Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी
Photo / Coverage: पर्दाफास

राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने उद्देश्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज मन्त्रालयमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिसँग सो विधेयकका बारेमा छलफल गरेकी छन् । मन्त्रालयले आवश्यक छलफल तथा गृहकार्यपछि स्वास्थ्य बीमा ऐन संशोधनसम्बन्धी विधेयक तयार पारेर कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी विधेयकलाई छिट्टै सङ्घीय संसद्मा दर्ता गर्ने तयारी भइरहेको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ । प्रस्तावित संशोधन विधेयकमा स्वास्थ्य बीमा कार्यक्रमको योगदान सङ्कलन र सेवा भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउने, सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई बीमाको दायरामा समेट्ने तथा आर्थिक रूपमा योगदान गर्न नसक्ने नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी राज्यले लिने विषयलाई प्राथमिकतामा राखिएको छ । स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषलगायतका निकायमार्फत उपलब्ध स्वास्थ्य उपचार सुविधाबीच समन्वय तथा एकीकरण गर्ने, बीमा सेवा प्रवाह सहज बनाउने, स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने तथा अनावश्यक परीक्षण र अनुचित दाबी नियन्त्रण गर्ने विषय पनि प्रस्तावित सुधारमा समेटिएका छन् । स्वास्थ्य बीमा कार्यक्रमलाई उपचार खर्चको व्यवस्थापनमा मात्रै सीमित नराखी प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षासँग जोड्ने र आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्ने लक्ष्यसहित मन्त्रालयले कानुनी तथा नीतिगत सुधारको प्रक्रिया अघि बढाएको मन्त्री मेहताले जानकारी दिइन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विवाह बन्धनमा बाँधिए क्रिकेटर रोहित पौडेल
OthersJust now

विवाह बन्धनमा बाँधिए क्रिकेटर रोहित पौडेल

१० मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर रोहित पौडेल विवाह बन्धनमा बाँधिएका छन् । रोहितले थाइल्यान्डमा एक समारोहबीच प्रेमिका सिम्रन खड्कासँग लगनगाँठो कसेका हुन् । रोहितको विवाहका लागि कप्तान सन्दीप लामिछानेसहित कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा लगायत राष्ट्रिय टोलीका खेलाडी पनि थाइल्यान्ड पुगेका थिए । यसअघि करण केसीले पनि नेपालबाहिर बिहे गरेका… ...

अनलाइन खबर
गोरखा अस्पतालमा आईसीयू सञ्चालन
OthersJust now

गोरखा अस्पतालमा आईसीयू सञ्चालन

१० कात्तिक, गोरखा । प्रदेश अस्पताल गोरखामा सघन उपचार कक्ष (आईसीयू) सञ्चालनमा आएको छ । बिहीबारबाट कक्ष सञ्चालनमा ल्याइएको हो । अस्पतालले यसअघि सर्जिकल आईसीयू सेवा दिँदै आएको थियो । अहिले मेडिसिन आईसीयू (एमआईसीयू) सञ्चालन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट शम्भु अधिकारीले बताए । ‘२०७९ साल चैत्र २४ गतेबाट सर्जिकल आईसीयू सेवा दिदै आएका थियौं,’… ...

अनलाइन खबर
मातृभूमिकी अभिनेत्री तान्या : ‘अण्डा, मासु नखाइ कसरी युद्धमा जान्छौ ?’ भनेपछि डर लाग्यो
OthersJust now

मातृभूमिकी अभिनेत्री तान्या : ‘अण्डा, मासु नखाइ कसरी युद्धमा जान्छौ ?’ भनेपछि डर लाग्यो

सलमान खानको फिल्म ‘मातृभूमि–मे वार रेस्ट इन पिस’ मा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकी अभिनेत्री तान्या देसाईका लागि यो ठूलो अवसर हो । भारतीय अखबार दैनिक भास्करसँगको कुराकानीमा उनले सलमानसँग काम गर्दाको अनुभव सुनाएकी छिन् । तान्याका अनुसार सलमान सेटमा सबै कलाकारलाई सहज महसुस गराउँछन् र सबैलाई समान सम्मान दिन्छन् । उनले फिल्ममा आफ्नो भूमिका, सलमानको… ...

अनलाइन खबर
देउवा समूहको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान हुने
OthersJust now

देउवा समूहको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान हुने

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने निर्णय गरेको छ । २१–२३ मंसिरमा काठमाडौंमा हुने भनिएको १५औं महाधिवेशनमा देउवा समूहले केन्द्रीय नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने निर्णय गरेको हो । १५औं नियमित महाधिवेशन तयारी समितिअन्तगर्तको सचिवालय समन्वय समितिका संयोजक दीपक कुइँकेलले जानकारी दिए… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement