Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएका केसीलाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ । डा. केसी दुई दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि इलाम अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि उनलाई आज काठमाडौं ल्याइएको हो । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका ६ बुँदे माग राख्दै डा. केसीले गत बिहीबार साँझदेखि इलाममा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका थिए । उनी इलामको प्रसिद्ध तीर्थस्थल नारायणस्थान मन्दिर परिसरमा अनशन बसेका थिए । डा. केसीले न्यूनतम पूर्वाधार र जनशक्तिबिनै चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न अनुमति दिने निर्णय खारेज गर्नुपर्ने माग राखेका छन् । त्यस्तै, चिकित्सा शिक्षा आयोगका पदाधिकारीको नियुक्ति तथा निर्णय प्रक्रियामाथि निष्पक्ष छानबिन गर्नुपर्ने र सम्भावित स्वार्थको द्वन्द्व अन्त्य गर्नुपर्ने उनको माग छ । उनले गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने तथा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने मागसमेत अघि सारेका छन् । The post स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डा. केसीकाे उपचार त्रिवि शिक्षण अस्पतालमा  हुँदै
Latest NewsJust now

डा. केसीकाे उपचार त्रिवि शिक्षण अस्पतालमा हुँदै

काठमाडौं । स्वास्थ्यमा जटिलता देखिएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई इलामबाट काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार बिहान १०ः३० बजे काठमाडौं ल्याइएका केसीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै डा. केसीले गत बिहीबारदेखि इलामस्थित नारायण मन्दिरमा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका थिए । अनसनका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि ...

केन्द्रबिन्दु
सत्तारुढ दल रास्वपाले विवादित न्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव ल्याए विपक्षी कांग्रेसले के गर्छ ?
Latest NewsJust now

सत्तारुढ दल रास्वपाले विवादित न्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव ल्याए विपक्षी कांग्रेसले के गर्छ ?

• राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिचौलियासँग सम्बन्धित न्यायाधीशहरूको महाभियोगको विषयमा कांग्रेसको समर्थनको अपेक्षा गर्दै आन्तरिक छलफल गरिरहेको छ। • कांग्रेसले महाभियोगको विषयमा तत्काल धारणा सार्वजनिक नगर्ने निर्णय गर्दै 'पर्ख र हेर'को नीति अपनाएको छ। • रास्वपामा न्यायाधीशहरूको महाभियोगको विषयमा दुई धार देखिएको छ, र बिचौलिया सापकोटासँगको सम्बन्धले रास्वपाको नेतृत्वलाई अन्योलमा पारेको छ। ...

नेपालबहस
डिजिटल प्रविधिले वित्तीय पहुँच र आर्थिक विकासमा ठूलो टेवा पुग्छ :  गभर्नर पौडेल
Latest NewsJust now

डिजिटल प्रविधिले वित्तीय पहुँच र आर्थिक विकासमा ठूलो टेवा पुग्छ : गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले वित्तीय प्रविधिको तीव्र विकासले परम्परागत वित्तीय सेवा प्रवाह गर्ने शैलीमा आमूल परिवर्तन ल्याइरहेको बताएका छन् । राष्ट्र बैंकले आयोजना गरेको ‘वित्तीय सेवाबाट... ...

रातोपाटी
कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सुरु
Latest NewsJust now

कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सुरु

बैठकमा सञ्चारगृहमा प्रहरी प्रवेश, पत्रकार पक्राउ, न्यायालयमा बिचौलियाको प्रवेश र कर्मचारीतन्त्रमा बढेको त्रासबारे छलफल भइरहेको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play