पनि प्रहरी मुख्यालयले भने नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जनाएको छ । अर्याल पक्राउ ...

हिमालय टाइम्स
नेपाल–युरोप आर्थिक साझेदारी विस्तार गर्न लक्जेम्बर्गमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
Latest NewsJust now

नेपाल–युरोप आर्थिक साझेदारी विस्तार गर्न लक्जेम्बर्गमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

नेपाल र युरोपबिच व्यापार, प्रविधि, लगानी तथा पर्यटनका क्षेत्रमा नयाँ अवसर पहिचान गर्दै आर्थिक साझेदारी थप सुदृढ बनाउने उद्देश्यले लक्जेम्बर्गमा ‘नेपाल–युरोप टेक, ट्रेड एन्ड इन्भेस्टमेन्ट थिम्ड सेमिनार २०२६’ आयोजना हुने भएको छ। यही नोभेम्बर २९ र ३० मा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। नेपाली व्यवसायी संघ युरोप (नेबा युर... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement