काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो १ बजे बैठक बस्ने तय भएको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। कार्यवाहक मुख्यसचिव दुलालका अनुसार बैठकमा ‘स्थानीय तह निर्वाचन केन्द्रित अभियान–हामी तयार छौँ’ अन्तर्गत केन्द्रीय नेताहरूका विचार तथा सुझाव समेटिनेछन्।
स्थानीय तह निर्वाचनको तयारीमा कांग्रेस, आज केन्द्रीय कार्यसमिति बैठक

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






