Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

हाम्रो पछौटेपनका कारणको मिमांसा

Share:WhatsAppFacebookX (Twitter)Telegram
हाम्रो पछौटेपनका कारणको मिमांसा
Photo / Coverage: हिमालय टाइम्स

शिक्षा प्रणालीको वैचारिक दरिद्रता र जागिरमुखी यान्त्रिकता नै हाम्रो पछौटेपनको मुख्य कारण हो । मानव सभ्यताको विकासक्रममा शिक्षालाई समाजको पथप्रदर्शक, चेतनाको ज्योति र सिर्जनशीलताको मूल स्रोत मानिन्छ तर राष्ट्रिय सन्दर्भमा उभिएर हेर्दा, हामीले अंगीकार गरेको शिक्षा प्रणालीले समाजलाई उज्यालोतर्फ डोहोर्‍याउनुको सट्टा अन्धकार र जडतातर्फ धकेलिरहेको देखिन्छ । आज हामीसँग प्रकृतिको अनुपम कृपाले भरिपूर्ण कृषि, अथाह सम्भावना बोकेको उद्योग, पारम्परिक तथा आधुनिक पशुपालन र विश्वलाई मोहित पार्ने पर्यटनजस्ता विविध क्षेत्रबाट असीमित लाभ लिनसक्ने अनन्त सम्भावना विद्यमान छन् । यति हुँदाहुँदै पनि यी क्षेत्रहरूको समयोचित विकास, आधुनिकीकरण र स्तरवृद्धि गर्न सकिरहेका छैनौं । यसको मूल जरो हाम्रो त्रुटिपूर्ण र परम्परागत शिक्षा प्रणालीमा लुकेको छ । कृषि शिक्षालय, कृषि कलेज र कृषि विश्वविद्यालय स्थापनाका कारण आज विज्ञहरूको ताँती लाग्दा, बजारमा कृषिका डाक्टरहरूको बाढी आउँदा पनि हाम्रा गाउँघरका खेतहरू बाँझै छन् । भान्सामा पाक्ने अधिकांश उपभोग्य वस्तु आयात गर्नुपर्ने विवशता छ । यसले के प्रष्ट पार्छ भने हाम्रो कृषि शिक्षा र कृषिका विज्ञहरू पूर्णरूपमा असफल भएका छन् । हामी पढ्नका लागि पढ्दैनौं, ज्ञानको गहिराइमा पुग्नका लागि जिज्ञासा राख्दैनौं, हाम्रो सम्पूर्ण शैक्षिक ध्येय फगत परीक्षा पास गर्ने, प्रमाणपत्र हात पार्ने र कुनै सरकारी वा गैरसरकारी निकायमा जागिर खाएर जीवनको इतिश्री गर्ने कुरामा केन्द्रित छ । यो संकुचित नियत, सतही कार्यशैली र उपभोगवादी जीवनशैलीले देशका ती अपार सम्भावित लाभबाट वञ्चित गराएको छ । यो सम्पूर्ण विसंगतिको नाइके हाम्रो दोषपूर्ण शिक्षा प्रणाली, त्यसलाई सञ्चालन गर्ने ढाँचा, शिक्षक-प्राध्यापकहरूको गैरजिम्मेवार मनोवृत्ति हो । अर्को समस्या भनेको शिक्षक, प्राध्यापकीय दायित्वबोधको गम्भीर संकट, झाराटार्ने प्रवृत्तिको पराकाष्ठाले हाम्रो यो शैली, प्रवृत्ति गरिबी, पछौटेपनका लागि मुख्य जिम्मेवार छभन्दा कत्ति अतिसयोक्ति हुँदैन । अध्यापन र प्राध्यापन पेशा अन्य साधारण नोकरी जस्तो निश्चित घण्टा काम गरेर पारिश्रमिक बुझ्ने प्रक्रियामात्र होइन, समाजप्रतिको ठूलो प्रतिबद्धता, निरन्तर अध्ययन र अनुसन्धानको आजीवन कबुलियत र साधना हो । त्यो ज्ञानको तिर्सना मेट्न उसले आजीवन अध्ययन गर्ने, चिन्तन गर्ने र सधैं नयाँ कुरा खोज र अनुसन्धान साथै त्यसलाई आत्मसात गर्दै व्यवहारमा अनुवाद गर्ने विद्यार्थी बन्नुपर्छ तर विडम्बनाको कुरा, हाम्रो प्राज्ञिक जगतमा एमए, एमफिल वा उच्च