Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

स्वच्छ ऊर्जा लगानी र जलवायु जोखिमबारे कोप–३१ मा छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्वच्छ ऊर्जा लगानी र जलवायु जोखिमबारे कोप–३१ मा छलफल
Photo / Coverage: नेपालन्युज

काठमाडौं।संयुक्त राष्ट्रसंघीयय जलवायु परिवर्तनसम्बन्धी ३१औं सम्मेलन (कोप–३१) अन्तर्गत नेपाल पभिलियनमा ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’ विषयक साइड इभेन्ट आयोजना गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपिसी) र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को संयुक्त आयोजनामा आज नेपाल पभिलियनमा सञ्चालन भएको उक्त विशेष अन्तरक्रिया कार्यक्रममा ऊर्जा पूर्वाधारमा जलवायु परिवर्तनले पारेको असर, क्षति न्यूनीकरण र स्वच्छ ऊर्जामा लगानी अभिवृद्धिका विषयमा गहन छलफल भएको थियो। प्रतिनिधिसभा सदस्य सागर ढकालको अध्यक्षतामा भएको उक्त सत्रमा एसियाली प्रविधि संस्थान (एआईटी) थाइल्यान्डका प्राध्यापक प्राडा शोभाकर ढकालले प्रमुख वक्ताका रूपमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रमको सहजीकरण मिडल इस्ट टेक्निकल युनिभर्सिटी टर्कीएका होराइजन युरोप एमएससीए पोस्टडक्टोरल शोधकर्ता डा. मुकेश घिमिरेले गरेका थिए। छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्राविधिक तथा पूर्वाधार सल्लाहकार इ शिरीष पाण्डे, इप्पानकी कार्यसमिति सदस्य ज्योति गैरे र ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई) दक्षिण कोरियाका वित्तीय रणनीतिक सहयोग एकाइ प्रमुख गुल्शन वशिष्ठ सहभागी थिए। छलफलको पहिलो चरणमा ऊर्जा पूर्वाधारमा हालैको क्षति र जलवायु उत्थानशीलताको आवश्यकता विषयमा चर्चा भएको थियो। ऊर्जा मन्त्रालयका प्राविधिक सल्लाहकार इन्जिनियर पाण्डेले ऊर्जा पूर्वाधारमा हालै भएका क्षतिहरूबारे जानकारी गराएका थिए। इप्पानकी सदस्य गैरेले जलवायु उत्थानशील ऊर्जा पूर्वाधार निर्माणमा निजी क्षेत्रका चुनौतीहरू प्रस्तुत गरेकी थिइन्। जीजीजीआईका एकाइ प्रमुख वशिष्ठले जलवायु क्षति र उत्थानशील पूर्वाधारसम्बन्धी क्षेत्रीय अनुभव तथा विश्वव्यापी नवीन प्रवृत्तिका बारेमा जानकारी गराएका थिए। छलफलको दोस्रो चरणमा जलवायु उत्थानशील ऊर्जा पूर्वाधारका लागि योजना र लगानी विषयमा चर्चा गरिएको थियो। ऊर्जा मन्त्रालयका प्राविधिक सल्लाहकार इन्जिनियर पाण्डेले जलवायु जोखिम सामना गर्न सरकारी योजना, रणनीति, ऊर्जा समिश्रण र ब्याट्री इनर्जी स्टोरेज सिस्टमको आवश्यकताबारे जानकारी गराएका थिए। इप्पानकी सदस्य गैरेले पूर्वाधारसँग जोडिएका निजी क्षेत्रका चुनौती र जोखिमबारे आफ्नो धारणा राखेकी थिइन्। जीजीजीआईका एकाइ प्रमुख वशिष्ठले आफ्नो संस्थाको ऊर्जा लगानी अनुभव, वित्तीय संयन्त्र र नेपालको विशेष उदाहरणका रूपमा एनआईएफआरएको ग्रीन ऊर्जा बन्डबारे चर्चा गरेका थिए। कार्यक्रममा सांसद ढकालले भोटेकोशी क्षेत्रको स्थलगत अनुभव र अन्तर्राष्ट्रिय सिकाइ सुनाएका थिए। ऊर्जा मन्त्रालयका प्राविधिक तथा पूर्वाधार सल्लाहकार पाण्डेले यस कार्यक्रमले नीति निर्माता, अनुसन्धानकर्ता, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याएर ऊर्जा पूर्वाधारमा बढ्दो जलवायु जोखिम, नेपालका उत्थानशीलताका प्राथमिकताहरू र जलवायु उत्थानशील एवं स्वच्छ ऊर्जा प्रणालीमा लगानी जुटाउने उपायहरूका बारेमा गहन छलफल गराएको बताए। यसबाट जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानीको वातावरण बनाउन मद्दत पुग्ने उनको भनाइ थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
Latest NewsJust now

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर आएका छौँ– ...

रातोपाटी
ट्रिनिडाड एन्ड टोबागोमा समलिंगी यौनसम्बन्धमाथिको प्रतिबन्ध खारेज
Latest NewsJust now

ट्रिनिडाड एन्ड टोबागोमा समलिंगी यौनसम्बन्धमाथिको प्रतिबन्ध खारेज

काठमाडाैँ । क्यारिबियन मुलुक ट्रिनिडाड एन्ड टोबागोमा समलिंगी यौनसम्बन्धलाई अपराध मान्ने कानुन खारेज भएको छ । बेलायतको सर्वोच्च पुनरावेदन अदालतका रूपमा रहेको ‘जुडिसियल कमिटी अफ द प्रिभी काउन्सिल’ले मंगलबार एक... ...

रातोपाटी
भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो
Latest NewsJust now

भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो

भक्तपुर । नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबिचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा मनाइने किजापूजा (भाइटीका) मंगलबार भक्तपुरलगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइएको छ । स्वन्ति नखाःअन्तर्गत... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play