त्रेता युगमा जन्म लिनुभएका मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको राज्यकाल ‘ रामराज्य’का रूपमा आज पनि सुशासन र शान्तिको प्रतीकका रूपमा स्मरणीय छ । पहिला विभिन्नकालखण्डमा विद्वान्हरूले रामायणको रचनादेखि खण्डकाव्यहरू समेत ‘रामरमज्य’का विषयमा प्रकाशित गर्दै रामरमज्यको चर्चा गरिरहेको पाइन्छ । ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका–९ पातले वन स्थित शृंगीऋषि ऋश्रम तथा लामाटारस्थित रामायण मन्दिरका कारण महालक्ष्मी नगरपालिका ‘रामराज्य’को चर्चास्थलका साथै रामायण क्षेत्रका रूपमा प्रसिद्धि पाउँदै धार्मिक पर्यटनमार्फत समृद्धि हासिल गर्न अगाडि बढिरहेको छ ।‘एकदिन नारद सत्यलोक पुगिगया लोकको गरौ हित भनी ।ब्रह्मा ताहि थिया पर्या चरणमा खुसी गराया पनि ।’भानुभक्त रामायणको प्रथम श्लोक सबैको स्मृतिमा आज पनि रहेकाले रामकथा जीवन्त रहेको बुझ्न सकिन्छ । त्यस्ता रामको जन्मका लागि राजा दशरथले पुत्रेष्ठी यज्ञ गराउदा मुख्य आचार्यका रूपमा रहनुभएका ऋषि शृंगीको आश्रम यसै नगरपालिकामा रहनुले रामायण तथा रामराज्य यहाँका लागि महत्त्वपूर्ण रहेको बुझ्न सकिन्छ । आधुनिक शासन प्रणालीबाट सञ्चालित वर्तमान शासकीयस्वरूप र समाजलाई रामराज्यको भावना र आदर्श अनुरूप पुनः अभ्यासमा ल्याउँदै शान्ति र समृद्धि हासिल गर्न सकिने हुँदा त्यसका आधार र तयारीबारे चर्चा गर्नु मनासिब देखिन्छ । धार्मिक, सांस्कृतिक सम्पदाहरू आस्थाका मात्रै प्रतीक नभएर धार्मिक पर्यटन र राष्ट्रिय शान्तिका समेत आधार भएकोले यस नगरपालिकाको १ नम्बरदेखि १० नम्बर सम्मका वडाहरू आस्था र समृद्धिका नमुना बन्न पुगेका छन् । ग्वार्को चौकबाट नगरपालिकातर्फ मूलबाटो बाट प्रवेश गर्नासाथ सिमानामै रहेको प्रथम पुज्य भगवान गणेश र बौद्ध स्तूपाले पर्यटकहरूलाई स्वागत गरेझैं अनुभूति गराउँदछन् । नियमित हुने भजन तथा स्तूपा परिक्रमाले स्थानीय भक्तजनहरूलाई समेत प्रतिदिन प्रतिक्षण शान्तिको अनुभूति गराइ रहन्छन । अलिकभित्र २ नम्बर वडा कार्यालयसँगै रहेको भगवान् स्थान मौलिक इतिहास बोकेको बौद्ध स्तूपा अनुसन्धानकर्ताका लागि पनि अध्यनको विषय बनेको पाइन्छ । वडा न १ स्थित प्रसिद्ध कृष्णप्रणामी मूल मन्दिर तथा छ्योठूला गुम्बा हिन्दु बौद्ध साझा संस्कृतिको रूपमा परिचय दिनेस्थान बनेका छन् । प्रसिद्ध र आकर्षक इबिदह ( बोझे पोखरी), पैनाचल हनुलिंगेश्वर मन्दिर, इन्द्रेश्वर, लालगणेश, ललितादेवी स्थलहरूले वडा नम्बर ३ लाई दैवी क्रीडास्थल तथा तीर्थका रूपमा सम्मान दिलाउँदछन् । धार्मिक, सांस्कृतिक सम्पदाहरू आस्थाका मात्रै प्रतीक नभएर धार्मिक पर्यटन र राष्ट्रिय