पदवी हासिल गरेर सेवा प्रवेश गरेपछि अब पढ्ने र सिक्ने काम सदाका लागि सकियो, अब त केवल यही पुराना नोट र थेसिसका आधारमा जागिर पकाउने हो, पदोन्नति हुने हो भन्ने घातक सोचाइ वर्षौंदेखि हाबी भएको छ । जब गुरु नै अध्ययनशील हुँदैनन् तब विद्यार्थीबाट सिर्जनात्मकता र कडा परिश्रमको अपेक्षा गर्नु व्यर्थ हुन्छ । शिक्षकले ठगठाग गरेर जागिर पचाउने परिपाटीले विद्यार्थीलाई प्रत्यक्ष-अप्रत्यक्ष रूपमा जीवनभर छलकपट सिकाइरहेको छ । कृषि शिक्षाको अर्को विडम्बना के छ भने विशेषज्ञहरूको बाढी र उत्पादनमा ऐतिहासिक परनिर्भरताले हाम्रो असफलतालाई नांगेझार पारेको छ । यो विसंगतिको सबैभन्दा टड्कारो र पीडादायी उदाहरण हाम्रो कृषि क्षेत्रमा देख्न सकिन्छ । आज हाम्रो देशमा कृषि शिक्षालय, कृषि क्याम्पस, कृषि विषयका विश्वविद्यालय र कृषि विज्ञानमा विद्यावारिधि गर्ने विशेषज्ञहरूको संख्या इतिहासमै सबैभन्दा बढी छ तर विडम्बना कस्तो छ भने जति धेरै कृषिविज्ञ उत्पादन हुँदैछन्, देश दिनप्रतिदिन उति नै कृषि उपजमा परनिर्भर बन्दै गएको छ । कृषि शिक्षालय, कृषि कलेज र कृषि विश्वविद्यालय स्थापनाका कारण आज विज्ञहरूको ताँती लाग्दा, बजारमा कृषिका डाक्टरको बाढी आउँदा हाम्रा गाउँघरका खेतहरू बाँझै छन् र भान्साहरूमा पाक्ने अधिकांश उपभोग्य वस्तु आयात गर्नुपर्ने विवशता छ । यसले के प्रष्ट पार्छ भने हाम्रो कृषि शिक्षा र कृषिका विज्ञ पूर्णरूपमा असफल भएका छन् । कृषिका विद्यावारिधिहरूले देशको माटो, हावापानी र किसानको श्रमलाई जोडेर उत्पादन वृद्धि गर्ने नयाँ, वैज्ञानिक र व्यावहारिक विधि दिन सकेनन् । उनीहरूको ज्ञान कागजी घोडामात्र बन्यो जसले माटोको सुगन्ध चिन्न सकेन । कृषिक्षेत्रमा देखिएको यो परनिर्भरता र असफलताले आज हाम्रो सिंगो शैक्षिक जगतलाई नै कठघरामा उभ्याएको छ र यसको गम्भीर समीक्षा अनिवार्य बनेको छ । एउटा विद्यावारिधि शोधग्रन्थले शोध केन्द्रित क्षेत्रको उत्पादकत्वमा, प्रविधिमा वा नीतिगत सुधारमा के कस्तो क्रान्तिकारी परिवर्तन ल्यायो, त्यसको मसिनो लेखाजोखा राज्यले गर्नुपर्छ । प्रत्येक विद्यार्थी वा शोधार्थीका लागि विद्यावारिधिमा भएको लगानीले हाम्रो अर्थतन्त्रमा के प्रभाव पर्छ र पारेको छ ? कुनै अनुसन्धानले समाजका विद्यमान अभाव, गरिबी र समस्यालाई चिर्न सक्दैन भने त्यस्तो फगत पदविधारी अनुसन्धानमा राज्यले गर्ने लगानी साधनस्रोतको र समयको दुरुपयोग हो । अब राज्यले यस्ता विगतमा लगानी भएका नाममात्रका विद्यावारिधिको छानबिन गर्नुपर्छ । हामीलाई व्यक्तिको नामको अगाडि डाक्टर थप्ने तर देशको अवस्था र व्यवस्था सुधारमा सिन्को भाँच्न नसक्ने विद्यावारिधिको के काम ? समाज र राष्ट्रलाई ठोस योगदान दिन नसक्ने कागजी अनुसन्धानका लागि राज्यको स्रोत खर्चिनु राष्ट्रमाथिको बेइमानी र कुठाराघात हो । यदि यी उपाधि केवल