Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

स्मार्ट चस्माले विस्थापित गर्ला त स्मार्टफोन ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्मार्ट चस्माले विस्थापित गर्ला त स्मार्टफोन ?
Photo / Coverage: कर्पोरट खबर

काठमाडौँ । अब सन्देश पढ्न, बाटो हेर्न वा इन्टरनेटमा केही खोज्न हरेक पटक खल्तीबाट मोबाइल निकाल्नुपर्ने दिन अन्त्य हुन सक्ने सम्भावना देखिएको छ । कृत्रिम बौद्धिकता, क्यामेरा, माइक्रोफोन र डिजिटल दृश्य प्रविधिसहितका स्मार्ट चस्माले मोबाइल प्रयोगको नयाँ विकल्प प्रस्तुत गरिरहेका छन् । सन् २०२६ सम्म आइपुग्दा स्मार्ट चस्माको प्रविधिमा उल्लेखनीय सुधार भएको छ । यस्ता चस्माबाट आवाजको आदेश दिएर जानकारी लिन, फोटो तथा भिडियो खिच्न, फोन गर्न र सङ्गीत सुन्न सकिन्छ । मेटा कम्पनीका रे–ब्यान स्मार्ट चस्मा यसको उदाहरण हुन् । कम्पनीका प्रमुख मार्क जुकरबर्गले भविष्यमा मानिसले धेरै डिजिटल कामका लागि मोबाइलको सट्टा स्मार्ट चस्मा प्रयोग गर्न सक्ने बताएका छन् । मेटाले सार्वजनिक गरेको नयाँ भर्चुअल रियालिटी चस्मामा करिब पाँच हजार पिक्सेल क्षमताको दृश्य पर्दा रहेको छ । यसलाई कम्प्युटरसँग जोडेर एकैपटक धेरै पर्दामा काम गर्न र ठूलो पर्दाको अनुभवमा त्रिआयामिक चलचित्र हेर्न सकिन्छ । तर स्मार्ट चस्मालाई दैनिक जीवनमा लोकप्रिय बनाउन केही चुनौती छन् । लामो समयसम्म लगाउन सहज हुने हलुका बनावट, पर्याप्त ब्याट्री क्षमता, मूल्य र गोपनीयताको सुरक्षा प्रमुख चुनौती हुन् । विशेषगरी चस्मामा जडित क्यामेराबाट अरूको अनुमति बिना फोटो तथा भिडियो खिचिन सक्ने विषयले गोपनीयताको प्रश्न उठाएको छ । तत्कालै स्मार्टफोनलाई पूर्ण रूपमा विस्थापित गर्न स्मार्ट चस्मालाई सहज छैन । मोबाइलको ठूलो पर्दा, टाइप गर्ने सुविधा र जटिल काम गर्न सक्ने क्षमताका कारण यसको उपयोगिता अझै महत्त्वपूर्ण छ । यद्यपि आगामी वर्षमा मोबाइलको प्रयोग घटाउँदै स्मार्ट चस्मा डिजिटल जीवनको महत्त्वपूर्ण हिस्सा बन्न सक्ने सम्भावना छ । The post स्मार्ट चस्माले विस्थापित गर्ला त स्मार्टफोन ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
Latest NewsJust now

सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन

• चेक गणतन्त्रको प्रागमा तीन लाख ५० हजार मानिसले सार्वजनिक रेडियो र टेलिभिजनको वित्तीय व्यवस्थामा परिवर्तनको विरोधमा प्रदर्शन गरेका छन्। • प्रदर्शनकारीहरूले सरकारले सञ्चारमाध्यमको स्वतन्त्रता कमजोर पार्ने योजनालाई फिर्ता लिन माग गरेका छन् र विपक्षीको बोल्ने समय सीमित गरेर मतदान गरिनुमा पनि विरोध जनाएका छन्। • प्रधानमन्त्री बाबिसले योजनाले सञ्चारमाध्यमको स्वतन्त्रतामा असर नपार्ने दाबी गरेका छन्, तर प्रदर्शनकारीहरूले रुससमर्थक दलका ...

नेपालबहस
भारतका लागि नेपालका राजदूत नियुक्त
Latest NewsJust now

भारतका लागि नेपालका राजदूत नियुक्त

काठमाडौँ । गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा डा‍.निश्चलनाथ पाण्डे नियुक्त भएका छन् । राष्ट्रपतिको कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेलाई राजदूत पदमा नियुक्त गरेका हुन् । नेपालको संविधानको... ...

रातोपाटी
सङ्घीयता बलियो बनाउन दलहरूबीच साझा सहमति आवश्यक : लामिछाने
Latest NewsJust now

सङ्घीयता बलियो बनाउन दलहरूबीच साझा सहमति आवश्यक : लामिछाने

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा ब्यापक छलफल र सहमति आवश्यक रहेको बताएका छन् । सो पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आजदेखि सुरु गर्नुभएको मेची–महाकाली पदयात्राको आज यहाँ शुभारम्भ गर्दै सभापति लामिछानेले सङ्घीय संरचनालाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन रास्वपाले राष्ट्रिय बहस अघि बढाउने तयारी गरिरहेको बताए । सङ्घीयताको मर्मअनुसार प्रदेश ...

केन्द्रबिन्दु
आईसीसीको अध्यक्ष पदमा फेरि जय शाह
Latest NewsJust now

आईसीसीको अध्यक्ष पदमा फेरि जय शाह

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जय शाहलाई दोस्रोपटक अध्यक्ष पदमा नियुक्त गरेको छ। उनी यस पदमा निर्विरोध निर्वाचित भएका हुन्। आईसीसीका अनुसार बालीमा आयोजित बोर्ड र समितिको बैठकमा आईसीसी निर्देशकहरूले गरेको प्रस्तावबमोजिम जय शाहलाई दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा नियुक्त गरिएको हो।  यो निर्णयले जय शाहको नेतृत्वमा आफ्नो विश्वास झल्का... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play