काठमाडौं। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा नवीकरणका लागि परिवारका सबै सदस्यको केवाईसी अद्यावधिक अनिवार्य गरेको छ। बोर्डले एक सूचना जारी गर्दै नवीकरण गर्नुअघि यो प्रक्रिया पूरा गर्नुपर्ने स्पष्ट पारेको छ। यस नयाँ व्यवस्थाका कारण हाललाई कनेक्ट आइपिएस, इसेवा तथा खल्ती लगायतका डिजिटल माध्यमबाट गरिने सीधा नवीकरण सेवा अस्थायी रूपमा स्थगित गरिएको छ। बोर्डले सम्पूर्ण बीमितहरूलाई आफ्नो आधिकारिक एचआईबी ई-पोर्टलमा लगइन गरी पुरानो बीमा विवरणसहित परिवारका सबै सदस्यको केवाईसी विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ।
स्वास्थ्य बीमा नवीकरणका लागि केवाईसी अद्यावधिक अनिवार्य

Read Complete Original Article
Published originally on नेपालन्युज






