Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

स्पेनमा आप्रवासीको लहर, क्यानरी टापूहरुमा दुई दिनमै २२ सय आप्रवासी आइपुगे

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्पेनमा आप्रवासीको लहर, क्यानरी टापूहरुमा दुई दिनमै २२ सय आप्रवासी आइपुगे
Photo / Coverage: केन्द्रबिन्दु

म्याड्रिड । स्पेनको क्यानरी टापुहरुमा गएका दुई दिनमा डुङ्गामार्फत करिब २,२०० आप्रवासीहरू पुगेका छन्। स्पेनको समुद्री उद्धार सेवाले आइतबार यो जानकारी दिएको हो। उत्तरपश्चिम अफ्रिका नजिकै रहेको यो टापु समूह मुख्यतया पश्चिम अफ्रिकाबाट जोखिमपूर्ण एट्लान्टिक सागर पार गरी अस्थायी डुङ्गामार्फत आउने आप्रवासीहरूको प्रमुख प्रवेशद्वार हो। गृह मन्त्रालयका अनुसार जनवरीदेखि अक्टोबरको अन्त्यसम्ममा समुद्रमार्फत स्पेन आइपुगेका २८,००० भन्दा बढी मानिसहरूमध्ये १३,००० भन्दा बढी क्यानरी टापुहरूमा मात्रै पुगेका थिए। पछिल्ला साताहरुमा अफ्रिकाबाट आगमन बढेपछि स्पेनले मंगलबार यस टापुमा आप्रवासन सङ्कटको घोषणा गरेको छ। यसैबीच, देशमा दुई साताभित्रै प्रारम्भिक आमनिर्वाचन हुने तय भएको छ। उद्धार सेवाका अनुसार उनीहरूले १४ वटा डुंगामा सवार १,३२४ जनालाई सहयोग गरेका छन्। तीमध्ये अधिकांश आप्रवासी एल हिएरो टापुमा पुगेका थिए। टिनिफरस्थित रेडक्रसका आपतकालीन संयोजक डासिल लिओनले सार्वजनिक प्रसारण संस्था आरटिभीईलाई बताएअनुसार रेडक्रसका कर्मचारीहरूले बन्दरगाहमा आप्रवासीहरूलाई भेटेर सुक्खा लुगा, खाना र पानी उपलब्ध गराउनुका साथै उनीहरूको आगमन दर्ता गरिरहेका छन्। पश्चिम अफ्रिकाबाट एट्लान्टिक सागर हुँदै ठूलो संख्यामा आप्रवासीहरु क्यानरी टापुहरुमा आउने गर्छन् । यो मार्ग विश्वकै खतरनाक मार्गमध्ये एक मानिन्छ । यी टापुहरू अफ्रिकी तटबाट करिब १०५ किलोमिटर टाढा छन् । धेरै आप्रवासीहरू सुरक्षाकर्मीहरूबाट बच्न यो खतरनाक मार्ग प्रयोग गर्छन्। यसक्रममा डुंगाहरु हप्ता दिन वा त्यसभन्दा पनि लामो समय समुद्रमा यात्रा गर्छन् । केही मार्गहरु भने छोटो दूरीका छन् । मोरक्कोबाट स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा यस्तै छोटो मार्गमध्ये एक हो । यहाँ गत जुलाई महिनामा दुई दिनको अवधिमै दशौं हजार मानिस जोखिम मोलेर आएका थिए । त्यस यात्राका क्रममा झन्डै १ सय ४० जनाको मृत्यु भएको थियो । उनीहरुको आवागमनले सिउटा टापूमा अस्थिरता र संकट निम्तिएको थियो । त्यसपछि ठूलो संख्यामा मानिसहरु फेरि मोरक्को फर्किए । एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का
Latest NewsJust now

इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

वासिङ्टन डिसी । इरानले अमेरिकी राजधानी वासिङ्टन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीलाई लक्षित गरी ‘डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गर्ने सम्भावित योजना बनाएको अमेरिकी गुप्तचर निकायको सङ्केत रहेको... ...

रातोपाटी
राष्ट्रिय कर दिवसमा घोषणा भए उत्कृष्ट २० करदाता, कुन क्षेत्रबाट कसले पाए सम्मान ?
Latest NewsJust now

राष्ट्रिय कर दिवसमा घोषणा भए उत्कृष्ट २० करदाता, कुन क्षेत्रबाट कसले पाए सम्मान ?

काठमाडौं । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा यस वर्षका उत्कृष्ट २० करदाताको नाम सार्वजनिक गरेको छ। विभिन्न व्यावसायिक तथा आर्थिक क्षेत्रबाट सबैभन्दा बढी कर दाखिला गर्ने करदाता तथा संस्थाहरूलाई विभागले उत्कृष्ट करदाताका रूपमा घोषणा गरेको हो। विभागले आयोजना गरेको कर दिवस समारोहमा सार्वजनिक विवरणअनुसार निकायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीमा सूर्य नेपाल परेको छ। व्यक्तिगत आयकरतर्फ ...

केन्द्रबिन्दु
चार महिनामा सरकारले कति खर्च गर्‍यो, कति उठायो राजस्व ?
Latest NewsJust now

चार महिनामा सरकारले कति खर्च गर्‍यो, कति उठायो राजस्व ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी र खर्च लगभग समान देखिएको छ । कात्तिक मसान्तसम्ममा सरकारले वार्षिक आम्दानी लक्ष्यको २३.३९ प्रतिशत प्राप्त गर्दा कुल बजेटको २३.३७ प्रतिशत खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म सरकारले कुल ४ खर्ब ९६ अर्ब ५२ करोड ११ लाख रुपैयाँ खर्च गरेको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play