Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

हरिबोधनी एकदशी मेला २०८३ भलिबलको उपाधि गलकोटलाई

Share:WhatsAppFacebookX (Twitter)Telegram
हरिबोधनी एकदशी मेला २०८३ भलिबलको उपाधि गलकोटलाई
Photo / Coverage: हिमालय टाइम्स

बागलुङ । हरिबोधनी एकादशी मेला २०८३ को अवसरमा आयोजना गरिएको खुला पालिकास्तरीय पुरुष भलिबलको उपाधि गलकोटले जितेको छ । गलकोट नगरपालिकाको नरेठाँटी भलिबल गलकोटले आईतबार भएको फाईनल खेलमा जैमिनी नगरपालिकालाई ३—१ ले हराउँदै उपाधि चुमेको हो । फाइनल खेलको पहिलो सेट गुमाएको गलकोटले उत्कृष्ट पुनरागमन गर्दै ३—१ को जित निकाल्न सफल भयो । अनुभवी र युवाको समिश्रण रहेको गलकोटको टोलीले उपाधि जित्दै भलिबलमा गलकोटको दबदबा कायमै राख्न सफल भएको छ ।पहिलो सेट २६—२४ ले जित्न सफल भएको जैमिनी नगरपालिका दोस्रो सेटमा सम्हालिन नसक्दा २५—१९ ले गुमाउन पुग्यो । तेस्रो सेटमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सेट पोइन्टमा पुगेको जैमिनी सेट जित्नबाट चुक्यो । २४—२१ को अवस्थाबाट पुरागमन गर्दै गलकोटले तेस्रो सेट पनि २९—२७ ले आफ्नो पक्षमा पार्न सफल भयो । गलकोटले चौथो सेटमा २५—२१ को जित निकाल्दै हरिबोधनी एकादशी मेलामा आयोजित खुला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जित्यो । गण्डकी प्रदेश भलिबल टोलीका नियमित सदस्य इन्द्र विक, अनुभवी खेलाडीहरु प्रकाश सुनार, कुस्मन थापामगर सहितको गलकोट टोली युवा खेलाडीले भरिएको जैमिनीमाथि भारी पर्‍यो । जैमिनीका युवा खेलाडी शंकर सुनार, शिव रसाइली, विधान रोका लगायतका युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि उपाधिका लागि पर्याप्त हुन सकेन । भलिबलको उपाधि जितेको नरेठाँटी भलिबल गलकोटले नगद एक लाख ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाउन बाध्य भएको जैमिनी नगरपालिकाले नगद एक लाख ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । तेस्रो भएको कुस्मा नगरपालिकाले नगद ५० हजार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना भएको बागलुङ नगरपालिकाले नगद २५ हजार र प्रमाणपत्र प्राप्त गर्‍यो । विजेता, उपविजेता, तृतीय र सान्त्वना स्थान प्राप्त खेलाडी र टिमलाई ज्येष्ठ नागरिक ९५ वर्षीय कृष्णलाल शाक्य र मेला व्यवस्थापन समितिका पदाधिकारीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताभर अनुसासित रहँदै उत्कृष्ट खेल प्रदर्शन गरेका नरेठाँटी भलिबल गलकोटका खेलाडी कुस्मन थापा मगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनलाई नगद ५ हजार पुरस्कार प्रदान गरियो । विधागत पुरस्कार तर्फ जैमिनीका विधान रोका उत्कृष्ट स्पाईकर, नरेठाँटी भलिबल गलकोटका पाण्डप पुन उत्कृष्ट सेटर, जैमिनीका शंकर विश्वकर्मा उत्कृष्ट मिडिल ब्लकर, नरेठाँटीका मनिष श्रीसमगर उत्कृष्ट डिफेन्डर, नरेठाँटीका प्रकाश सुनार उत्कृष्ट सर्वर, उत्कृष्ट कोच नरेठाँटी भलिबलका बमबहादुर खत्री र उदयमान खेलाडी जैमिनीका शिव रसाइली घोषित भएको रेफ्री संयोजक किशोर थापाले बताए । विद्यागत रुपमा उत्कृष्ट खेलाडी र टिम कोचलाई जनही नगद दुई हजार पाँच सय रुपैयाँका दरले पुरस्कृत गरिएको छ । निरयघाट मानवसेवा धाम विकास समिति बागलुङ र हरिबोधनी एकदशी मेला व्यवस्थापन समितिको संयुक्त आयोजनामा दिन दिने मेलाको आयोजना गरिए पनि भलिबल प्रतियोगिता नसकिएका कारण चौथो दिन मेला समापन गरिएको छ । विगत २५ वर्षदेखि अवरुद्ध रहेको हरिबोधनी एकादशी मेलालाई यसवर्षबाट औपचारीक रुपमा सुरुवात गरिएको मेला व्यवस्थापन समितिका संयोजक राजु खड्काले जानकारी दिए । ‘विगतमा स्वतःस्फुर्त रुपमा मेला लाग्यो, बागलुङ बजार लगायत यस क्षेत्रमा चहल पहल बढ्ने व्यापार व्यवसाय पनि फस्टाउने गर्थ्यो,’ उनले भने, – ‘विभिन्न कारणले २५ वर्षयता सञ्चालन हुन सकेको थिएन । यस वर्षबाट औपचारिक सुरुवात गरिएको हो ।’ मेलाको अवसरमा तुलसी विवाह, धार्मिक प्रवचन, सन्ध्या आरती, स्थानीय लोक तथा भजन संस्कृतिको प्रदर्शनलगायत कार्यक्रम गरिएको थियो । धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण, नयाँ पुस्तामा मौलिक संस्कृतिको हस्तान्तरण र युवाको सहभागिता बढाउने उद्देश्यले मेला पुनः सञ्चालन गरिएको खड्काले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चितवनमा गुञ्जिँदै छन् बलिउड गायक ‘अहुजा र रोमी’
Latest NewsJust now

