काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५.९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चीनको ग्वाङ्दोङका ४२ वर्षीय नागरिक रहेका छन्। उनी आइतबार हङकङबाट क्याथे प्यासिफिक एयरको विमानमार्फत काठमाडौं आएका थिए। विमानस्थल सुरक्षा कार्यालयले शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार जाँच गर्दा ती व्यक्तिले लगाएको भित्री वस्त्रभित्र प्लास्टिकमा बेरेर लुकाइएको अवस्थामा दुई थान पहेँलो अर्धठोस पदार्थ फेला परेको थियो। उक्त पदार्थको तौल ६३५.९६ ग्राम रहेको छ। भन्सार छली गरी अवैध रूपमा ल्याउन खोजिएको आशंकामा पदार्थ बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। पक्राउ परेका चिनियाँ नागरिकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हङकङबाट आएका चिनियाँ नागरिकको भित्री वस्त्रमा भेटियो शंकास्पद पदार्थ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






