Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड
Photo / Coverage: केन्द्रबिन्दु

टर्किए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका छन् । विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि जानबाट रोक्न नसकिने अवस्था देखिए पनि त्यसको अवधि र प्रभाव न्यून बनाउन तत्काल र व्यापक रूपमा हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका हुन् । यही कात्तिक २३ गतेदेखि यहाँ जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१)को अन्तिम पत्रकार सम्मेलनमा उनले आगामी केही वर्षसम्म प्रतिवर्ष करिब ६ प्रतिशतका दरले उत्सर्जन कटौती गर्नुपर्ने आवश्यकता औँल्याए । राष्ट्रिय निर्धारित योगदान (एनडीसी) अन्तर्गतका देशले प्रस्तुत गरेका वर्तमान जलवायु प्रतिबद्धता कार्यान्वयन हुँदा पनि यस शताब्दीको अन्त्यसम्म विश्वको तापक्रम वृद्धि २.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने जोखिम रहेको उनले बताए । “हाम्रो जिम्मेवारी तापक्रम वृद्धिलाई १.५ डिग्रीभन्दा माथि जाने अवस्थालाई सकेसम्म न्यून राख्नु, छोटो अवधिसम्म सीमित गर्नु र तापक्रमलाई सकेसम्म छिटो पुनः १.५ डिग्रीभन्दा तल झार्नु हो”, महासचिव गुटेरेसले भने । उनले तापक्रम वृद्धिको सीमित र अस्थायी अवस्थाले अहिले देखिएका जलवायुजन्य विनाशकारी प्रभावलाई थप तीव्र बनाउने भएकाले जलवायु न्यायको आवश्यकता अझ बढेको बताए । विकासशील तथा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकलाई अनुकूलन र नोक्सानी सम्बोधनका लागि थप वित्तीय सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले विकसित देशले विगतका कोप सम्मेलनमा गरेका वित्तीय प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिए । रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सञ्चारमन्त्री डा. तिमिल्सिना स्वदेश फिर्ता
Latest NewsJust now

सञ्चारमन्त्री डा. तिमिल्सिना स्वदेश फिर्ता

गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक २८ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना दोहा (कतार) मा भएको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) महासम्मेलन २०२६ (आइटियू पीपी–२६... ...

गोरखापत्र
तीन जिल्लामा हल्का वर्षाको सम्भावना, जुम्लामा तापक्रम माइनस ३ सम्म झर्ने
Latest NewsJust now

तीन जिल्लामा हल्का वर्षाको सम्भावना, जुम्लामा तापक्रम माइनस ३ सम्म झर्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार आज राति पोखरा, ओखलढुङ्गा र ताप्लेजुङमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। यी तीन जिल्लामा वर्षाको सम्भावना २०... ...

रातोपाटी
हराउँदै बट्टाई चरा
Latest NewsJust now

हराउँदै बट्टाई चरा

सन्तोष दहितदाङ, कात्तिक २८ गते । कुनै बेला दाङका खेतबारीमा हिउँद लागेसँगै प्रशस्तै देखिने बट्टाई चरा पछिल्लो समय दुर्लभ बन्दै गएको छ । धान काटिसकेपछि खेतमा बाँकी रहने धानको लिन (नि... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play