व्यक्तिगत अहंकार र पदका लागि मात्र प्रयोग हुन्छन् भने त्यसमा भएको सार्वजनिक लगानी सम्बन्धित व्यक्तिबाटै सरकारी बाँकी शरह असुली गर्ने कडा कानुनी व्यवस्था गरिनुपर्छ । जबसम्म शिक्षकहरूको र प्राध्यापकहरूको मुख्य सरोकार अध्ययन र अनुसन्धान हुनुको सट्टा दलीय आशीर्वाद र व्यक्तिगत लाभ प्राप्तिमा हुन्छ, तबसम्म शैक्षिक गुणस्तर सुधारको सपना साकार हुँदैन । हाम्रो यो साझा संस्कार र परम्परा बदलिने बित्तिकै देशको मुहार फेरिन्छ।तर विडम्बना, हामी जिम्मेवारी ठूलो लिन्छौं तर जिम्मेवारी निर्वाह गर्ने बेलामा गैरजिम्मेवार हुन्छौं । यही गैरजिम्मेवारीपन र बौद्धिक विचलन नै आज हाम्रो समग्र राष्ट्रिय पछौटेपन, गरिबी र हीनताबोधको मुख्य कारक बनेको छ । देशलाई यो दीर्घकालीन शैक्षिक र आर्थिक संकटबाट बाहिर निकाल्ने हो भने अब सतही भाषणबाजी र फगत आलोचनाले मात्र पुग्दैन, कडा र दूरदर्शी प्रशासनिक तथा प्राज्ञिक सुधारका कदम चाल्नैपर्छ । महिनामा कम्तीमा निश्चित घण्टा अनिवार्य रूपमा पुस्तकालयका ग्रन्थहरू अध्ययन गर्नुपर्ने कानुनी बाध्यात्मक व्यवस्था गरिनुपर्छ । दोस्रो कुरा प्रत्येक प्राध्यापकले वर्षमा निश्चित संख्यामा आफ्ना विषयक्षेत्रमा उच्चस्तरीय अनुसन्धानमूलक लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशन गर्नुपर्ने प्रावधान राखिनुपर्छ । यदि कुनै शिक्षक वा प्राध्यापकले यो न्यूनतम प्राज्ञिक कर्तव्य पूरा गर्दैन भने उसको वार्षिक तलब वृद्धि र वृत्तिविकास रोक्का गरिनुपर्छ । विश्वविद्यालयहरूलाई दलीय राजनीतिको भागबण्डाबाट पूर्णरूपमा मुक्त गरी पूर्णप्राज्ञिक स्वायत्तता प्रदान गर्नुपर्दछ । जबसम्म हामी शिक्षक र प्राध्यापकलाई कडा अनुशासन, इमानदारी र अध्ययनशीलताको साँचोमा ढाल्न सक्दैनौं तबसम्म जति नै ठूलो बजेट ल्याए पनि र जति नै नारा लगाए हाम्रो अभाव र गरिबीले हामीलाई कहिल्यै छोड्ने छैन । अन्ततःयस समग्र चिन्तनको निष्कर्ष के हो भने, हामीले भोगिरहेका सम्पूर्ण अभाव, अशिक्षा, बेरोजगारी र पछौटेपनका पछाडि हाम्रो आफ्नै शिक्षा प्रणालीको कमजोरी र शिक्षक-प्राध्यापकहरूको कर्तव्यच्युत प्रवृत्ति जिम्मेवार छ । देशलाई समृद्ध बनाउने हो भने सुधारको श्रीगणेश बाह्य भौतिक पूर्वाधारको निर्माणबाट मात्र होइन, नकि शिक्षाको मुहानबाटै सुरु हुनुपर्छ । जबसम्म हामी फ्रोस्रा भाषण र कागजी विद्यावारिधिको सट्टा वास्तविक अध्ययनशील, अनुसन्धानमुखी र इमानदार प्राज्ञिक संस्कृति निर्माण गर्न असफल रहन्छौं, तबसम्म हाम्रो राष्ट्रिय जीवनमा समृद्धि आउन सक्दैन । तसर्थ, अबको एकमात्र विकल्प भनेको शिक्षा क्षेत्रको निर्मम समीक्षा, शिक्षकहरूको पेसागत इमानदारीको पुनर्स्थापना र अध्ययन-अनुसन्धानलाई राष्ट्रको सर्वोच्च प्राथमिकता बनाउनु नै हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने
Latest NewsJust now

आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने

• नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। • आज देशभर मौसम मुख्यतया सफा रहनेछ, तर राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बादल लाग्नेछ। • तराई, उपत्यका र खोँचहरूमा बिहान थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ। ...

नेपालबहस
उग्रतारामा आज भव्य मेला लाग्दै
Latest NewsJust now

उग्रतारामा आज भव्य मेला लाग्दै

डडेल्धुरा। सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘दिउसेडी’ मेला लाग्दैछ। उग्रतारा क्षेत्र विकास समितिका अनुसार आज मेला लाग्दैछ। स्थानीय भाषामा ‘देहिजाँत’ भनिने यो मेला हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको राति र भोलिपल्ट लाग्ने गर्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिनमा लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। अमरगढी नगरपालिका–८ स्थित उग्रतारा भगवती मन्दिरमा खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँका बासिन्दाले परम्परागत रूपमा पूजा गरेपछि ...

नेपालन्युज
दशौँ राष्ट्रिय खेलकुद : बर्दियामा टेनिस प्रतियोगिताको तयारी पूरा, आजदेखि प्रतिस्पर्धा
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद : बर्दियामा टेनिस प्रतियोगिताको तयारी पूरा, आजदेखि प्रतिस्पर्धा

बर्दिया । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बर्दियामा सञ्चालन हुने टेनिस प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । बर्दियाको गुलरिया नगरपालिका–४ स्थित लन टेनिस कोर्टमा मंसिर ८ देखि १४ गतेसम्म टेनिस प्रतियोगिता सञ्चालन हुनेछ । २०८१ मंसिर १४ गते निर्माण सम्पन्न भई सञ्चालनमा आएको उक्त कोर्टमा पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा सात प्रदेश, तीन ...

हिमालय टाइम्स
प्रधानमन्त्रीको चर्चित भ्रमण, उपलब्धि र अधुरा अपेक्षा
Latest NewsJust now

प्रधानमन्त्रीको चर्चित भ्रमण, उपलब्धि र अधुरा अपेक्षा

लामो समयदेखि उच्च राजनीतिक तहमा अपेक्षित संवाद र सहकार्यको वातावरण नबनिरहेको सन्दर्भमा छिमेकीसँग सम्बन्ध सुधार र सहकार्य विस्तारलाई प्राथमिकता दिएको देखिनु स्वागतयोग्य छ । तर सम्बन्धको न्यानोपनलाई राष्ट्रिय र आर्थिक हितसँग जोडेर हेर्नु आवश्यक छ । भ्रमणबाट दुई देशका अर्थतन्त्र कति जोडिए भन्ने विषय आधुनिक कूटनीतिको मुख्य अंश हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement