झापा। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवि गरिब जनताको पक्षमा रहेको बताएका छन्। मेचीनगर–६ स्थित काँकडभिट्टामा आज पार्टीले आयोजना गरेको जनसभामा अध्यक्ष राईले पार्टीका श्रमदाताले मुलुकको विभिन्न स्थानमा गरिबका लागि श्रम बगाएर आफ्नो राजनीतिक लक्ष्य कामले प्रमाणित गरिरहेको दाबी गरे। अध्यक्ष राईले सुकुमबासी समस्या समाधानमा वर्तमान सरकार गम्भीर नबनेको आरोप लगाउँदै भने, “सरकारमा नभएका कारण हामीले आवाज मात्र उठाउन सकेका छौं। सत्तामा पुगेका दिन हामी सुकुम्बासीलाई जग्गा र बसोबासको व्यवस्था मिलाउँछौं।” झापाका बासिन्दाले जङ्गली हात्तीको समस्या झेल्नु परिरहेको उल्लेख गर्दै अध्यक्ष राईले हरेक नागरिकको जीउधनको सुरक्षा गर्न सरकारलाई आग्रह गरे। यसैबीच श्रम संस्कृति पार्टीले आज अर्जुनधारामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष राईले श्रम गरेर नै देशलाई सुखी र समृद्ध बनाउन सकिने धारणा व्यक्त गरेका थिए।
हाम्रो पार्टी श्रमजीवि गरिब जनताको पक्षमा छ : हर्क साम्पाङ

Read Complete Original Article
Published originally on नेपालन्युज



.jpg)


