Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

स्वदेशी फूलको प्रवर्द्धन र नर्सरी व्यवसायको विकासमा सरकार प्रतिवद्धः मन्त्री चौधरी

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्वदेशी फूलको प्रवर्द्धन र नर्सरी व्यवसायको विकासमा सरकार प्रतिवद्धः मन्त्री चौधरी
Photo / Coverage: टक्सार

काठमाडाैँ । कृषि, वन तथा पर्यावरण गीता चौधरीले स्वदेशी फूलको प्रवद्र्धन र नर्सरी व्यवसायको विकासमा सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छिन् । नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो २०८३’ को उद्घाटन गर्दै मन्त्री चौधरीले स्वदेशी फूल तथा बिरुवाको उत्पादन, प्रवद्र्धन र नर्सरी व्यवसायको विकासका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताएकी हुन्। उनले स्वदेशी फूलको उत्पादन र उपभोग बढाउनुपर्नेमा जोड दिए । तिहार नेपाली समाजको उज्यालो, रङ र फूलसँग जोडिएको सांस्कृतिक पर्व भएकाले यस अवसरमा स्वदेशी फूल तथा बिरुवाको प्रदर्शनी आयोजना हुनु सान्दर्भिक रहेको उनको भनाइ छ । स्थानीय उत्पादनलाई उपभोक्तासम्म पु¥याउने र नेपाली फूलको बजार विस्तार गर्ने माध्यमका रूपमा एक्स्पोले भुमिका खेल्ने उनले बताइन् । मन्त्री चौधरीले नर्सरी व्यवसायलाई व्यापारमा मात्र सीमित नराखी उत्पादन वृद्धि, वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा जलवायु परिवर्तनको असर न्युनिकरणसँग जोड्नुपर्ने बताइन् । यस क्षेत्रले युवा तथा महिलाका लागि रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सक्ने उनले उल्लेख गरिन् । नर्सरी व्यवसायीले भोग्दै आएको जग्गा अभावको समस्या समाधानका लागि सरकारले भूमि बैंकको अवधारणा अघि बढाउन लागेको उनले जानकारी दिइन् । उनले रैथाने फूल तथा नेपालमै उत्पादित वस्तुको उत्पादन र बजारीकरणमा प्राथमिकता दिन व्यवसायीलाई आग्रह गरिन् । उनले भनिन्, “नर्सरी व्यवसायको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक पर्ने नीतिगत एवम् प्राविधिक सहयोग र सहकार्य गर्न मन्त्रालय सधैँ तत्पर रहेको विश्वास दिलाउन चाहन्छु । संघले राखेका हक हित, नीतिगत सहजीकरण, प्राविधिक सहयोगका सवालमा मन्त्रालय सधैँ सकारात्मक छ । यस क्षेत्रमा महिला सहभागिता बढिरहेको छ । रैथाने र नेपालमा उत्पादित वस्तुहरूलाई अहिले नेपाल सरकारले एकदम धेरै जोड दिइराखेको छ, त्यसमा जोड दिन पनि म अनुरोध गर्न चाहन्छु । व्यवसायीहरुले जग्गामा एकदम समस्या भएको पनि जानकारी गराउनुभयो । अब हामीले यसपटक कानूनमार्फत विशेष गरेर भूमि बैंकको अवधारणा हामी ल्याउँदै छौँ । छिटोभन्दा छिटो यसको समाधान हुनेछ । यहाँहरूले जुन तिहार यो चौथो तिहार फ्लोरा एक्स्पो २०८० को विशेष गरेर एकदमै भव्य रूपमा आयोजना गर्नुभएको छ, यस्तो खालको एक्स्पोहरू देशैभरि गर्न जरुरी छ ।” मन्त्रालयले वन तथा भू–संरक्षण विभाग, बागवानी केन्द्र, बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र र राष्ट्रिय प्लान्ट क्वारेन्टाइन तथा बायो–सेक्युरिटी केन्द्रमार्फत नर्सरी क्षेत्रको व्यवस्थापन, गुणस्तर नियमन, प्राविधिक सहयोग र तालिमका कार्यक्रम सञ्चालन गरिरहेको उनले बताइन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमलगायतका माध्यमबाट गुणस्तरीय नर्सरी स्थापना, अनुदान तथा फलफूलका बिरुवा वितरणका कार्यक्रमसमेत सञ्चालन भइरहेको उनको भनाइ छ । मन्त्री चौधरीले नर्सरी व्यवसायी संघले उठाएका नीतिगत सहजीकरण, व्यावसायिक हकहित र प्राविधिक सहयोगसम्बन्धी विषयमा मन्त्रालय सकारात्मक रहेको उल्लेख गरिन् । नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष राम्जीप्रसाद तिमिल्सिनाले सरकारको स्वामित्वमा रहेका खाली जग्गाहरू नर्सरी व्यवसायीको लागि उपलब्ध गराउन माग गरिन् । लामो समय सरकारी स्वामित्वमा खाली भएका जग्गाहरूलाई उत्पादनमा लगाउनुपर्ने उनको भनाइ छ । उनले शहरी क्षेत्रमा खाली रहेका जग्गाहरू नर्सरी बजार स्थापना गर्ने वातावरण मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइन् । साथै सातै प्रदेशमा प्रदेशस्तरीय मेला प्रदर्शनी तथा तालिम संचालन गर्नेगरि नीति बनाउन उनले सरकारसँग आग्रह गरिन् । तिहारमा धेरै फूल आयात हुने हुनाले सयपत्री फूलमा आत्मनिर्भर बन्नलाई आयातलाई पुरै रोक्न पनि उनले सुझाव दिइन् । देशैभरि खाली रहेका जग्गाहरूमा भौगोलिक अवस्था हेरेर फूल फूल, जडीबुटी तथा व्यावसायिक खेती गर्नुपर्नेमा उनले जोड दिइन् । उत्पादनमा आत्मनिर्भर भएर निर्यात बढाउन सकेमा मात्रै देश समृद्ध हुने उनको भनाइ छ । ‘तिहारको उत्सव, स्वदेशी फूलको महोत्सव’ नारा मंगलवारदेखि शुरु भएको मेला कात्तिक २१ गतेसम्म चल्नेछ । मेलाले स्वदेशी उत्पादनको बजार विस्तार र हरित अर्थतन्त्रको विकासमा योगदान पु¥याउने संघकी उपाध्यक्ष तथा मेला संयोजक लक्ष्मी महर्जनले विश्वास व्यक्त गरिन् । पाँच दिन सञ्चालन हुने एक्स्पोमा पुष्प, फलफूल, कृषि, वन तथा जडीबुटी नर्सरीका उत्पादन समेटिएका छन् । मेलामा व्यावसायिक, सरकारी, संघका आधिकारिक तथा प्रतिस्पर्धात्मक गरी कुल ७३ वटा स्टल रहने संयोजक महर्जनले जानकारी दिइन् । उनका अनुसार एक्स्पोमा ३५ हजार अवलोकनकर्ता सहभागी हुने र एक करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । उनले भनिन्, “मेलामा ६३ वटा व्यवसायी स्टल लगायत वनस्पति विभाग, पुष्प विकास केन्द्र, संघको अफिसियल ६ वटा स्टल तथा प्रतिस्पर्धाको ४ वटा स्टल समेत जम्मा ७३ वटा स्टल रहनेछ । यस मेलामा ३५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै १ करोडभन्दा बढी आर्थिक कारोबार हुने अपेक्षा गरेका छौँ ।” संयोजक महर्जनले आर्थिक मन्दीका कारण सुस्ताएको हरित अर्थतन्त्रमा संलग्न उद्यमी तथा व्यवसायीलाई प्रोत्साहित गर्नुका साथै नर्सरी क्षेत्रमा लगानी, रोजगारी सिर्जना र नयाँ उद्यमशीलताको सम्भावना उजागर गर्नु एक्स्पोको उद्देश्य रहेको बताइन् । एक्स्पोमा स्वदेशी फूल तथा बिरुवाको प्रदर्शनी र बिक्रीसँगै नर्सरी व्यवसायसम्बन्धी जानकारी तथा व्यावसायिक उत्पादनको प्रवद्र्धन गरिने आयोजकले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१४ वर्षपछि नेकपामा समाहित भइन् चर्चित ‘जेल ब्रेकर’ उमा भुजेल
Latest NewsJust now