चितवनमा गुञ्जिँदै छन् बलिउड गायक ‘अहुजा र रोमी’

आयोजक ट्वाइलाइट इन्टरटेनमेन्ट इभेन्ट कम्पनीले आइतबार पत्रकार सम्मेलन गरी बलिउड संगीत क्षेत्रका प्रतिभाशाली कलाकार नवजोत अहुजा र रोमीले विशेष सांगीतिक प्रस्तुति दिने जानकारी दिएको हो। ...

कान्तिपुर
जयशंकरसँग बालेनको २५ मिनेट वार्ता, के भयो छलफल ?
Latest NewsJust now

जयशंकरसँग बालेनको २५ मिनेट वार्ता, के भयो छलफल ?

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच नयाँ दिल्लीमा २५ मिनेट शिष्टाचार भेटवार्ता भएको छ। नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। भेटवार्ताका क्रममा दुई देशबीचको कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका विषयमा सहकार्य विस्तार ...

केन्द्रबिन्दु
एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित
Latest NewsJust now

एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित

• नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा युएई विरुद्ध ६ विकेटको जित निकालेको छ। • कुशल भुर्तेलले ५६ रनको अर्धशतकीय पारी खेल्दै नेपाललाई जितमा योगदान दिए। • नेपाल समूह ‘बी’ मा २ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ र अब पाकिस्तान ‘ए’ विरुद्ध खेल्ने तयारीमा छ। ...

नेपालबहस
प्रधानमन्त्री शाहसँग विदेशमन्त्री एस जयशंकरको शिष्टाचार भेट
Latest NewsJust now

प्रधानमन्त्री शाहसँग विदेशमन्त्री एस जयशंकरको शिष्टाचार भेट

नयाँ दिल्ली (भारत), मंसिर ६ गते । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। नयाँ दिल्लीस्थित होटल ताजमहलमा साँझ ६ बजेपछि... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement