Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

स्वचालित हतियार नियन्त्रण गर्ने नयाँ प्रस्तावको विरोधमा अमेरिका- रुस

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्वचालित हतियार नियन्त्रण गर्ने नयाँ प्रस्तावको विरोधमा अमेरिका- रुस
Photo / Coverage: केन्द्रबिन्दु

जेनेभा । अमेरिका र रुसले मानवरहित स्वचालित हतियारलाई नियमन गर्ने नयाँ अन्तर्राष्ट्रिय प्रस्तावको विरोध गर्ने तयारी गरेका छन्। सोमबारबाट जेनेभामा सुरु भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनले घातक स्वचालित हतियार प्रणालीलाई निषेध र नियमन गर्ने कानुनी सम्झौताका लागि वार्ता सुरु गर्ने विषयमा निर्णय गर्नेछ। संयुक्त राष्ट्रसंघ र रेडक्रसले स्वचालित हतियारको गम्भीर खतराबारे चेतावनी दिएपनि अमेरिका, रुस र इजरायललगायतका देशहरूले विद्यमान मानवीय कानुन नै पर्याप्त रहेको भन्दै नयाँ बाध्यकारी नियमको विरोध गरिरहेका छन्। यसैबीच, सम्भावित त्रुटि र अनपेक्षित खतराबाट बच्नका लागि कूटनीतिज्ञहरूले कानुनी र गैर-कानुनी प्रावधान मिसिएको (हाइब्रिड) सम्झौताको विकल्प पनि खोजिरहेका छन्। अमेरिकाले भने बाध्यकारी नियमको सट्टा गैर-कानुनी निर्देशिकाको पक्षमा ५ वर्षे म्यान्डेट प्रस्ताव गरेको छ। सम्मेलनको अन्त्यसम्ममा कुनै सम्झौतामा सहमति जुट्न सक्ने आशा गरिएको छ।ह्युमन राइट्स वाचजस्ता अधिकारवादी संस्थाहरूले मेसिनलाई मानिसको जीवन वा मृत्युको निर्णय गर्ने अधिकार दिन नहुने बताएका छन्। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकाससँगै ड्रोन, रोबोट, ट्याङ्क र पानीमुनिका साधनहरूले मानिसको प्रत्यक्ष संलग्नताबिना नै आक्रमण गर्न सक्ने अवस्था बनेको छ । यस्ता घातक हतियारहरू युक्रेन, सुडान र मध्यपूर्वमा समेत प्रयोग भइसकेका छन्। रोयटर्स

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
Latest NewsJust now

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज ठूलो गोलभेडा (नेपाली र भारतीय दुवै) को... ...

रातोपाटी
माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन खुल्यो
Latest NewsJust now

माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन खुल्यो

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाका लागि आवेदन खुलाएको छ । आयोगले मंगलबार एक सूचना प्रकाशित गर्दै न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट मंसिर ७ गतेदेखि अनलाइन दरखास्त... ...

रातोपाटी
नयाँ सञ्चार विधेयकविरुद्ध चेक गणतन्त्रमा विशाल प्रदर्शन
Latest NewsJust now

नयाँ सञ्चार विधेयकविरुद्ध चेक गणतन्त्रमा विशाल प्रदर्शन

प्राग । सार्वजनिक रेडियो र टेलिभिजनको वित्तीय व्यवस्था परिवर्तन गर्ने सरकारको योजनाविरुद्ध चेक गणतन्त्रको राजधानी प्रागमा आइतबार करिब तीन लाख ५० हजार मानिसले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री आन्द्रेज बाबिस नेतृत्वको सरकारले ल्याएको योजनाले सञ्चारमाध्यमको स्वतन्त्रता कमजोर पार्न सक्ने भन्दै प्रदर्शनकारीले विरोध गरेका हुन् । विधेयक संसद्बाट अघि बढाउने क्रममा विपक्षीको बोल्ने समय सीमित गरी बिहान ४ : ३६ बजे मतदान ...

केन्द्रबिन्दु
एमालेको स्थायी कमिटी बैठक आज बस्दै
Latest NewsJust now

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् । एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते हुँदैछ । राष्ट्रिय भेलामा प्रस्तुत गरिने विषयवस्तुमाथि आवश्यक सुझाव र छलफल गर्न अध्यक्ष केपीशर्मा ओलीले बैठक बोलाएका हुन् । भेलालगत्तै ४ ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play