Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

हसिनाको गृहनगरमा १० प्लाटुन सुरक्षा बल परिचालन

Share:WhatsAppFacebookX (Twitter)Telegram
हसिनाको गृहनगरमा १० प्लाटुन सुरक्षा बल परिचालन
Photo / Coverage: केन्द्रबिन्दु

ढाका । बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै सीमा सुरक्षा बल (बिजिबी)का १० प्लाटुन परिचालन गरेको छ । निगरानीका लागि ड्रोन र बडी क्यामेरा तथा सम्भावित दङ्गा नियन्त्रणका लागि सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ । हसिनाले डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि गोपालगञ्जमा अवामी लिगका समर्थक सक्रिय भएका छन् । पार्टी प्रतिबन्धित रहेकाले उनीहरूका प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको समाचारमा उल्लेख छ । यसैबीच, कानूनमन्त्री मो. असदुज्जमानले हसिना कानूनी प्रक्रियाअनुसार प्रत्यर्पण सन्धिमार्फत बङ्गलादेश फर्कने बताएका छन् । मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकाले उनले फैसलाविरुद्ध अपिल गर्ने ३० दिने समयसीमा सकिएपछि कानूनी अवसर सीमित हुने मन्त्रीको भनाइ छ । सन् २०२४ को जुलाई विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको अभियोगमा हसिनालाई सन् २०२५ नोभेम्बर १७ मा मृत्युदण्डको फैसला सुनाइएको थियो । फैसलाको पूर्ण पाठ सन् २०२६ जनवरी १३ मा प्रकाशित भएको थियो । -एएनआई

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दुधको मूल्यवृद्धि गर्न किसानहरूको माग
Latest NewsJust now

दुधको मूल्यवृद्धि गर्न किसानहरूको माग

काठमाडौं । चितवनका दुग्ध किसानहरूले दुधको मूल्यवृद्धि गर्न माग गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सोमबार चितवनमा पत्रकार सम्मेलन गर्दै दुधको मूल्य बढाउन माग गरेको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले सरकारले दुधको मूल्य वृद्धि नगरे आन्दोलनमा उत्रने चेतावनी दिए । देशमा खाद्यान्न र पशु आहारको मनपरी मूल्य वृद्धिका कारण किसान मर्कामा परिरहेको उनले ...

केन्द्रबिन्दु
प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी
Latest NewsJust now

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी

अक्टोबरमा प्रोटोन ई.मास ५ का २,२६२ वटा सवारी दर्ता भएका छन्, जसले मलेसियाको कुल ईभी बजारको ४९.३ प्रतिशत हिस्सा ओगटेको कम्पनीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ। ...

कान्तिपुर
विकासका लागि साझा संवाद गरौँ : सभामुख अर्याल
Latest NewsJust now

विकासका लागि साझा संवाद गरौँ : सभामुख अर्याल

महोत्तरी। सभामुख डोलप्रसाद अर्यालले नेपालीले विकासविना समृद्धि नहुने बताउँदै यसका लागि सबैको साझा प्रयत्न र संवाद परुरी रहेको बताएका छन्। छठ पर्वका लागि मधेस आएका उनले आज दिउँसो बर्दिवासमा स्थानीय बासिन्दासँगको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play