शान्तिका समेत आधार भएकाले यस नगरपालिकाको १ नम्बरदेखि १० नम्बरसम्मका वडाहरू आस्था र समृद्धिका नमुना बन्न पुगेका छन् । जगदीश्वर शिव मन्दिर, मनकामनालगायत विभिन्न टोलमा रहेका मन्दिर तथा स्थानका कारण वडा नम्बर ४ पनि आध्यात्मिक वातावरणमा रमाउन सफल रहेको छ । वडा नम्बर ५ स्थित टीकेश्वर महादेव मन्दिरका कारण शिवपाञ्चायन क्षेत्रका रूपमा वडाले प्रसिद्ध पाउने देखिन्छ । प्रसिद्ध गणेश कुमारी जात्रा मनाउने सिद्धिपुर, सानागाउँ वडा नम्बर ६ सबैको आकर्षणको विषय बन्ने गर्दछ । यहाँस्थित बौद्धबिहार, पोखरीहरू पनि थप आकर्षणको विषय छन् । वडा नम्बर ७ स्थित गुप्तेश्वर महादेव, पञ्चकन्या मन्दिर स्थानीय आस्थाका केन्द्र बनेका छन् । प्रसिद्ध महालक्ष्मी मन्दिर रहेको वडा नम्बर ८ विभिन्न ऐतिहासिक महत्त्वका मठमन्दिरका कारण प्रसिद्ध छ । अष्टमात्रिका स्थानका रूपमा रहेको देवीस्थान, क्षेत्रपाल भैरब, नारायण, गणेश, गोभ्राटेश्वर महादेव तथा पाटीका कारण महत्त्वपूर्ण छ । वडा नम्बर ९ स्थित प्रसिद्ध शृंगीऋषि आश्रम तथा रामायण मन्दिरका कारण रामायण क्षेत्रका रूपमा प्रसिद्धि पाउनसक्ने देखिन्छ । वडा नम्बर १० स्थित माने चैत्यले बुद्ध धर्म तथा तामाङ जातिहरूको परिचय दिने अनुपम क्षेत्रका रूपमा छ । रमणीय लाकुरी भञ्ज्याङस्थित यश वडामा वातावरणीय सुन्दरता, शीतलताका साथै प्रजातान्त्रिक संघर्षको स्मरण गराउने मनमोहन संग्रहालय तथा पार्कको पनि अवस्थितिले थप आकर्षण बढाएको छ । एवं प्रकार प्रत्येक वडामा रहेका धार्मिक सांस्कृतिक सम्पदा र निरन्तर सञ्चालन भइरहेका धार्मिक सांस्कृतिक अनुष्ठानहरूले रामराज्यको आदर्श र भावनालाई सार्थक बनाउन मद्दत पुगिरहेको बुझ्न सकिन्छ । त्यही यथार्थलाई थप सशक्त बनाउँदै नगरपालिकालाई सफल बनाउन निम्ननुरूपको अवधारणा नागरिकस्तरबाट सञ्चालन गर्न प्रारम्भ भएको देखिन्छ । क) वडा नम्बर १ । धार्मिक संग्रहालय क्षेत्र । श्रीकृष्ण प्रणामी मूलमन्दिरमा अन्तर्राष्ट्रिय धार्मिक संग्रहालयको नमुना अभ्यास भइरहेकालाई छ्योठूला गुम्बासमेतलाई मध्यनजर गर्दै धार्मिक सहिष्णुता बढाउने क्षेत्रका रूपमा अभ्यासमा ल्याउने । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समिति तथा राष्ट्रिय समावेशी आयोग संगको सहकार्यमा नमुना बनाउने । ख) ग्वार्को चौकबाट मूलप्रवेशद्वारबाट प्रारम्भ हुने वडा नम्बर २ मा वडा कार्यालयसँगै रहेको भगवानस्थान क्षेत्रलाई ‘सामाजिक न्याय क्षेत्र’का रूपमा अभ्यासमा ल्याउन ‘जातीय छुवाछूत उन्मुलनमा धार्मिक क्षेत्रको भूमिका’ कार्यक्रम सञ्चालन गर्ने । