Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

हर्मुजमा भएको आक्रमणको भारतद्वारा निन्दा

Share:WhatsAppFacebookX (Twitter)Telegram
हर्मुजमा भएको आक्रमणको भारतद्वारा निन्दा
Photo / Coverage: केन्द्रबिन्दु

नयाँ दिल्ली । भारतले हर्मुज जलमार्गमा एक व्यावसायिक पानीजहाजमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। मङ्गलबार आक्रमणमा परेको ‘तारा ग्यास’ नामक उक्त जहाजमा २४ भारतीय सवार थिए । त्यसमध्ये, एक जना भारतीय बेपत्ता भएका छन् । उद्धार गरिएकामध्ये दुई जना घाइते छन् भने बाँकी भारतीय नागरिक सकुशल रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ । त्यस्तै, दुई जना घाइते भएका छन्। उक्त जहाजमा २४ भारतीय सवार थिए । आक्रमणमा परि घाइते भएका दुई जनालाई भने अस्पतालमा भर्ना गरिएको छ। यद्यपि, विदेश मन्त्रालयले उक्त जहाजमाथि कसले आक्रमण गर्‍यो भन्नेबारे खुलाएको छैन। पश्चिम एसियाली क्षेत्रमा जहाजहरूमाथि बारम्बार आक्रमणहरू हुने ‘गम्भीर चिन्ताको विषय’ रहेको भन्दै विदेश मन्त्रालयले व्यावसायिक पानीजहाज र नागरिक पूर्वाधारलाई लक्षित गर्ने कार्य तत्काल बन्द हुनुपर्ने दोहोर्‍याएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय कानूनको पालना गर्दै अन्तर्राष्ट्रिय जलमार्गहरूमा स्वतन्त्र र निर्बाध आवागमन तथा व्यापार छिटो पुनःस्थापित गरिनुपर्छ।’ पश्चिम एसियामा विगत आठ महिनादेखि चलिरहेको द्वन्द्वबीच व्यावसायिक जलमार्गहरूमा जहाजहरुमाथि श्रृंखलाबद्ध आक्रमण भइरहेका छन् । यस युद्धका कारण अहिलेसम्म भारतका १४ जना नाविकहरूले ज्यान गुमाइसकेका छन् । फेब्रुअरीमा अमेरिका र इजरायलले सुरु गरेको यस युद्धमा अमेरिका र इरानबीच विगत दुई महिनायता लडाइँ केही शान्त बनेको थियो। तर, बहराइनस्थित अमेरिकी राडार सुविधा केन्द्रमा इरान आक्रमण गरेसँगै अमेरिकाले पनि फेरि आक्रमण तिव्र पारेको छ। विश्लेषकहरूका अनुसार रोकिएको शान्ति वार्ता र तेहरानमाथि बढ्दै गएको आर्थिक दबाबले अझै ठूलो द्वन्द्व फैलिने जोखिम बढेको छ । एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलो चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुने
Latest NewsJust now

ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलो चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नेपाल सरकारको स्वामित्वमा रहेका कम्पनीहरुसँग विद्युत खरिद सम्झौता (पीपीए) अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको निर्देशनमा प्राधिकरणले करिब एक हजार मेगावाट क्षमताका विभिन्न सरकारी कम्पनीसँग पीपीए गर्न लागेको हो । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले सरकारी स्वामित्व भएका कम्पनीहरुसँग पीपीए गर्ने तयारी पूरा भएको बताए । उनले यसै हप्ताभित्र प्राधिकरण ...

कर्पोरट खबर
प्रमको भारत भ्रमण र जनअपेक्षा
Latest NewsJust now

प्रमको भारत भ्रमण र जनअपेक्षा

नेपाल र भारत दुवै देशका जनताको वृहत्तर हितलाई ध्यानमा राख्दै द्विपक्षीय सम्बन्धलाई पुनर्संयोजन गरी नयाँ उचाइमा पुर्‍याउन गम्भीर देखिएका छन् । विशेष गरी नेपालमा वालेन्द्र शाहको नेतृ... ...

गोरखापत्र
जुम्ला बसपार्क ८ बर्षपछि सञ्चालनमा
Latest NewsJust now

जुम्ला बसपार्क ८ बर्षपछि सञ्चालनमा

निर्माण कार्य सकिएको ८ बर्षपछि सबै विवाद सल्टाएर बसपार्कदेखि गाडीहरु छुट्न थालेपछि सदरमुकाम खलंगाका सडकहरूमा पार्किङ गर्नुपर्ने बाध्यता हटेको हो । ...

कान्तिपुर
एसिया-प्रशान्त सहयोगका लागि चीनले २ करोड अमेरिकी डलर खर्च गर्ने सीको घोषणा
Latest NewsJust now

एसिया-प्रशान्त सहयोगका लागि चीनले २ करोड अमेरिकी डलर खर्च गर्ने सीको घोषणा

चीनको सेन्जेनमा आयोजित ३३औँ एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङले स्वतन्त्र व्यापार, आर्थिक विविधीकरण र डेटा व्यवस्थापनलाई नियन्त्रण गर्ने नियमहरूलाई समर्थन गरेका छन्। चीनको सेन्जेनमा बुधबारदेखि जारी एपेक शिखर सम्मेलनका अवसरमा चीनका राष्ट्रपति सी, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play