१४ वर्षपछि नेकपामा समाहित भइन् चर्चित ‘जेल ब्रेकर’ उमा भुजेल

काठमाडौँ। माओवादी जनयुद्धकी चर्चित गोरखा जेल ‘ब्रेकर’ उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा समाहित भएको छ । मङ्गलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रम गरी दुई पार्टीबिच एकता... ...

रातोपाटी
सत्ता र प्रतिपक्ष दुवैलाई चाहिएको संसद् अधिवेशन कसरी हुन्छ आह्वान ?
Latest NewsJust now

सत्ता र प्रतिपक्ष दुवैलाई चाहिएको संसद् अधिवेशन कसरी हुन्छ आह्वान ?

काठमाडौँ । संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपालले संघीय संसद्को अधिवेशन तत्काल आह्वान... ...

रातोपाटी
सैनिक परिवारमा हुर्केर राजनीतिको सागरमा पौडिरहेका थापा
Latest NewsJust now

सैनिक परिवारमा हुर्केर राजनीतिको सागरमा पौडिरहेका थापा

काठमाडौं । राजनीतिमा आउने बाटो सबैका लागि एउटै हुँदैन। कोही विद्यार्थी राजनीतिबाट नेतृत्वमा पुग्छन्। कोही सामाजिक अभियान हुँदै राजनीतिक यात्रामा प्रवेश गर्छन्। तर व्यवसाय र व्यावसायिक क्षेत्रबाट आफ्नो पहिचान बनाउँने कमै हुन्छन्। तिनै मध्ये एक विन्दु कुमार थापा हुन्। उनी केन्द्रदेखि प्रदेश राजनीतिमा स्थापित भए। नेपाल राष्ट्र बैंकको कर्मचारीका रूपमा व्यावसायिक जीवन सुरु गरेका थापा अहिले गण्डकी प्रदेशको राजनीतिमा परिचित छन्। राष्ट्र बैंकको ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play