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समिति तथा राष्ट्रिय दलित आयोग संगको सहकार्यमा अघि बढ्ने । ग) वडा नम्बर ३ लाई ‘स्वराज्य भागवत’ क्षेत्रका रूपमा सञ्चालन गर्दै अध्यात्म र शासकीय स्वरूपको संयोजनमार्फत समाज रूपान्तरण गर्ने । स्वराज्य पूजन यात्रा जस्ता अमूर्त सम्पदामार्फत मुलुकको सफ्टपावरलाई विश्वमा प्रभावकारी बनाउने । प्रतिनिधिसभा महिला तथा सामाजिक मामिला समिति तथा राष्ट्रिय मानवअधिकार आयोगसँग सहकार्य बढाउँदै सफल बन्ने । घ) वडा नम्बर ४ लाई ‘स्वराज्य मेलमिलाप क्षेत्र’का रूपमा अभ्यासमा ल्याउँदै राष्ट्रिय एकीकरणमा नयाँ अध्याय थप्ने । ‘शान्ति, न्याय र मिलापका लागि अन्तरसांस्कृतिक सहिष्णुता’ कार्यक्रम सञ्चालन गर्दै जातीय, सांस्कृतिक सहिष्णुतामार्फत राष्ट्रिय एकता कायम गराउने । प्रतिनिधिसभा, राज्यव्यवस्था समिति तथा राष्ट्रिय समावेशी आयोगसँग सहकार्य गर्ने । ङ) वडा नम्बर ५ लाई ‘शिवपाञ्चायन क्षेत्र’ घोषणा गर्दै धार्मिक सहिष्णुताको नमुना क्षेत्र बनाउने । ‘शास्त्र र साधनामा स्वराज्य र मेलमिलाप’ पाञ्चायन दर्शनमार्फत मूर्तअमुर्त सम्पदाको महत्त्व समाजमा स्थापित गराउने छौ । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समिति तथा राष्ट्रिय समावेशी आयोगसँग सहकार्य बढाउने । च) ‘कलौचण्डी विनायकौ’ सूत्रका आधारमा सिद्ध क्षेत्र घोषणा गर्ने । गणेश तथा बालकुमारी जात्रा तथा साधनालाई प्राचीन सिद्ध परम्पराका रुपमा स्थापित गराउने । ‘न्यायिक समिति र स्थानीय सरकार : मेलमिलापको मार्गचित्र’ कार्यक्रम सिद्ध गणेश बालकुमारीको साधनासहित महिला नेतृत्व सफल बनाउने । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समिति, राष्ट्रिय महिला आयोग तथा राष्ट्रिय समावेशी आयोगसँग सहकार्य बढाउने । छ) वडा न ७ नदी सभ्यता क्षेत्र घोषणा गर्दै गोदावरी नदीको सणवच्छतालाई बचाउने । पाञ्चायन तथा गणेश साधनासहित सभ्यता सम्वादलाई ‘हिमवतखण्ड’का नाउँमा अगाडि बढाउने । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समिति तथा राष्ट्रिय समावेशी आयोगसँग सहकार्य गर्ने । ज) वडा नम्बर ८ नगरपालिकाको नामाकरण भएको महालक्ष्मी पीठ रहेको स्थान भएकाले ‘धार्मिक पर्यटन क्षेत्र’ घोषणा गर्दै मुम्बई महालक्ष्मी तथा तमिलनाडुस्थित गोल्डेन टेम्पल (श्रीपुरम)सँग सम्बन्ध बढाउँदै धार्मिक पर्यटक भित्र्याउने । सम्पदा र सभ्यता सम्वादलाइ ‘बृत्तचित्र’मार्फत सफल बनाउने । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समिति तथा राष्ट्रिय समावेशी आयोगसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउने । झ) वडा नम्बर ९ ‘रामायण क्षेत्र’ घोषणा गर्दै शृंगीऋषि आश्रम तथा नेपाल महात्म्यमा उल्लेख भएका मठमन्दिर, नदी तथा वनक्षेत्रको संरक्षण गर्ने । