Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

‘हसल बाई नेपहप’को प्रायोजक टिभिएस एन्टर्क

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘हसल बाई नेपहप’को प्रायोजक टिभिएस एन्टर्क
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाली हिप-हप संगीत नयाँ चरणमा प्रवेश गरिरहेका बेला भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटिभी हसल’ को नेपाली फ्रेन्चाइज ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ । उक्त कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा टिभिएस एन्टर्क आबद्ध भएको छ । आयोजकका अनुसार मलिन मिडिया एण्ड इभेन्ट प्रालिले नेपालमा ल्याउन लागेको ‘हसल बाई नेपहप’ लाई टिभिएस एन्टर्क प्रिजेन्ट्सका रूपमा प्रस्तुत गरिनेछ । कान्तिपुर टेलिभिजनमार्फत् प्रसारण हुने कार्यक्रमलाई प्रिमियम र्‍याप रियालिटी शोका रूपमा विकास गर्ने तयारी गरिएको छ । अन्तर्राष्ट्रियस्तरको र्‍याप रियालिटी शोको अवधारणामा आधारित भए पनि कार्यक्रमको मुख्य केन्द्रमा नेपाली कलाकार, उनीहरूका मौलिक कथा, स्थानीय संस्कृति, सामाजिक परिवेश र नेपालको आफ्नै हिप-हप पहिचान रहने बताइएको छ । कार्यक्रममा प्रतिस्पर्धा, मेन्टरसिप र उत्कृष्ट सांगीतिक प्रस्तुतिलाई प्राथमिकता दिइनेछ र स्थापित र्‍यापरदेखि नयाँ पुस्ताका प्रतिभासम्मलाई राष्ट्रियस्तरमा आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । नेपाली युवापुस्तामाझ लोकप्रियता कमाउँदै आएको हिप-हप संस्कृतिलाई थप उचाइमा पुर्‍याउने उद्देश्यसहित टिभिएस एन्टर्कले कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा सहकार्य गरेको हो । युवापुस्ताको ऊर्जा, सिर्जनशीलता, आत्मविश्वास र नयाँ पुस्ताको सोचसँग जोडिएको टिभिएस एन्टर्कको सहकार्यले नेपाली हिप-हप क्षेत्रलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । ‘गल्लीदेखि ग्लोरीसम्म’ भन्ने मूल भावनासहित अघि बढ्ने ‘हसल बाई नेपहप’ ले नेपाली हिप-हप प्रतिभालाई ठूलो राष्ट्रिय मञ्च प्रदान गर्दै नेपाली संगीतको नयाँ सम्भावनालाई उजागर गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आज हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुने
Latest NewsJust now

आज हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका साथै कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। आज राति कोशी ...

केन्द्रबिन्दु
डा गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति, तोडियो अनशन
Latest NewsJust now

डा गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति, तोडियो अनशन

चिकित्सा शिक्षा सुधारका लागि २५औँ अनशनमा बसेका  डा गोविन्द केसी र सरकारबिच सहमति भएको छ।  सरकारसँग ६ बुँदे सहमति भएपछि डा केसीले आज बिहान अनशन अन्त्य  गरेका छन्। ...

नेपालखबर
इजरायलमा आज नयाँ प्रधानमन्त्री घोषणा हुँदै, नेतन्याहुले सत्ता गुमाउने सम्भावना
Latest NewsJust now

इजरायलमा आज नयाँ प्रधानमन्त्री घोषणा हुँदै, नेतन्याहुले सत्ता गुमाउने सम्भावना

इजरायलका राष्ट्रपति इसाक हर्जोगले आज देशको नयाँ प्रधानमन्त्री घोषणा गर्दै छन्।  इजरायलमा सरकार बनाउन ६१ सांसदको समर्थन चाहिन्छ।  विपक्षी गादी आइजेनकोटको गठबन्धनलाई ६ दलका ६७ सांसदको समर्थन छ। वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई केवल ४६ सांसदको समर्थन छ। त्यसैले राष्ट्रपतिले उनलाई सरकार गठन गर्ने पहिलो मौका नदिने विश्वास... ...

नेपालखबर
पदपूर्ति हुन बाँकी कूटनीतिक नियोगहरूमा तिहारपछि पदपूर्तिको तयारी, चर्चामा राणा र राई
Latest NewsJust now

पदपूर्ति हुन बाँकी कूटनीतिक नियोगहरूमा तिहारपछि पदपूर्तिको तयारी, चर्चामा राणा र राई

काठमाडौं । नेपाल सरकारले पदपूर्ति हुन बाँकी कूटनीतिक नियोगहरूमा तिहारपछि पदपूर्ति तयारी गरेको छ । केही पदहरूमा पदपूर्तिका लागि नियुक्ति प्रक्रिया सम्पन्न भए पनि रिक्त पदमा भने तिहारपछि परराष्ट्र मन्त्रालयलले नियुक्ति प्रक्रिया सुरु गर्ने भएको हो । जापान, अस्ट्रेलिया, साउथ अफ्रिका लगायतका मुलुकमा राजदूतको पद रिक्त रहेकाले उक्त मुलुकका लागि राजदूत सिफारिसको तयारी सरकारले गरेको हो । सरकारले अशोक शमशेर राणालाई ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play