Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

Share:WhatsAppFacebookX (Twitter)Telegram
हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन
Photo / Coverage: नेपालन्युज

भोजपुर। पुर्खौँदेखि चलिआएको परम्परागत ‘फेरी’ लगाउने पेसा लोप हुने अवस्थामा पुगेपछि भोजपुरका अर्जुन जोगी यसको संरक्षणमा जुटेका छन्। आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका कारण परम्परागत पेसाप्रति आकर्षण घट्दै गएपछि उनले आफ्नो पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आएका हुन्। भोजपुरको अरुण गाउँपालिका–१ याङपाङ निवासी जोगीले विगत दुई दशकदेखि कात्तिक, चैत र साउन महिनामा गाउँघर घुमेर रातको समयमा फेरी लगाउँदै आएका छन्। उनले एक महिनामा करिब २० देखि २५ दिनसम्म फेरी लगाउँदै गाउँबस्ती डुल्ने गरेको बताए। परम्परागत रूपमा फेरी लगाउँदा गाउँघरमा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहँदै आएको छ। फेरी लगाउने जोगीले रातको समयमा घरघरमा पुगेर मन्त्रसहित परम्परागत विधिअनुसार फेरी लगाउने प्रचलन छ। यसलाई स्थानीयले धार्मिक आस्था र सांस्कृतिक परम्पराका रूपमा लिने गरेका छन्। फेरी लगाउन गाउँघर पुग्ने जोगीलाई स्थानीयवासीले चामल, धान, मकै, कोदो, नगद तथा अन्य अन्नपात दिने परम्परा रहेको छ। आफ्नो गच्छेअनुसार सामग्री दिने प्रचलनले फेरी लगाउने जोगीको जीविकोपार्जनमा सहयोग पुग्ने गरेको छ। फेरी लगाउने र सामग्री दिने चलनले गाउँघरमा परम्परागत धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिँदै आएको छ। स्थानीय परम्परा र संस्कृतिसँग जोडिएको फेरी लगाउने पेसा विगतमा धेरैले अपनाउने गरेका थिए। याङपाङमा कुनै समय १८ देखि २० घरपरिवारले फेरी लगाउने पेसा गर्दै आएको भए पनि अहिले घटेर दुई जनामा सीमित भएको जोगीले बताए। पुर्खौँदेखि चलिआएको यो पेसाको संरक्षण तथा स्थानीय मौलिक संस्कृति, परम्पराको जगेर्नासँगै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले यसको निरन्तरताका लागि आफूले प्रयास गरिरहेको उनको भनाइ छ। समयक्रमसँगै नयाँ पुस्ता परम्परागत पेसाबाट टाढिँदै गएको अवस्थामा फेरी लगाउने चलन सङ्कटमा पर्दै गएको उनको भनाइ छ। पहिले गाउँघरमा व्यापक रूपमा प्रचलनमा रहेको यो परम्परा अहिले सीमित व्यक्तिले मात्र धान्दै आएका छन्। परम्परागत पेसा र संस्कृतिको संरक्षणका लागि नयाँ पुस्तामा यसको महत्व बुझाउन आवश्यक रहेको उनले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कला क्षेत्रको विकासमा स्रष्टाहरूको भूमिका महत्त्वपूर्ण छ : अभिनेत्री भुसाल
Latest NewsJust now

कला क्षेत्रको विकासमा स्रष्टाहरूको भूमिका महत्त्वपूर्ण छ : अभिनेत्री भुसाल

काठमाडौँ । महाकाव्यकार खेमनाथ दाहाललाई ‘टीका–गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार–२०८३’ प्रदान गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र क्षेत्रका त्रि–देवी अर्थात चैतदेवी सिंह, वसुन्धरा भुसाल र भुवन चन्दले उनलाई... ...

रातोपाटी
राप्ती गाउँपालिकामा प्लास्टिक तथा कृत्रिम माला प्रयोग प्रतिबन्ध, प्राकृतिक फूलको प्रयोग गर्न आग्रह
Latest NewsJust now

राप्ती गाउँपालिकामा प्लास्टिक तथा कृत्रिम माला प्रयोग प्रतिबन्ध, प्राकृतिक फूलको प्रयोग गर्न आग्रह

दाङ। राप्ती गाउँपालिकाले तिहारलाई लक्षित गर्दै गाउँपालिका क्षेत्रभित्र प्लास्टिक तथा कृत्रिम माला प्रयोग नगर्न आग्रह गरेको छ। गाउँपालिकाले प्राकृतिक फूलको प्रवर्द्धन तथा वातावरण संरक्षणका लागि तिहारमा प्राकृतिक फूल तथा मालाको प्रयोग गर्न आग्रह गरेको हो। गाउँ कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै आउँदै गरेको हिन्दुहरूको महान् चाड शुभ दीपावली (तिहार)को अवसरमा गाउँपालिका क्षेत्रभित्र प्लास्टिक तथा खरजंग्य माला प्रयोग नगरी प्राकृतिक फूलमाला प्रयोग ...

लुम्बिनी सञ्चार
सुक्खा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोरको गुल्मी खण्ड सुचारु
Latest NewsJust now

सुक्खा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोरको गुल्मी खण्ड सुचारु

गुल्मीको राक्सेमा बिहीबार राति खसेको पहिरो हटाएपछि शुक्रबार बिहानदेखि यातायात सञ्चालनमा आएको छ, तर कमजोर जमिनका कारण जोखिम कायमै छ। ...

कान्तिपुर
बैङ्किङ सङ्कटपछि पाराग्वेका राष्ट्रपतिको राजीनामा
Latest NewsJust now

बैङ्किङ सङ्कटपछि पाराग्वेका राष्ट्रपतिको राजीनामा

असुनसियोन, कात्तिक २० गते । बैङ्किङ सङ्कटमा करिब ३० लाख निक्षेपकर्ताको बचत रकम रोकिएपछि चर्किएको जनआक्रोश र महाभियोगको दबाबबीच पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले राजीनामा दिनु... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play