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समिति, पर्यटन विभाग, राष्ट्रिय समावेशी आयोगसँग सहकार्य बढाउने । ‘ऋषि पर्यटन र रामायण’, ‘रामायण र नेपाल’, ‘ऋषि भरद्वाज, रामायण र कूलपूजा’ विषयक कार्यक्रम सञ्चालन गर्दै नगर सहकार्य सूर्यविनायक नगरपालिकासँग गर्ने । ञ) वडा नम्बर १० लाई ‘शान्ति शिक्षा क्षेत्र’ घोषणा गर्दै ‘द्वन्द्व रुपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्रको भूमिका’ अनुसन्धानका आधारमा प्रवचन, प्रशिक्षण सञ्चालन गर्ने । माने चैत्य तथा बौद्ध धर्मावलम्बीहरू रहेको त्यस क्षेत्र शान्ति र समृद्धिको अनुपम क्षेत्र शान्ति शिक्षाका माध्यमले बन्नेछ । सम्पूर्ण द्वन्द्व व्यवस्थापनको नमुना क्षेत्र बन्ने सम्भावना रहेकोले शिक्षा पर्यटनको पनि आबश्यक्ता बोध हुनेछ । प्रतिनिधिसभा, राज्यव्यवस्था समिति तथा आदिवासी जनजाति आयोगसँगको सहकार्यमा शान्ति शिक्षा उदाहरणीय बन्नेछ । उपरोक्त कार्यक्रमले सुशासन, शान्ति र समृद्धिको वातावरण निर्माणका साथै रामराज्यको अवस्थाबारे भानुभक्त आचार्य, तुलसीदास तथा वाल्मीकि ऋषिले व्यक्त विचारलाई सार्थक तुल्याउनेछ ।‘पुष्पकलाई विदा दिया र रघुनाथले राज्यको भोग गर्या ।जसको राज्यमहा बुढा पछि रही बाला न कैले मर्या ।।यस्तो राज प्रभूले गर्या सकलका आनन्दमै काल गयो ।’बिना कालगतीमा मृत्यु नहुने स्थिति रामराज्यको स्थिति भएको भानुभक्त रामायणबाट बुझ्न सकिन्छ । ‘दैहिक दैविक भौतिक तापा । राम राज नही कहुहि व्यापा ।। सब नर करहिं परस्पर प्रीति । चलहि स्वधर्म निरत श्रुतिनीति ।। तुलसिदासजीले भन्नुभए झै सबै प्रकारका ताप नष्ट हुनुका साथै परस्परमा प्रीति बढ्नेछ । स्वधर्ममा रहनेछन्, रमाउनेछन् । ‘जनाधिकारसम्पन्नम्, उदारदृढनीतिकम्, सर्वेषां सुखसंवृद्धया स्वाराज्यावधीरकम् ।।’ विद्वान पूर्णप्रसाद ब्राह्मणले स्वराज्यम् खण्डकाव्यमा व्यक्त उक्त विचार झै जनाधिकार सम्पन्न, उदारनीतिका साथ स्वराज्यको अवस्था यस नगरपालिकामा पनि अभ्यासमा आउनेछ । विस्तृत र बहुमतद्वारा जसको पालन हुन्छ त्यस्तो स्वराज्यमा जनताको भलाइका लागि लागि रहौ भन्ने ऋगवेद अनुरूपको स्वराज्यले प्रजातन्त्र, राष्ट्रियता र समावेशी सिद्धान्तलाई सम्बोधन गर्दै रामराज्यको आदर्श यथार्थमा बदलिनेछ ।चिनमय जीवन स्वराज्य होस्बान्धव दिल सधै साथ होस्सतराग अनुराग होस्मिलाप होस् , प्रेमालाप होस् ।।
स्वराज्यमा रामराज्य : महालक्ष्मी नगरपालिकाको मार्गचित्र

Read Complete Original Article
Published originally on हिमालय टाइम्स



(1).jpg)


