Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः मुख्यमन्त्री थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः मुख्यमन्त्री थापा
Photo / Coverage: केन्द्रबिन्दु

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका स्वास्थ्य संस्थामा जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी भइरहेको बताएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आज हेटौँडामा आयोजित आर्थिक वर्ष २०८२ र ०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्पन्न भइसकेकाले आवश्यकताका आधारमा कर्मचारी व्यवस्थापन गरिने बताए । मुख्यमन्त्री थापा मगरले प्रदेशका अस्पताल, जनस्वास्थ्य कार्यालय तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा पर्याप्त जनशक्ति उपलब्ध गराउन नसकिएको स्वीकार गर्दै अस्थायी दरबन्दी थपेर सेवा प्रवाहलाई सहज बनाइने बताए । उनले प्रदेशको कुल बजेटको चार दशमलव पाँच प्रतिशत मात्र स्वास्थ्य मन्त्रालयमा विनियोजन भएको उल्लेख गर्दै सीमित बजेटबाट १३ प्रादेशिक अस्पताल, १३ आयुर्वेद तथा वैकल्पिक चिकित्सालय र १३ जनस्वास्थ्य कार्यालयलगायत निकाय सञ्चालन गर्नुपर्ने अवस्था रहेको जानकारी दिए । मुख्यमन्त्री थापा मगरले प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तार भइरहेको उल्लेख गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगसम्बन्धी सेवा सञ्चालनका लागि क्याथल्याब स्थापना गर्न बजेट विनियोजन गरिएको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हेलिकप्टर दुर्घटनाको छानबिन सुरु भइसकेको छ : क्यान
Latest NewsJust now

हेलिकप्टर दुर्घटनाको छानबिन सुरु भइसकेको छ : क्यान

काठमाडौं।नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सोलुखुम्बुको फेरिचेमा आज भएको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छानबिन सुरु भएको जानकारी दिएको छ। क्यानले आज एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको सम्बन्धमा छानबिन सुरु भइसकेको र त्यसबाट प्राप्त तथ्य, विश्लेषण तथा निष्कर्षका आधारमा प्रचलित कानुन बमोजिम आवश्यक कारबाही एवं सुधारात्मक उपायहरू अवलम्बन गरिने समेत उल्लेख गरेको छ। “दुर्घटनामा परी भारतको तमिलनाडु राज्य, चेन्नई निवासी अन्दाजी ४७ वर्षीय ...

नेपालन्युज
नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन
Latest NewsJust now

नगरकोटको पर्यटन तथा आतिथ्य क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन

काठमाडाैँ। काठमाडौं नजिकैको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटन तथा आतिथ्य क्षेत्रको डिजिटल सेवा र व्यावसायिक कनेक्टिभिटीलाई थप सहज बनाउने उद्देश्यसहित वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। नेपालको अग्रणी... ...

रातोपाटी
संविधान संशोधनदेखि प्रदेश संरचनामा जनमत संग्रहसम्मका मागसहित धवलशम्सेरले सार्वजनिक गरे ८ संकल्प
Latest NewsJust now

संविधान संशोधनदेखि प्रदेश संरचनामा जनमत संग्रहसम्मका मागसहित धवलशम्सेरले सार्वजनिक गरे ८ संकल्प

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशम्सेर राणाले संविधान संशोधनसहितका ८ बुँदे संकल्प सार्वजनिक गरेका छन् । मंगलबार एक राजधानीमा पत्रकार सम्मेलन गरेर उनले संवैधानिक राजसंस्था र सनातन... ...

रातोपाटी
मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट
Latest NewsJust now

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

मुस्ताङ। गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि सङ्घ र प्रदेश सरकारबाट रु ११ करोड बजेट विनियोजन भएको छ। त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play